पत्रकार गिरिश गिरीसहित वीरगञ्ज महानगरपालिकामा १९ जनाले दिए मेयरमा उमेद्वारी

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको महानगरप्रमुख ( मेयर ) पदमा १९ जनाको उमेद्वारी दर्ता भएको छ । आइतबार दुई राजनीतिक दल सहित १२ जनाको उमेद्वारी दर्ता भएको मधेश प्रदेशको एक मात्र महानगरपालिकामा सोमबार ३ राजनीतिक दलका तर्फबाट र ४ स्वतन्त्र गरी साँझ सात बजेसम्म १९ जनाको उमेद्वारी दर्ता भएको हो ।

दर्ता भएका १९ जना मध्ये राजनीतिक दलको तर्फबाट एमालेका विजय कुमार सरावगी, गठबन्धन दलको तर्फबाट जनता समाजवादी पार्टीका राजेशमान सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) को तर्फबाट पत्रकार गिरिश गिरी, नेमकिपाका तर्फबाट गोकर्ण प्रसाद कोइरी र सद्भावनाको तर्फबाट विजय कुमार रौनियार गरी पाँच जना र बाँकी सबै स्वतन्त्र गरी १९ जनाले वीरगन्ज महानगरको महानगर प्रमुखमा उमेद्वारी दर्ता गराएको पर्साका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए ।

उपप्रमुखमा भने ४ जनाको उमेद्वारी दर्ता भएको छ । सो मध्ये एमाले र लोकतानित्रक समाजवादी पार्टी ( लोसपा ) का तर्फबाट पुरुषोत्तमलाल झा र गठबन्धन दलको तर्फबाट नेपाली काँग्रेसका इम्तियाज आलम, राप्रपाको तर्फबाट एक र स्वतन्त्र गरी चार जनाले उमेद्वारी दर्ता गराएको उनको भनाइ छ । आइतबार भने उपप्रमुखमा कसैको पनि उमेद्वारी दर्ता भएको थिएन ।

राप्रपाका गिरिश गिरीले अन्तिम समयमा आएर उमेद्वारी दर्ता गराएपछि केही परिणाम तलमाथि हुने ठानिए पनि ढिलो गरी उनी मैदानमा उत्रिएकोले वीरगन्ज महानगरमा दर्ता गराएका १९ मेयर पदका प्रत्यासी मध्ये एमालेका सरावगी र गठबन्धनका सिंह बीच नै कडा प्रतिष्पर्धा हुने स्थानीयको आँकलन छ ।

गिरी वीरगन्ज महानगरको नगरप्रमुख भएका समयमा २०६० सालमा चन्दा नदिएको भन्दै साविकको माओवादी हालको नेकपा माओवादी केन्द्र निकटका कार्यकर्ताले हत्या गरिदिएका स्व. गोपाल गिरीका जेष्ठ सुपुत्र हुन् पनि हुन् पत्रकार गिरिश गिरी । बुबा र बाजेको राजनीति समर्पण, लगानी र अधुरा काम पूरा गर्ने लक्ष्य सहित आफू राजनीतिमा आएको पत्रकार गिरीले बताए ।

दुई दिनसम्म दर्ता गर्ने समय तोकिए पनि सोमबार मात्र ठूला राजनीतिक दल लगायतका नेताहरु उमेद्वारी दर्ता गर्न आएकोले अहिले नै फाइनल उमेद्वार कति भए भन्ने भन्न नसकिने निर्वाचन अधिकृतका कार्यालर्यले जनाएको छ । यता पर्साका १४ पालिका मध्ये सबै पालिकाहरुमा भिड भाडका साथ अहिले पनि उमेद्वारी दर्ता भइरहेकोले कुन पालिका कति जनाले कुन–कुन पदमा उमेद्वारी दर्ता गराए भन्ने अबेरमात्र थाहा हुने जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख रंजिता झाले बताइन् । तुरुन्त एकिन तथ्याँक निकाल्न सक्ने गरी जनशक्ति अभावले समस्या भएको उनीहरुको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 493 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाटीले उपेक्षा गरेको भन्दै एमालेका राउत र खड्काले नगर प्रमुखमा उम्मेदवारी दर्ता