तीन महानगरमा कांग्रेस उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले तीन महानगरपालिकामध्ये एकमा पुराना र दुई महानगरमा नयाँ अनुहारलाई मेयर पदको टिकट दिएको छ ।

कांग्रेसले सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संसदीय बोर्डको बैठकमार्फत सत्ता गठबन्धनबाट आफ्नो भागमा परेका ६ मध्ये तीन महानगरमा उम्मेदवारको टुंगो लगाएको हो ।

– चिरिबाबु दोहोरिए, अरू नयाँ

– भागबन्डामा टिकट

जसअनुसार ललितपुर महानगरको मेयरको उम्मेदवारमा कांग्रेसले यसअघिका मेयर चिरिबाबु महर्जनलाई नै टिकट दिएको छ ।

यसैगरी, कांग्रेसले काठमाडौं महानगरको मेयरमा नेता प्रकाशमान सिंह पत्नी सिर्जना सिंहलाई मेयरको उम्मेदवार बनाएको छ भने विराटनगर महानगरको उम्मेदवारमा नेता डा. शेखर कोइरालानिकट नागेश कोइरालालाई मेयरको उम्मेदवार बनाएको छ । कांग्रेसले मेयर पदमा टिकट दिएका सबैले सोमबार दलबलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

सत्ता गठबन्धनको सहमतिअनुसार तीन महानगरपालिका प्रमुख पाएको कांग्रेसले चार दिन लगाएर उम्मेदवार तय गरेको हो । कांग्रेसभित्र महानगरको मेयर छान्ने विषयमा विवाद हुँदा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विधानको व्यवस्थाअनुसार संसदीय बोर्ड बनाएको थियो । सोही बोर्डको बैठकमार्फत कांग्रेसले महानगरमा मेयरको नाम तय गरेको हो ।

ललितपुर महानगरको मेयरको उम्मेदवारका लागि चिरिबाबु, प्रेमकृष्ण महर्जन र चन्द्र महर्जनको मुख्य दाबेदारी रहँदै आएको थियो ।

यसैगरी, काठमाडौं महानगर समितिले काठमाडौंको मेयरमा सिर्जनासहित निलकाजी शाक्य, हरिप्रभा खड्गी, सुसन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको थियो ।

यस्तै, विराटनगरमा केन्द्रीय सदस्य अमृत अर्याल, डा. डिला संग्रौला, वर्तमान मेयर भीम पराजुली, जिल्ला उपसभापति कोइराला, बहालवाला उपमेयर इन्दिरा कार्की, महानगर सभापति दीपक चापागार्इं, प्रदेश समिति सदस्य गोपाल रेग्मीको नाम मेयरका लागि सिफारिस भएको थियो ।

उपमेयर कोको ?
कांग्रेसका तर्फबाट भरतपुरको उपमेयरमा चित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन् । यसैगरी, वीरगन्जको उपमेयरमा इम्तियाज आलम र पोखरा महानगरको उपमेयरमा कोपिला रानाभाटलाई कांग्रेसले उम्मेदवार बनाएको हो ।

सत्तारूढ दलहरूबीच भागबन्डा गर्दा भरतपुर महानगरको मेयर माओवादी केन्द्र, वीरगन्जको मेयर जनता समाजवादी पार्टी र पोखराको मेयर एकीकृत समाजवादीले पाएको थियो । तीनवटै महानगरमा कांग्रेसले भने उपमेयर लिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 408 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
डडेल्धुराको भागेश्वरमा फेरी पनि काँग्रेस नै विजयी