नेपाल–अमेरिका व्यापार प्रवद्र्धन: टिफाको पाँचौं बैठक

नेपालले अमेरिकासँग व्यापार तथा लगानी सम्झौता वा टिफा गरिसकेको छ । यस सम्झौतापछि दुई देशबीच स्वतन्त्र व्यापारतर्फ अबको भविष्यमा उन्मुख भएको छ । नेपाल र अमेरिकाबीचको व्यापार तथा लगानी सम्झौता अर्थात् टिफा परिषद्को पाँचांै बैठक २०७७ सालमा भएको थियो । यो बैठकमा आठ विषयमा छलफल भएको थियो । यी विषयमा भन्सार मूल्यांकन, टीए, आईपी, बजार पहुँच, टीबीटी, श्रमिक, नेपालमा लगानी तथा विश्वमा नेपाली उद्योको अवस्था र लगानी नीति थिए ।

नेपालको हितमा हुँदै गरिएका विषयले नेपालको व्यापार तथा वाणिज्य स्थिति’bout छलफल भई नेपाली उद्योगलाई विश्व बजारमा पुगाउने उद्देश्य रहँदै आएको छ । चौथो टिफा बैठकमा उठाएका विषय कार्यान्वयन गर्ने सम्बन्धमा पनि पाँचांै बैठकमा छलफल भएका थिए । चौथो बैठकमा नेपालले अमेरिकी सरकारबाट शून्य भन्सार सुविधा प्राप्त गरेको ७७ वटा वस्तुका निकासी प्रबद्र्धन, बाह्यस्तरमा मान्यता प्राप्त प्रयोगशाला, बौद्धिक सम्पति संरक्षण तथा कर्मचारीको क्षमता विकासमा अमेरिकी सहयोग कार्यान्वयनको विषयमा पनि छलफल हुँदै आएको छ ।

अमेरिकाको सन् २०१५ को व्यापार तथा सहजीकरण तथा कार्यान्वयन ऐनले नयाँ देश केन्द्रित ग्राह्यता कार्यक्रम स्थापित गरी हार्माेनाइज्ड ट्यारिफ सेडुलअन्तर्गका ७७ वस्तुद्वारा समेटिएका नेपाली वस्तुलाई भन्सार छुट सुविधा दिएको थियो । जसमा हस्तकला, सल, भ्रमणसामग्रीलगायत वस्तु रहेका छन् ।

पाँचांै टिफाको बैठक अगाडिका बैठकमा नेसनल आईपी नीतिमार्फत नवीनतालाई प्रश्रय दिने नेपालको प्रयासलाई स्वागत गर्दै अमेरिकाले बौद्धिक सम्पत्ति अधिकारलाई अझ बढी संरक्षण गर्न कानुन बनाउने दिशामा नेपालको प्रयासलाई सहयोग गर्ने बताउँदै आएको देखिन्छ ।

टिफाको पूर्वप्रारूप
नेपालले २०६६ साल चैत्र १० सम्म पनि अमेरिकासँग बृहत् व्यापार तथा लगानी सम्झौता गर्ने तयारीका रूपमा पहिलो चरणको वार्ता गरेको थियो । यसअघि टिफा सम्झौता’bout द्विपक्षीय छलफल गर्न नेपालले २ पटकसम्म तयारी गरेकोमा दुवै पक्षको समय मिलेको थिएन र पछि सरेको थियो । २०६६ साल चैत्रमा यस’bout छलफल गर्न वाणिज्य सचिवको नेतृत्वमा एक टोली अमेरिका गएको थियो । पटक–पटक नेपाली सरकारी–निजी क्षेत्रका टोली अमेरिका जानुको मुख्य उद्देश्य अमेरिकासँग व्यापार तथा लगानी सम्झौता प्रक्रिया अगाडि बढाउनु थियो ।

