आचार संहिता: घोषणा नै उपलब्धि

त्यसो त वेदले आचारहीनः पशुभिः समान भनेको छ । आचार, आचरण, उपासना, साधना, अनुशासन भन्नु उस्तैउस्तै विषय हो । तर, आक्रोश भएका बेला मान्छेले वेद कहाँ पढ्छ । काष्ठमण्डप एउटै रुखको काठले बनेको रहेछ, अब त्यो सम्भव भएन नि, उद्घाटन नै भइसक्यो, अदालतमा मुद्दाको पेसी छ अलि पछि नै हो, त्यतिबेला नै जवाफ दिऊँला । त्यसो त पशुपतिमा पनि जलहरी विवाद मुद्दा अनि चिठी आउँदा आउँदै जडान । वेदले नेपाललाई धर्मभूमि भनेको छ, तैपनि हामी मजासँग धर्म निरपेक्ष भन्छौं, पशुपतिमा जानै मन लाग्दैन । कुन प्रोटोकल कुन के हो हिन्दु धर्मको हिमायती मित्रकहाँ गएर खुट्टा पसार्छौ, राखी पनि बाँध्छांै, पाटी कार्यालय हो कि सद्भावना वा औपचारिक के हो भ्रमण कुन दर्जाकालाई कुन दर्जाकाले एयरपोर्टमा लिन आए वा यसअघि उत्तर छिमेकीलाई एयरपोर्ट लिन र छोड्न जाँदा कुन दर्जावालको प्रयोग भयो त्यसको लेखाजोखा गर्ने समय भए पो र ।

अप्रिल फुल त्यसै भन्या हो त । गंगा आरती, हनुमान, विश्वनाथ सबै बाबाको दर्शन भएपछि अब देशमा भनेजस्तो वरदान मिल्ने भयो यो अति राम्रो कुरा भयो । खरिदार सुब्बा सरकारी काजमा बर्दिया, कञ्चनपुर काज गए भने हरिद्वार दर्शन नगरी काज फिर्ता हुन्नन्, देशका कार्यकारी प्रमुखले यति बिघ्न धर्म गर्न नपाउने ? त्यो पनि जोडी नै हो क्यारे । संयोग पनि कस्तो तीन महिने शासनकालको प्रगतिमा चुच्चे नक्सा नहुनु अनि उता दूतावासमा राखेको झन्डै दुई दर्जन चुच्चे नक्सा बुच्चे भइदिनु ईश्वरीय कृपा जे वरदान माग्यो त्यही पाउने देवतालाई धन्यवाद दिनु परेन ?

यताबाट दुई देशका संयन्त्रमार्फत भने जस्तो उताबाट मौनता जस्तो दैव लीला के जान्ने ? वस्तु विलासिताका सामान आयातमा रोक लगाएको महिनौं भयो अभैm डलर छैन त अब निजी गाडीलाई आयातमा एल सि खोल्न कडाइ राष्ट्र बैंकका गभर्नर होइन अन्य अधिकृतले आदेश दिएछन्, राम्रै भयो । होइन श्रीलंका टाट पल्ट्यो रे २६ जना मन्त्रीले मात्रै होइन केन्द्रीय बैंकका गभर्नरले पनि राजीनामा दिएछन् । जनता ढुंगा हान्न आएपछि गर्ने के, खान नपाएर सिद्रा हुनु परेपछि रिसाएका बेला वेद कसले पढ्ने ?

शनिबार सबै कुरा मिल्यो, इन्धन, एलपी ग्याँस तुरुन्तै सहज आपूर्ति भनियो, ३ दिनपछि खटारामा तेल हाल्न गएको ४ ठाउँमा बन्द एक ठाउँमा पुरै एक किमिको लाइन रहेछ, बस् सातो गयो, ब्याक टु मंगलमान, खटारालाई घिच्याउँदै फिर्ता भइयो । बच्चाले भात खान खोजे, ग्याँस छैन, कुरा मिलेको ५ दिनपछि पसलेकहाँ सिलिन्डर बोकेर गएको घटीमा पनि १५ दिन लाग्छ, किन ल्याएको सिलिन्डर, उल्टो गाली खाइयो । ५ वर्षको प्रयासपछि धारामा २ घण्टा लेदो मिसिएको पानी आयो साता दिनमा त फेरि पाइएला भनेको पानी त उद्घाटनका दिन भएर दिएको हो अरू बेला चाहिने भए नगरपालिका नै जानूस्, पानी नआए पनि १२ सय प्रतिमहिना त तिर्नुपर्छ भन्ने जवाफ खाइयो ।

