चार पालिका जितेको एमाले योपटक शून्य

नेपालगन्ज । २०७४ सालको निर्वाचनमा आठमध्ये चार पालिका जितेर सबैभन्दा ठूलो दल बनेको नेकपाले यो निर्वाचनमा भने कुनै पनि पालिका जित्न सकेन ।

यसअघि चार पालिका जितेको एमालेले बाँकेमा यो निर्वाचनमा कुनै पनि पालिका जित्न नसक्नुलाई सत्तापक्षीय गठबन्धन नै भएको एमाले बाँकेका इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य सूर्य ढकालले बताए । उनले गठबन्धनका बाबजुद पनि बाँकेका ६ वटा पालिकामा एमालेले दोस्रो शक्तिका रूपमा आफूलाई स्थापित गर्न सफल भएको बताए ।

बाँकेमा नेपाली कांग्रेसले सबैभन्दा बढी पालिका जितेर पहिलो दल बनेको छ । नेपालगन्ज उपमहानगरपालिका पनि कांग्रेसले नै जितेको छ ।

नेपाली कांग्रेसले पाँचवटा पालिकामा प्रमुख, उपप्रमुख दुवै, दुई पालिकामध्ये एकमा प्रमुख, अर्कोमा उपप्रमुख जित्न सफल भएको छ । जसपाले एक पालिका प्रमुख र दुई उपप्रमुखमा जित निकालेको छ भने माओवादी केन्द्रले १ पालिका प्रमुख जितेको छ ।

गत निर्वाचनमा कुनै पनि पालिकामा विजय हुन नसकेको माओवादी केन्द्र योपटक भने एउटा पालिकाको प्रमुखमा विजयी भएको हो । यसैगरी, गत निर्वाचनमा एउटा पालिका जित्न सफल भएको जनता समाजवादी पार्टी यसपटक पनि सो पालिकामा दोहोरिनुका साथै नेपालगन्ज उपमहानगरमा उपप्रमुखमा जित हासिल गर्न सफल भएको छ ।

यसैगरी, नेपालगन्ज उपमहानगरमा राप्रपाले आफ्नो विरासत जोगाउन सकेन । राप्रपाका महामन्त्री डा. धवलशमसेर राणाले आफ्नो विरासत जोगाउन अन्तिम समयमा माओवादीबाट नन्दलाल वैश्यलाई पार्टीमा ल्याएर निर्वाचन लडाए पनि आफ्नो विरासत जोगाउन सकेनन् । वैश्य तेस्रो स्थानमा रहने मत प्राप्त गरे ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारीअनुसार बाँकेको कोहलपुर नगरपालिका, राप्तीसोनारी, डुडुवा, बैजनाथ, जानकी गाउँपालिका तथा नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले जित निकालेको छ भने खजुरामा माओवादी केन्द्रले जित हासिल गरेको छ । नरैनापुर गाउँपालिकामा जनता समाजवादी पार्टीले पुनः विजयी भएको छ ।

राप्तीसोनारी गाउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तप्त पौडेल र उपाध्यक्षमा पूर्णिमासिंह थारू, डुडुवा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नरेन्द्र चौधरी र उपाध्यक्षमा शाहिदा बानो, जानकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका छब्बन खाँ, र उपाध्यक्षमा रामप्यारी यादव, बैजनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश शाह, उपाध्यक्षमा निर्मला रोकाय, नरैनापुर गाउँपालिका अध्यक्षमा जसपाका मोहम्मद इस्तियाक अहमद शाह र उपाध्यक्षमा जयन्ती श्रीवास्तव, कोहलपुरमा नेपाली कांग्रेसका पूर्ण आचार्य र उपमेयरमा संगीता सुवेदी पौडेल विजयी भएका छन् ।

यस्तै, माओवादी–कांग्रेसको गठबन्धन रहेको खजुरा गाउँपालिका अध्यक्षमा माओवादीका डम्बर विक तुफान र उपाध्यक्षमा कांग्रेसका मञ्जु मल्ल विजयी भए भने पाँचदलीय गठबन्धन रहेको नेपालगन्ज उपमहानगरमा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपमेयरका उम्मेदवार जसपाका कमरुद्दीन राई विजयी भए ।

तपाइको प्रतिक्रिया
(Visited 252 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीमा चार स्वतन्त्रले फिर्ता लिए उम्मेदवारी