वडा १५ का अध्यक्षले फोहोर व्यवस्थापन नभएसम्म भत्ता नलिने

काठमाडौं महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले कार्यपालिका बैठकमा काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म आफूले बैठक भत्ता नलिने घोषणा गरेका छन् । उनले सोमबार भएको कार्यपालिका बैठकमा फोहोर व्यवस्थापनमा संवेदनशील भएको बताएका छन् । काठमाडौं महानगरका प्रमुख बालेन साहले यसअघि नै फोहोर व्यवस्थापन नभएसम्म मालाखादा नलगाउने र कुनै विजयी उत्सव नमनाउने घोषणा गरेका थिए ।

‘फोहोर व्यवस्थापन नभएसम्म म बैठक भत्ता लिन्नँ मेरो खातामा कृपया पैसा नहालिदिनु होला,’ उनले बैठकमा भने । काठमाडौं महानगरको स्थानीय तहको निर्वाचन २०७९ पछिको पहिलो बैठक लाइभ गरिएको थियो ।

डंगोल एकीकृत समाजवादीबाट जित्ने काठमाडौं महानगरका एक्ला वडा अध्यक्ष हुन् । वडा १५ मा एकीकृत समाजवादीको प्यानल नै विजयी भएको थियो । डंगोलले सार्वजनिक शौचालयलाई व्यावसायिक गर्न नहुने धारणा पनि बैठकमा राखेका थिए । स्थानीयको गुनासो सुन्ने कलसेन्टरको एजेन्डामा आफ्नो समर्थन रहेको बताएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 601 times, 1 visits today)

epaper

ताजा समाचार

बनगवाँ आगलागीमा सहयोग गरेको भन्दै मेयर हमाललाई भारतीय व्यापारीको धन्यवाद