जनवरीमा १७ हजार पर्यटक नेपालमा

काठमाडौं । सन् २०२२ को जनवरीमा विभिन्न मुलुकबाट १६ हजार ९ सय ७५ पर्यटक नेपाल आएका छन् । कोभिड महामारीका कारण पर्यटक आगमन निरन्तर घट्दो क्रममा रहेको बेला गत जनवरीमा पर्यटक आगमन उल्लेख्य मात्रामा बढेको हो । यो संख्या सन् २०२१ को जनवरीको तुलनामा ९१.३ प्रतिशत बढी हो । गत वर्षको जनवरीमा ८ हजार ८ सय ७४ पर्यटक आएका थिए । कोभिडभन्दा अगाडि अर्थात् सन् २०१९ को जनवरीमा ८१ हजार २ सय ७३ र सन् २०२० को जनवरीमा ७९ हजार ७ सय २ पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक रहेको छ ।

सरकारले कोभिड संक्रमण फैलिन नदिन सन् २०२० को मार्च–अप्रिलदेखि मुलुकभर लकडाउन गरेको थियो । विदेशी पर्यटकका लागि नोभेम्बरबाट मात्र खुला गरिएको थियो । पर्यटन खुला हुनेबित्तिकै पर्यटक आगमन पनि क्रमशः बढ्दै गइरहेको थियो । तर, २०२१ को अप्रिलदेखि कोभिडको दोस्रो लहर सुरु भएपछि मुलुकमा पुनः निषेधाज्ञा जारी भयो ।

सन् २०२२ को जनवरीमा सार्क मुलुकबाट ५ हजार ५ सय पर्यटक आएका छन् भने अन्य एसियन मुलुकबाट १ हजार १ सय १४, युरोपेली मुलुकबाट ३ हजार ५ सय २७, आसियानाबाट १ हजार १ सय ४०, अमेरिकी मुलुकबाट ३ हजार ६ सय १८ र अन्य मुलुकबाट १ हजार ९ सय ७५ पर्यटक नेपाल भ्रमणमा आएका छन् । जनवरीमा सबैभन्दा बढी भारतबाट ३ हजार ९ सय १६ पर्यटक भित्रिएका छन् भने दोस्रोमा अमेरिकाबाट ३ हजार २ सय ५७ पर्यटक आएका छन् ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका बीच यो वर्षको पहिलो महिनामा गत वर्षभन्दा उल्लेख्य पर्यटक आएका छन् । बोर्डको तथ्यांकअनुसार यो महीनामा आउने पर्यटकमा सार्क देशको संख्या बढी छ । भारत, बंगलादेश, पाकिस्तान, भुटान र श्रीलंकाबाट कुल ५ हजार ५ सय १ पर्यटक आएका छन् । यीमध्ये सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् ।

यसैगरी, क्यानडा र संयुक्त राज्यबाट जनवरी महिनामा कुल ३ हजार ६ सय १८ जना नेपाल घुम्न आएका छन् । त्यसमध्ये यूएसएबाट ३ हजार २ सय ५७ पर्यटक नेपाल घुम्न आएका छन् । युरोपका बेलायत, स्पेन, स्विडेन, डेनमार्क, जर्मनीलगायत देशबाट ३ हजार ५ सय २७ जना पर्यटक नेपाल आएका छन् । यसमध्ये सबैभन्दा बढी बेलायतबाट १ हजार ८ सय २४ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

न्युजिल्यान्ड र अस्ट्रेलियाबाट १ हजार २ सय ४० पर्यटक नेपाल आएका छन् भने अन्य देशबाट १ हजार ९ सय ७५ जना विदेशी पर्यटक नेपाल आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

मुगुमा चिसो छल्न न्यानो कपडा सहयोग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा तीन दलीय गठबन्धन, ७ पालिका कांग्रेसलाई, चार माओवादी र दुई एसलाई