खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका अध्यक्षमा गठबन्धनबाट उठेका कांग्रेसका शालिकराम बञ्जरा बिजयी भएका छन् । एमालेका उम्मेदवार गोमा मगरलाई ८५१ मतले पराजित गर्दै बञ्जरा अध्यक्षमा विजयी भएका हुन् ।
बञ्जराले ३१८१ मत पाएका थिए भने उनका निकटतम प्रतिद्धन्द्धी मगरले २३३० मत प्राप्त गरेका थिए । उपाध्यक्षमा गठबन्धनकै तर्फबाट उठेका नेकपा एकीकृत समाजवादीका भुबलराज राई विजयी भएका छन् । उनले २६९२ मत पाएका छन् । उपाध्यक्षका निकटतम प्रतिद्धन्द्धी एमालेका जीवनकुमार राईले २२९५ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बञ्जरा निवर्तमान गाउँपालिका अध्यक्ष र मगर निवर्तमान उपाध्यक्ष हुन् ।
तपाइको प्रतिक्रिया
(Visited 281 times, 1 visits today)