गुल्मीको चन्द्रकोटमा गठबन्धनका अध्यक्ष/उपाध्यक्ष विजयी

गुल्मी । जिल्लाको चन्द्रकोट गाउँपालिकामा पाँच दलीय गठबन्धनका अध्यक्ष÷उपाध्यक्ष नै विजयी भएका छन् । आइतबार राति आएको मत परिणामअनुसार गठबन्धनबाट नेकपा माओवादी केन्द्रका युवराज केसी अध्यक्ष एवम् नेपाली काँग्रेसका विष्णु भण्डारी उपाध्यक्षमा निर्वाचित भएका छन् । केसीले पाँच हजार ७०० मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी एमालेका चेतन बस्नेतले तीन हजार २४७ मत प्राप्त गरे ।

उपाध्यक्षमा गठबन्धनबाटै काँग्रेसका विष्णु भण्डारी पाँच हजार १६ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालकी राधिका अर्यालले तीन हजार ८१६ मत प्राप्त गरिन् । अध्यक्षमा केसीले बस्नेतलाई दुई हजार चार सय ५३ मतान्तरले पराजित गरे भने उपाध्यक्षमा भण्डारीले अर्याललाई एक हजार दुई सय मतान्तरले पराजित गरे । एमालेबाट उपाध्यक्षकी उम्मेदवार अर्याल चन्द्रकोटकी निवर्तमान उपाध्यक्ष समेत हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर महानगर मेयरमा रेणु दाहाल विजयी