पहिलोपटक व्यापार सम्झौता भएको ६३ वर्षपछि नेपाल र अमेरिकाबीच परिमार्जित स्वरूपमा लगानी र सेवा व्यापारको बृहत् खाका समेटर सम्झौता गर्न धेरैपटक नेपाली टोली अमेरिका गएको थियो । सन् १९४७ अप्रिलमा दुई देशबीच मैत्रीपूर्ण एवं व्यापार सम्झौता भएको थियो । पहिलेको सम्झौताले वस्तु व्यापारको सामान्य विषय समेटेकोमा पछिको समझौताले दुई देशबीचको वस्तु एवं सेवा व्यापारलगायत एकअर्को देशमा हुने लगानी र बौद्धिक सम्पतिको संरक्षणलाई सम्झौताले प्राथमिकता दिएको छ ।

जीएसपीभन्दा भिन्दै टिफा
नेपाली भ्रमण टोलीले हरेकपटक अमेरिका जाँदा अमेरिकी सरकारले कम विकसित देशलाई दिँदै आएको सामान्य ग्राह्यता प्रणाली वा जीएसपीको उपभोग र बौद्धिक सम्पत्ति संरक्षणको क्षेत्रमा अमेरिकाले नेपाललाई गर्न सक्ने सहयोग’bout अमेरिकी अधिकारीसँग वार्ता गर्ने नेपाली जनमानसमा प्रकाशमा ल्याएको थियो । तर, वास्तविक रूपमा यस सम्झौताले अमेरिकाबाट नेपालले के पायो ? पक्कै नेपालले भविष्यमा खोजको सुविधा पाउने छ ।

दुर्भाग्यको कुरा, अमेरिकाले दिँदै आएको सुविधामा ९५ प्रतिशत वस्तु नेपालमा उत्पादन नहुने बताइन्छ

यद्यपि, अमेरिकाले नेपाललाई अमेरिकी जीएसपी सुविधा उपभोग गर्न सुझाव दिँदै आएको थियो र दिँदै जानेछ । तर, अमेरिकाले दिँदै आएको सुविधामा ९५ प्रतिशत वस्तु नेपालमा उत्पादन नहुने बताइन्छ । नेपालले अमेरिकी जीएसपीअन्तर्गत नेपालले भन्सार सहुलियत प्राप्त गर्ने नेपाली उत्पादनको सूची बनाउन आवश्यक छ ।

अमेरिकाले ४ हजार ८ सय वस्तुलाई यस प्रणालीअन्तर्गत भन्सार सहुलियत प्रदान गरेको छ तर नेपालको वस्तु यसमा कति समेटिएको छ त ? नेपालबाट निकासी हुने वस्तुले अमेरिकी बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन । अमेरिकाले सन् २००८ पछि अल्पविकसित देशका ९७ वस्तुलाई सहुलियतपूर्ण प्रवेश दिने प्रतिबद्धता गरे पनि कार्यान्वयनमा आएको छैन ।

अमेरिकाले ४२ देशसँग यस्तो टिफा सम्झौता गरेको छ भने २० देशसँग स्वतन्त्र व्यापार सम्झौता गरिसकेको छ । नेपालले अमेरिकासँग गरेको टिफा समझौताको एक उद्देश्यमा नेपाली वस्तुलाई अमेरिकी जीएसपीभन्दा बढी सुविधा पाउन प्रयास गर्नु थियो र पछि पनि हुनेछ ।

नेपालमा उत्पादित तयारी पोसाकलाई अमेरिकी बजारमा भन्सारमुक्त प्रवेशका लागि पहल गर्ने त्यस सम्झौताको उद्देश्य थियो । नेपाललाई त्यस्तो सुविधा दिंदा निर्यात वृद्धि भइरहेका बंगलादेश र क्याम्बोडियाले संयुक्त रूपमा पेस गरेकाले ती देशले समेत पाउने भएकाले अमेरिका नेपालको त्यो मागप्रति सकारात्मक थिएन् । सन् २००५ मा मल्टिफाइबर सम्झौता खारेज भएपछि पनि बंगलादेश र क्याम्बोडियामा उत्पादित तयारी पोसाकको अमेरिका निर्यात बढिरहेको थियो ।

