राजनीतिक दलको ध्यान जिसस गठनतर्फ

काठमाडौं । ३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हँुदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् । स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय गर्न जिल्ला समन्वय समिति गठन गर्ने प्रावधान संविधानमा छ । पालिकाका जनप्रतिनिधिहरूले समन्वय समिति गठन गर्नेछन् ।

संघीय राजधानीसमेत रहेको बाग्मती प्रदेशमा १३ जिल्ला रहेको छ । १ सय १७ पालिकामध्ये १ सय १४ पालिकाको मतगणाना सम्पन्न भइसकेको छ । काठमाडौं, ललितपुर र भरतपुर महानगरमा मतगणना जारी छ । काठमाडौंको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । यस्तै, ललितपुरको प्रमुखमा नेपाली कांग्रेस र भरतपुरको प्रमुखमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।

अहिलेसम्मको सम्पन्न मतगणना र अग्रता लिइरहेको आधारमा हेर्ने हो भने काठमाडौं र ललितपुरमा कांग्रेसले एकल रूपमा जिसस बनाउन सक्ने बहुमत प्राप्त गरेको छ । अन्य जिल्लामा गठबन्धन गरेर मात्रै जिसस गठन हुने अवस्था रहेको छ । एमाले र माओवादी केन्द्रले गठबन्धन नगरी कुनै पनि जिल्लामा एकल रूपमा जिसस गठन गर्न सक्दैनन् ।

राजधानीमा कस्को अवस्था के ?

ललितपुरमा १२ मत रहेकामा नेपाली कांग्रेस ७ मत पाएको छ । कांग्रेसले चार प्रमुख तीन उपप्रमुखमा विजयी भइसकेको छ । ललितपुर महानगरमा अग्रता लिइरहेको कांग्रेसले त्यहाँ विजयी भएमा एकल रूपमा जिसस गठन गर्न पाउँछ ।

ललितपुरमा एमालेले प्रमुख÷उपप्रमुख गरी तीन स्थानमा विजयी भएको छ । पालिका प्रमुखमा दुई र उपप्रमुखमा एक एमाले विजयी भएको हो । त्यस्तै, माओवादी केन्द्र पालिका प्रमुख विजयी भएको छैन तर उसले उपप्रमुख दुई पालिकामा विजयी भएको छ ।

काठमाडौंमा कुल २२ मत रहेको छ । ११ नगरपालिका रहेको काठमाडौंमा मेयर÷उपमेयर गरी २२ मध्ये कांग्रेसले १२ मा विजयी भएको छ । कांग्रेसले प्रमुखमा सात र उपप्रमुख पाँच पालिकामा विजयी भएको छ ।

एमालेले प्रमुखमा दुई र उपप्रमुखमा पाँच गरी सात विजयी भएको छ । काठमाडौंको उपमेयरमा एमालेले अग्रता लिइरहेको छ । अग्रता लिएको पालिकामा एमाले विजयी भएको अवस्थामा उसँग आठ मत हुनेछ । राप्रपाले एक पालिका प्रमुख जितेको छ भने स्वतन्त्रले एक पालिकामा अग्रता कायम गरिरहेको छ ।

रसुवामा रोचक परिणाम आउने संकेत देखिएको छ । पाँच पालिका रहेको रसुवामा कांग्रेस र एमाले बराबर ५÷५ विजयी भएका छन् । जिसस बनाउनका लागि दुवै दलले बहुमत नपाएको र तेस्रो पार्टीले कुनै पनि पदमा विजयी नभएकाले उनीहरूले मिलेर जिसस बनाउनुपर्ने देखिन्छ ।

त्यस्तै, काभ्रेपलान्चोक र सिन्धुपाल्चोकमा कांग्रेसले धेरै पालिका जिते पनि एक मत कम हुँदा तालमेल गर्नुपर्ने अवस्था रहेको छ । एकल बहुमत भएको स्थानमा आफ्नो पार्टीभित्रका पालिका सदस्यलाई ल्याउन पाउनेछ भने नभएको स्थानमा अन्य दलहरूका बीचमा तालमेल गरेर पद बाँडफाँट गरी मिलाउनुपर्ने हुन्छ ।

जिसस गठनका लागि यस्तो छ संवैधानिक व्यवस्था
संविधानको धारा २२० मा जिल्ला सभा र जिल्ला समन्वय समितिको व्यवस्था’bout उल्लेख गरिएको छ । जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाहरूका बीचमा समन्वय गर्न एक जिल्ला सभा रहने व्यवस्था छ ।

जिल्ला सभामा एक जना प्रमुख एक जना उपप्रमुख, कम्तीमा तीन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसंख्यकसहित बढीमा नौ जना सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्ने व्यवस्था संविधानमा रहेको छ ।

यसरी उम्मेदवार हुने व्यक्ति पालिका सदस्य हुनुपर्नेछ । जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्य पदमा निर्वाचित भएका त्यस्तो व्यक्तिको गाउँसभा वा नगरसभाको सदस्य पद स्वतः रिक्त हुने संविधानमा उल्लेख गरिएको छ ।

बाग्तमीमा कुन दलको अवस्था कस्तो ?
संघीय राजधानीसमेत रहेको बाग्मती प्रदेशमा स्थानीय तह निर्वाचनमा कांग्रेस पहिलो दल बनेको छ । ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले प्रमुखमा ५८ पालिकामा विजयी भएको छ । त्यस्तै, ललितपुर महानगरपालिकामा अग्रता कायम गरिरहेको छ ।

माओवादीले बाग्मती प्रदेशमा २६ पालिकामा प्रमुखमा विजयी भएको छ । भरतपुर महानगरमा माओवादीको अग्रता छ । एमाले तेस्रो स्थानमा रहँदै २६ पालिकामामा सीमित भएको छ । एमालेबाट विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादीले चार पालिकामा मात्रै विजयी भएको छ ।

बाग्मती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी एक पालिकाको प्रमुखमा विजयी भएको छ भने, नेपाल मजदुर किसान पार्टी एक पालिकामा प्रमुख र उपप्रमुखमा विजयी भएको छ । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । हालसम्मको प्राप्त मत परिणाममा स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रमुख र एमालेका सुनिता डंगोलले उपप्रमुखमा अग्रता लिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 432 times, 1 visits today)

epaper

ताजा समाचार

बनगवाँ आगलागीमा सहयोग गरेको भन्दै मेयर हमाललाई भारतीय व्यापारीको धन्यवाद