मालपोत प्रमुख १ लाख ५० हजार घुससहित पक्राउ

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ताप्लेजुङ मालपोत कार्यालयका प्रमुख लेखा पनेरू महतलाई १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

अख्तियारको टोलीले उनलाई आइतबार बिहान घुस रकमसहित नियन्त्रणमा लिएको हो । ताप्लेजुङ फुङलिङ नगरपालिका–४ कोप्चेबाट नियन्त्रणमा लिइएकी मालपोत प्रमुख महतले सेवाग्राहीसँग जग्गा नामसारी गर्न घुस लिएको अख्तियारले जनाएको छ ।

नायब सुब्बामाथि दुई करोडको मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार जाँच पास कार्यालयमा कार्यरत नासु देवीबहादुर थापाविरुद्ध पौने २ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

५साउन २०५६ सालमा बिचारी पदबाट सरकारी सेवा प्रवेश गरी पछिल्लोपटक निलम्बनमा रहेका नासु थापाले २० वर्षमा १ करोड ८७ लाख रुपैयाँबराबरको गैरकानुनी चलअचल सम्पत्ति आर्जन गरेको कसुरमा सोमबार विशेष अदालतमा मुद्दा दायर भएको हो ।

अख्तियारले थापाका बाबु कृष्णबहादुर, चन्द्रमाया र श्रीमती विमसाविरुद्ध अनुसन्धानबाट खुलेको गैरकानुनी अकुत सम्पत्ति फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 659 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