बारका पदाधिकारीले आज प्रधानन्यायाधीश राणा भेट्ने, यस्ता छन् मागहरु

काठमाडौं । नेपाल बार एशोसिएशनका पदाधिकारीले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग भेट गर्ने भएका छन् ।

शुक्रबार बैठक बसेर अदालतमा स्वचालित पेशी प्रणाली लागु गराउन र सो प्रणाली लागु गर्न प्राविधिक रुपले केही समय लाग्ने भएमा गोला (राफल) प्रणालीबाट पेशी तोक्ने सुझाव प्रतिवेदन कार्यान्वयन गराउन १५ दिने अल्टिमेटम दिएको बारका पदाधिकारीले आज आइतबार प्रधानन्यायाधीश राणा भेटेर समग्र विषयमा छलफल गर्ने अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।

स्वचालित पेशी प्रणाली लागुका साथै अहिले न्यायालयमाथि उठिरहेका प्रश्न, संवैधानिक आयोगमा नियुक्तिसम्बन्धी मुद्दामा अवरोध, न्यायपालिकाको सुधारको लागि न्यायाधीश हरिकृष्ण कार्की समितिको प्रतिवेदन कार्यान्वयन, न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक लगायत विषयमा प्रधानन्यायाधीशसँग राख्ने अध्यक्ष श्रेष्ठले बताए ।

प्रधानन्यायाधीश जबराले विकृति तथा विसंगति रोक्नको लागि विशेष पहल गर्नुपर्ने आफूहरुको धारणा रहेको उनको भनाइ छ ।

प्रधानन्यायाधीश राणालाई भेटेपछि बारले थप धारणा बनाउने बताइएको छ । बारले प्रधानन्यायाधीशको राजीनामा भने मागेको छैन । सुधारमै जोड दिएको छ । महाभियोग संसदको क्षेत्राधिकारको विषय भएको बताएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 330 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढीपछि प्रहरीले सञ्चालनमा ल्याएको ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन के हो ? उच्च प्राथमिकतामा यी विषय