निर्माण पूरा हुनु दुई वर्षअघि धरहरा उद्घाटन, मेलम्ची उद्घाटनकै लागि आएको, पछि ब्याक टु मंगलमान भयो । टावरको त मनग्गे काम भयो, भीमसेन थापाले पछि आत्महत्या गरे कतै टावरबाट समृद्धि नदेखिने सोचेरै पो धरहराबाट हाम्फालेछन् कि जस्तो लाग्दै छ अहिले । भोका नेपालीलाई टावरभन्दा पानी, खाद्यान्न, औषधि पो हुनुपर्ने हो । अब श्रीलंका श्रीलंका मात्र भइदेला कि भूमण्डलीकरणमा उसले अरूलाई पनि आपूm जस्तै बनाइदेला ।

कहिलेकहीं आउने चुनावमा लगानी गर्न यी पसले, व्यापारी, उद्यमी, मतदाता किन डराएका हुन्

अनि बनाउने आपूmले हो कि अरूले जे बने पनि बा, जे बनाए पनि । रेल कुद्या ब्रिटिस इन्डियाका पालामा १९९४ सालमा, बन्द गरेर खोल्दा कति रमाइलो अहिले, उद्घाटन पनि यताबाट गर्नै नपर्ने, त्यसैगरी ट्रली बस, रोप वे पनि खोल्न पाए त हाइसन्चो पो हुन्थ्यो कि ।

५० जनाको जम्बो टोलीको तीर्थाटन त हुन्थ्यो नि त्यसो गरे कसो होला ? राष्ट्र निर्माता पृथ्वी नारायण किन ? गान्धीको समाधिस्थल राजघाट नै तीर्थ भइसकेपछि, सिद्धान्त दल, रुख वा सूर्य किन ? चितवनको लालपुर्जामा मोहियानी हक मात्रै होइन राजीनामै गरिसकेपछि के गर्ने ?

कतिले भ्युटावर माथि क्रेन वा बुल्डोजर चलाए देश श्रीलंका हुँदैन कि भनेका छन्, खोइ त्यो देश त हामीभन्दा समृद्ध पनि थियो, त्रेता युगमै रावणले कुवेरको लंका पाएको हो, सुनखानी ।

धर्म, नियम, कानुन, आचार संहिता, अनुशासन त पालन गर्नेलाई पो हो त, अघिल्लोपटक पनि त संहिता थिएन र भोक लागेर पानी नपाएपछि मतपत्र च्यातेर जिब्रो रसाएको त हो, अनि कुलमान नभएपछि भ्mयाप्प बत्ती गइदियो अनि के गर्ने ? उनी आउँदा पनि अहिले बत्ती छैन, चुनाव नआउँदै त हेलिकोप्टर चढेको यसो उद्घाटानको कार्यक्रमसँग मिसाएर हेलिकोप्टर चढेको मन परेन रे, अनि नेताले हेलिकोप्टर चढेपछि च्यातिएको मतपत्र देखाउन हेलिकोप्टरमा ल्याएको त्यो त अदालततिर पनि देखाउनुपर्छ भनिदिए, उता पनि पठाइयो तर पठाउनेलाई नै दलको सिंदुर लगाइदिन पाउँदा उनलाई पनि हाइसन्चो लगाइदिनेलाई पनि ढुक्क, यस्तो खालको लोकतन्त्र, सजिलो लोकतन्त्रमा अरू चिच्याएर पनि के गर्ने ?

यो संघीयता पनि यस्तै छ क्या, उम्मेदवारी दिनुअघि पदबाट राजीनामा दिनुपर्छ भन्दा अदालतमा हुन्न भन्दै मुद्दा पर्ने, संसदभंग गर्नु प¥यो भन्दा अदालतमै मुद्दा जाने, गिट्टी बालुवा निर्यात गर्छु भन्दा अदालतमै मुद्दा लाग्ने, डोजरवालाले चुनावमा भाग नलिने भन्दा मुद्दा जान्छौं भन्दै धम्क्याउने, हरियो रंग किन प्रयोग भन्दै बालकोटबाट गर्जन हुने अनि आयोगले खर्च सिमा, २५ हजार नाघ्दा बैंकबाट चन्दा, महानगरका मेयर, उपमेयरले प्रचार गर्दा साँढे सात लाखको, उमनपामा दुवैले प्रचार गर्दा साढे ५ लाख, नपाका दुवैले गर्दा साढे ४ लाख, गाउँपालिकामा अध्यक्ष उपाध्यक्षले चुनाव प्रचार गर्दा डेढ लाखको सिमा रे, समन्वय समितिको ५० हजार रे, आयोगले राख्न त राख्यो सिमा धनीमानी मात्रै नआऊन् भनेर गरेको होला तर टिकट किन्न कति लाग्ला कसले भन्ला कति दर भनेर, कि धनाड्य चौधरी दलमा कसरी गए होलान् ।

