राप्रपाको महाधिवेशन ११-१३ मंसिरमा : यस्तो छ कार्यतालिका, तयारीका लागि ९ वटा समिति गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनको राष्ट्रिय महाधिवेशन मंसिरमा हुने भएको छ । अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनीको उपस्थितिमा बिहीबार बसेको केन्द्रीय विशेष समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन ११-१३ मंसिरमा राजधानी काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

बैठकले महाधिवेशनको तयारीअन्तर्गत सक्रिय सदस्य बनाउने अवधि १५ कात्तिकसम्म बढाउने निर्णय गरेको छ । त्यसैगरी केन्द्रीय निर्वाचन समितिले २६ कात्तिकभित्र सक्रिय सदस्यको नामावली जिल्लामा पठाउने, सक्रिय सदस्यको दाबी विरोध २७-२९ कात्तिकसम्म गर्ने, अन्तिम नामावली ३० कात्तिकमा प्रकाशन गर्ने र सक्रिय सदस्यहरुको नामावली पार्टीको वेबसाइट तथा जिल्ला पार्टी कार्यालयमा राखि सार्वजनिक गर्ने निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्राले जानकारी दिए ।

उनकाअनुसार जिल्ला अधिवेशन २३ कात्तिकभित्र सम्पन्न गर्ने निर्णय भएको छ । त्यसैगरी सातवटै प्रदेशबाट प्रदेश कार्य समितिको निर्वाचन २८ कात्तिकमा गर्ने निर्णय भएको छ ।

सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन १-३ मंसिरमा गर्ने, जिल्ला कार्य समितिसँग समन्वय गरि प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्य समितिले निर्वाचनका लागि आवश्यक व्यवस्थापन गर्ने निर्णय भएको छ ।

केन्द्रीय समिति बैठकले महाधिवेशनको तयारीको लागि विभिन्न समितिहरु गठन गरेको छ । आवश्यकताअनुसार सदस्यहरु थप गर्न सक्नेगरी ९ वटा समिति गठन गरिएका छन् ।

पशुपति शम्शेर जबराको नेतृत्वमा गठन गरिएको सामाजिक कार्यपत्र तयारी समितिमा ठाकुर शर्मा, रोशन कार्की, राजेश गिरी सदस्य छन् ।

प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा गठित आर्थिक कार्यपत्र तयारी समितिमा उद्धव पौडेल र डा. विष्णु भण्डारी सदस्य छन् ।

कमल थापाको संयोजकत्वमा राजनीतिक कार्यपत्र तयारी समितिमा रामशरण पाठक, भरतजंग उप्रेती, भक्तिप्रसाद सिटौला सदस्य छन् । कार्यक्रम तथा व्यवस्थापन समितिमा ध्रुवबहादुर प्रधान संयोजक र भास्कर भद्रा, भुवन पाठक, भरत गिरी सदस्य छन् ।

भोजन व्यवस्थापन समितिमा चन्द्रबहादुर गुरुङ र गणेश चन्द छन् । स्वास्थ्य समितिमा नीलकण्ड काफ्ले, श्यामप्रसाद तिमिल्सिना छन् । प्रचार प्रसार समितिमा राजेन्द्र गुरुङ, मोह श्रेष्ठ, सगुनसुन्दर लावती, जनकराज पाठक, गोपाल पौडेल छन् । स्वागत समितिको जिम्मा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनलाई दिइएको छ ।

स्वयंसेवक परिचालन समितिमा भरत रायमाझी, रवीन्द्र प्रताप शाह, प्रकाश रिमाल, राजु लोहनी, धनसुर शाही, महेशबहादुर सिंह रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसदीय छानबिन समिति बनाउन विपक्षी दल एकजुट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरको १७ मध्ये १० पालिकाका कांग्रेसका उम्मेदवार निर्वाचित (सूचीसहित)