अमेरिकामा तयारी पोसाकको भन्साररहित बजार पहुँच नेपालको प्राथमिकता रहँदै आएको छ । सन् २००१ देखि २०१० सम्ममा नेपाली तयारी पोसाकको अमेरिका निर्यात ९८ प्रतिशत घटेको थियो । सन् २०१३ आउँदा पनि अझ ह्वातै बढ्न सकेको छैन । बहुपक्षीय व्यापारिक सम्झौता बजार पहँुचको सम्भावना कम हँुदै गएपछि द्विपक्षीय सम्झौतामार्फत् सहुलियतको प्रयास भएको हो । विश्व व्यापार संगठनको मन्त्रिस्तरीय बैठक पनि औपचारिकतामा नै सीमित भएपछि द्विपक्षीय सम्झौताको महŒव थालेको हो । तर, नेपाली प्रतिनिधिमण्डलले अमेरिका गएर द्विपक्षीय सम्झौतामा अझै सहज बन्ने अवसर हुने बताएका छन् ।

टिफाका अग्रपथ
अमेरिकासँग गरिएको लगानी तथा व्यापार सम्झौता (टिफा)मा विश्व व्यापार संगठनभन्दा बढी प्रतिबद्धता गर्न नहुने बताएका थिए । वस्तु तथा सेवा व्यापार र लगानीका लागि प्रारम्भिक सम्झौताका लागि टिफाका लागि पटक–पटक नेपाली टोली अमेरिका गएका थिए ।

भविष्यमा पनि नेपालले सम्झौता गर्ने उद्देश्य र सैद्धान्तिक आधार’bout जाने टोली प्रस्ट हुनुपर्छ । टिफाले दुई पक्षीय व्यापार सम्झौताका लागि बाटो खोल्ने बताइएको थियो । तर, सम्झौता गरेको बेलामा नै भन्साररहित सुविधा पाइहाल्ने भने होइन ।

नेपालले टिफा कार्यान्वयनसँगै दुई पक्षीय व्यापार सम्झौता गरी तयारी पोसाक, पस्मिनाजस्ता नेपालको प्रतिस्पर्धात्मक क्षमता भएका वस्तुको अमेरिका प्रवेशमा भन्सार दरबन्दीमा कम वा छुट पाउने प्रयास भइरहेको थियो र यद्यपि छँदै छ । बौद्धिक सम्पत्ति माथिको अधिकार र कृषकको बिउबिजनसम्बन्धी अधिकारलाई अमेरिकाले कार्यान्वयन गर्न प्रस्ताव राख्न सक्दछ । तर, यसमा नेपालले बिव्या संगठनमा नेपालले केही नबोलेकाले यसमा नेपालले केही उल्लेख गरिनुहुन्न कि ? सेवा व्यापार र लगानीमा अमेरिकासँग प्रतिबद्धता गर्दा नेपालले बिव्या संगठनसँग गरेको प्रतिबद्धता सन्दर्भ गरिनुपर्छ । अमेरिकाले ४२ देशसँग टिफा सम्झौता गरेको छ । जसमध्ये १७ देशसँग द्विपक्षीय व्यापार सम्झौतासमेत गरिसकेको छ ।

नेपालका तर्फबाट अन्तर निकायबीच संस्थागत समन्वय गर्न नसक्दा र निर्यातमा दिइएका सुविधा कार्यान्वयनमा नआउँदा निर्यात बढ्न सकेको देखिँदैन

टिफाका अघिल्ला बैठकमा नेपालले पाइरहेका भन्सार छुट सुविधाका उपयोगसम्बन्धी छलफल हुँदै आएको छ । १०-११ वर्ष अघि अमेरिकाले निर्यातका लागि ७७ वस्तुमा भन्सार छुट दिएकोमा यस्ता बैठकमा त्यसको समीक्षा र कार्यान्वनका लागि टिफाको पटकपटक बैठक बस्दै आएको छ । पहिलोदेखि पाँचौं टिफाको बैठकमा यस्तै समीक्षा हुँदैहुँदै आएको छ । तर, निर्यात कार्यान्वयनको अवस्था दयनीय छ ।