नोपेनो टिकट, सिटमा पुग्दा लगानी उठाउनु नपर्ने रोटी त दुईतिर सेकाएर पो पाक्छ त, अनि महँगो तेल, महँगैको मासु, भात, मोटर साइकल, गाडी, कपडा, विज्ञापन के के हो के के छ, अनि त्यही बेला सामाजिक सञ्जालमा प्रचार गर्न नपाइने फिल्ड जाँदा त यसो मिठो, मसिनो, यो मोरो जिब्रो उही खाना खाँदा त के मजा हुन्छ र यसो दसैं आएजस्तो भएन भने यो कडा घाममा के खट्नु हो, त्यो पनि संघीयता र लोकतन्त्रले खुट्टै भाँचेको, ढाडै सेकेको आममतदातालाई जाँगर देखाउनुपरेको छ ।

नयाँनयाँ पहिले नसुनिएका वचन दिनुपरेको छ, मोनोरेल, मेट्रो रेल, मेलम्ची, धारामा पानी, लोडसेडँग नहुने, शिक्षा फ्री, स्वास्थ्य फ्री, रोजगारी घरैपिच्छे, सडकबाट फोहोर हट्ने सातै दिनमा एकपटक भए पनि फोहोर उठ्ने, ट्राफिक जाम नहुने, कर घटाइदिने, सिटामोल फ्री गर्ने भन्यो भने अहिले कसैले पत्याउँदैन, चुनावको मुखैमा आएर भूमि आयोग पूर्र्ति गरेर भोटसँग लालपुर्जा साट्दा त नपत्याउने जनता छन् । बाटो पिच गर्न बन्दै गर्नुपर्ने, धारामा एक दिन पानी आउन एक महिनासम्म डेलिगेसन जानु पर्ने, फोहोर नउठेर पैसा मात्रै उठाउने, प्रधानमन्त्री रोजगार कार्यक्रम चलाउँदा पनि दलकै मान्छेले जम्मा १५ दिनको पैसा पाए भन्नेले आज नगद भोलि उधारो भने भने के गर्ने ?

धर्म, नियम, कानुन, आचार संहिता, अनुशासन त पालन गर्नेलाई पो हो त, अघिल्लोपटक पनि त संहिता थिएन

भोट र नोट त साटासाट पो हुन्छ त, त्यसमा पनि ठूला दलका नोट लिने भोट हाल्दा गोप्य हुन्छ रे जता छाप लाइदिए पनि हुन्छ भनेका छन् रे लेखपढ गर्नेहरूले अनि के गर्नु जोहो त राम्रै गर्नुपर्छ यसपालि । नियममै बस्ने हो भने त भरतपुर पनि प्याओमा दिन नमिल्ने, परमादेशी वचनमै गठजोड गरी नै रहनुपर्ने थिएन नि त । एमसिसि जस्तै पहिले हो, अनि इन, अनि फेरि हो, त्यस्तै, परे लाजमाथिको टालाटुली पनि भइहाल्छन् क्यारे, संहिता त आप्mनो ठाउँमा छ नि त, संविधान, संहिता पहिले पनि त थियो नि यत्रो वर्षसम्म युद्ध गर्नु परेको होइन त ? त्यत्रालाई सकेर ल्याएको व्यवस्थामा पनि प्रश्न गर्न खोज्ने हो त ?

