गुल्मीमा आत्महत्याको डरलाग्दो स्थिति

गुल्मी । गुल्मीमा आत्महत्याको डरलाग्दो स्थिति देखिएको छ । जिल्ला प्रहरी कार्यालय, गुल्मीका अनुसार आर्थिक वर्ष २०७७–७८ देखि २०७९–८० सम्म तीन वर्षको अवधिमा २४७ जनाले आत्महत्या गरेका छन् । झुन्डिएर, बिष सेवन गरेर, पानीमा डुबेर एवं हातहतियारको प्रयोग गरेर मानिसले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

तीन वर्षको अवधिमा सबैभन्दा धेरै झुन्डी आत्महत्या २१६ जनाले गरेका छन् । त्यस्तै बिष सेवन गरेर २४ जना, पानीमा डुबेर पाँच जना एवं औजार तथा हातहतियारबाट एक जनाले आत्महत्या गरेका छन् । आव २०७७–७८ मा कुल ९४ जनाले आत्महत्या गरे । जसमा झुन्डिएर ८६, बिष सेवन गरेर सात एवं पानीमा डुबेर सात जनाको ज्यान गएको छ ।

त्यस्तै, आव २०७८–७९ मा ६१ जनाले आत्महत्या गरेका छन् । जसमा झुन्डिएर ६१, बिष सेवन गरेर आठ, पानीमा डुबेर एवं हातहतियारको प्रयोग गरेर एक–एक जनाले आत्महत्या गरेका छन् । आव २०७९–८० मा कुल ८२ जनाले आत्महत्या गरे । जसमा झुन्डिएर ६९, बिष सेवन गरेर नौ र पानीमा डुबेर तीन जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिए ।

मानवअधिकारकर्मी एवं पत्रकार महासंघ, गुल्मीका अध्यक्ष टोपलाल अर्यालले जिल्लामा आत्महत्याको क्रम बढ्दो क्रममा हुनु दुःखद विषय भएको बताए । ‘मानिसले तनाव व्यवस्थापन गर्न नसक्दा आत्महत्या गर्ने गरेका छन् ।’ उनले भने, ‘यसका लागि जनचेतनाको आवश्यक छ ।’

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आज काठमाडौंमा सत्ता गठबन्धनकाे चुनावी सभा