अमेरिकी भन्सार छुटमध्ये नेपालबाट झोला, सुटकेश, लगेज, ब्याग प्रयोजनका उत्पादन, सल, ब्यांकेट, विभिन्न रेसाका उत्पादन, शिरपोससम्बन्धी वस्तुहरू निर्यात हुने गरेका छन् ।

आब २०७२÷७३ मा सुबिधा प्राप्त ८७ करोड बराबरका यी वस्तु निर्यात भएकोमा २०७६÷७७ मा ती वस्तुका निर्यात ३५ करोडमा सीमित रहेको छ । आब २०७२÷७३ को तुलनामा यी वस्तुका निर्यात करिब २ सय प्रतिशतले कमी आएको छ । जब ती पाँच वर्षमा अमेरिकातर्फ यी वस्तुका निर्यात वार्षिक औसत वृद्धिदर एक प्रतिशत रहेको छ ।

आब २०७६÷७७ अमेकिामा ९ अर्ब ४४ करोड ४३ लाख ६६ हजार रुपैयाँको कुल निर्यात भएकोमा भन्सार छुटमार्फत ३५ करोड बराबरको वस्तु निकासी भएको थियो । यस्तै, आब २०७५÷७६ मा अमेरिकामा १० अर्ब ८४ करोड ८८ लाख ६२ हजार रुपैयाँको कुल निर्यात भएकोमा भन्सार छुटमार्फत ६८ करोड ४८ लाख १८ हजार रुपैयाँको निर्यात भएको थियो ।

अमेरिकामा नेपालको कुल निर्यातमा यी ७७ वस्तुका अंश पनि क्रमशः खुम्चिने अवस्थामा छन् । अमेरिकाको यी ७७ वटा वस्तु विश्व आयातमा भने सन्तोषजनक छ । अमेरिकाले नेपाललाई निर्यातमा भन्सार छुट दिएका ७७ वटा वस्तुका उत्पादन क्षमता बढाउन प्राविधिज्ञ सहयोग उपलब्ध हाल पनि गराउने भएको थियो ।

नेपाल र अमेरिकाबीच भएको टिफाको पाँचौं बैठकमा उत्पादन बढाउनका लागि अमेरिकाको प्रविधिज्ञ सहयोग गर्ने बताएको थियो । सन् २०१५ देखि २०२५ सम्म नेपाललाई दिएको ७७ वस्तुमा अमेरिकी व्यापार सहुलियत लाभको पूर्णरूपमा उपयोग गर्न प्राविधिज्ञ सहयोग उपलब्ध गराउने अमेरिका सहमत भएको थियो ।

सरकारले प्रत्येक वर्ष बजेटमा आयात प्रतिस्थापन गरी निर्यात बढाउन घोषणा गरिएका निर्यातका लागि दिइएका छुटसमेत कार्यान्वयन गर्न सकिएका छ्रन् । स्वदेशी उत्पादन बढाउनका लागि टिफामा पास भएका पनि कार्यान्वयनमा आउन सकेका छैनन् । अमेरिकाले निर्यात बढाउन प्राविधिकमा सहयोग गर्ने भनिए पनि कार्यान्वयनमा आउन सकेको छैन । नेपालका तर्फबाट अन्तर निकायबीच संस्थागत समन्वय गर्न नसक्दा निर्यातमा दिइएका सुविधा कार्यान्वयनमा नआउँदा निर्यात बढ्न सकेको देखिँदैन सम्झौता कार्यान्यनका लागि पाँचपटकसम्म पनि छलफल र समीक्षा जारी छ र आउँदा बैठकमा पनि जारी हुुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 600 times, 1 visits today)

epaper

ताजा समाचार

बनगवाँ आगलागीमा सहयोग गरेको भन्दै मेयर हमाललाई भारतीय व्यापारीको धन्यवाद