जे गरे पनि माइट इज राइट नभनिदिएर बेकारमा, आलोपालो मिलाएर भात भान्सा गर्नु पर्छ । सासु बुहारी उही डाडु पन्यु पाएका बेला बूढा ससुरा भएको भए यसो गर्नुहुन्न भन्थे, ती बुढा ससुरा छैनन् क्यारे जंगलतिर पठाइसक्या छ । भाइ भतिजा, अंशबण्डा गर्ने मिलीजुली खाने, बाहिर धारे हात लाए जस्तो गर्ने, नगरी नहुनेमा केहीबेर चुप लागिदिनोस् भनेर दम्पति नै दुई÷चारपटक बालकोटतिर गए पनि भयो केही नलागे तीर्थाटन, राखी बान्नेतिर गए भइहाल्यो । चाहिने त हो नि यो संहिता, आचार राजनीतिमा नहुने भन्ने हुन्न, सबै नीतिको माउ राजनीति भएकाले मुहान शुद्ध हुन जरुरी थियो नि, सुन्दरीजलको मुहान कहाँ शुद्ध छ अहिले, कतिले त्यहाँ स्वर्गीय आनन्द लिन्थे पहिले, त्यही पानी घरका धरामा जान्थे अहिले पो तारबार लाएर अलि सफा भएको त, पानी त्यहाँकाले नपुगेपछि भुइँको लेदो पानी घरमा दिएजस्तै हो क्या ।

आक्कल झुक्कल चुनाव पनि त दिन दिनै आउने होइन क्यारे कहिलेकहीं आउने चुनावमा लगानी गर्न यी पसले, व्यापारी, उद्यमी, मतदाता किन डराएका हुन् बिनासितिमा आखिर अब सिंगापुर बनाइदिने, स्विट्जरल्यान्ड बनाइदिने त भन्या छैन नि, त्यही नेपाल बनाउने भन्या हो, चिरचिरा पारेर बाँडे पनि त परदेशीलाई दिया छैन क्यारे, भ्mयाल भ्mयालमा मन्त्रालय राख्न दिएनन् हजुरबाले, दाम राखेर कतिपटक ढोगेर यसो दूधको कुँडे तान्या त हो नि अहिले उनको खोइरो नखनेसम्म, प्रतिगामी षड्यन्त्र हुन लाग्यो, यो व्यवस्था बचाउन पनि गठजोड गर्नुपरेको नभनेसम्म जनता पत्याउँदैनन् त के गर्ने, रहरले गरेको हो र यो करैकरले गरेको, नत्र टसमसै नगर्ने, उखान टुक्काका भरमा पाँच वर्ष बसिरहनेसँग त सकिएन नि, निन्याउँरो मुख लाएर, घर निकाला गरिदिने अनि अरूसँग भए पनि मितेरी लाउनु नहुने त, आखिर मितज्यूले टाउकोको मोल त त्यो बेलामा पो भनेका अहिले त त्यसो भन्या छैनन् क्यारे, हाम्रो साथ नपाएमा आखिर ती पनि लल्याकलुलुक भइहाल्छन्, वर्षभरि त काँध मिलाउनु पाए हाइसन्चो मात्रै हुने हो र ढुकुटीमा आनन्द पनि त हुन्छ, नियुक्ति मात्रै कति हुन्छन् स्वदेश मात्रै हो र विदेश पनि । यस्तो हाइसन्चो छोडेर उताको कडा आचार संहितामा त बस्न सकिन्न नि कसो ?

उनी पनि आचरणमा बस्न नसकेकैले शपथमा त्यो पर्दैन भनेकै हो क्यारे । विदेशीहरू आचारकै लागि बाइबल, कुरान समाते भन्दैमा वेद, गीता, गाई कसरी सम्झने, गीता, गाई लिने त अन्तै गइसकेको बेलामा । दिल्ली पन्जाव त होइन नि आमआदमीले २ सय ५० युनिट बिजुली र २० हजार लिटर पानी निःशुल्क दिने ? ज्येष्ठ नागरिकलाई तीर्थयात्रा निःशुल्क रे ऊ जस्तो देश हो त यो, निजी अस्पताल, विद्यालय छोडेर बिरामी अनि विद्यार्थी सरकारीतिर आकर्षित भए रे । हामीले त पानी, बिजुली छुट हुन्छ भनी बजेटमा पो भनेको त कसरी दिने ? घोषणालाई उपलब्धि पो मान्ने हो त ।

तपाइको प्रतिक्रिया
(Visited 434 times, 1 visits today)

epaper

ताजा समाचार

बनगवाँ आगलागीमा सहयोग गरेको भन्दै मेयर हमाललाई भारतीय व्यापारीको धन्यवाद