लोक संस्कृतिको धनी हाम्रो देश नेपालमा ज्योतिषशास्त्र र धर्मशास्त्र एकअर्काका परिपूरकका रूपमा रही चन्द्र र सौर्य दुवै मास मिलाएर समन्वयात्मक ढंगले विभिन्न धार्मिक, सांस्कृतिक, अध्यात्मिक, तान्त्रिक तथा प्राचीनतम् परम्परागत मौलिक सनातन धर्म, कर्म, कृत्यादि कालमानानुसार उषाः, प्रातः, पूर्वान्हः, मध्यान्हः, अपरान्हः, सायंन्ह, प्रदोष, रात्रि, मध्यरात्रिमा मात्र होइन बेला, मूहुत्र्त वा साइत समेत हेरी नित्य, नैमित्तिक र काम्यकर्मलगायत अन्य विभिन्न पूजा, आराधना, अनुष्ठान, जप, तपादि खाइ वा नखाइकन र खुल्ला एवं गुप्त रूपमा समेत यथासमयमा कर्म गर्ने गरिन्छन् । ज्योर्तिविज्ञानका प्रणेता महर्षिले सिद्ध गरिसकेका छन् कि यस अनन्त ब्रम्हाण्डमय चराचर जगतको उद्भव, पालन र प्रलय गर्ने सर्वशक्ति सम्पन्न परब्रह्म परमेश्वर काल हो । वेद, उपनिषद्, पुराणादिमा पनि काललाई नै परव्रह्म बताइएको छ । तत्र कर्मणो यस्य यः कालस्तत्कालव्यापिनी तिथिग्राह्र्या अर्थात् जहाँ जुन कर्म जतिखेर गर्नुपर्ने होे, त्यहाँ त्यो कर्म (कृत्य पर्व) त्यत्तिखेरैको विशेष कालव्यापिन्तिथिमा नै गर्नुपर्ने (स्वीकार्नु पर्ने) शास्त्रनिर्देशित विधिविधान छ ।
(क) स्वन्ति (स्वन्हुतिथि) पर्व पूजाको काल र सुलं (खण्डित) गर्न नहुने’bout
नेपाल भाषाभाषी नेवाःले प्रत्येक वर्ष मनाउने मौलिक संस्कृति स्वन्हुतिथि स्वन्तिपर्वको लक्ष्मीपूजा, म्हपूजा र भ्रातृपूजाका कर्म कहिले गर्ने भन्ने’bout नेवाःथ्यासासपूm ग्रन्थ र धर्मशास्त्रानुसार धार्मिक एवं सामाजिक कूलपरम्परा अनुकूल अखण्डित रुपमा सुलं नबसिकन तीनदिनको पर्व नटुटाइकन चान्द्रतिथियुक्त निरुपित विशेष कर्मका तिथिमा अध्यात्मदर्शन एवं तन्त्रोक्त विधिविधानले लगातार (लहरै)पूजा गर्नुपर्ने प्रचलन छ । द्वादश्यां च त्रयोदश्यां च चतुर्दश्यां तथैव च । अमावश्यां च प्रतिपदि व्दितीयायां क्रमाद् बुधैः ।। गजं काकं तथा श्वानं, गोलक्ष्मी स्वस्वदेहकम् । पूजयेत् भ्रातां तन्त्रंविधिवत् सर्वमानवैः ।। (नेपाल वर्ष क्रिया) ।
यो वर्ष वि.सं.२०७९को पात्रोमा तीनदिने स्वन्तिपर्वकोे प्रथमदिन लक्ष्मीपूजा सुखरात्री कार्तिककृष्णऔंसीतिथिव्याप्त रात्री कार्तिक ७ गते सोमवार छापिएको ठीक छ । तर, भोलिपल्ट दोस्रोदिन कार्तिक ८ गते मंगलवार सूर्यास्तसंगै ग्रहणपछि कार्तिकशुक्लप्रतिपदातिथि प्राप्त सायन्हकाल अस्तसं स्नान्शुद्धिपश्चात् कुलपरम्परानुसार अमावास्यायुक्त प्रतिपदातिथिमा बलिपूजा सहित रात्रिदीपोत्सवकासाथ स्वदेहआत्म म्हपूजा गरी सुखरात्रि मनाउने दिन नेवाःपरम्परा संस्कृति विपरित एकदिन टुटाउंदै सुलं राखेर पर्वखण्डित गर्दै पर्सिपल्ट तेस्रोदिन कार्तिक ९ गते बुधवार किजापूजा गर्नुपर्ने दिन पात्रोमा म्हपूजा भनि छापिनु गलत भयो। बिहान म्हपूजा गर्ने प्रमाणिक आधार छैन र सूर्योदयकालीनतिथि दिनभर हुन्छन् भन्ने कुरो पनि सत्य होइन । तेस्रो दिन कार्तिक ९ गते बुधवार कार्तिकशुक्लप्रतिपदातिथियुक्त द्वितीयातिथि अपरान्ह ३ः३६ बजेदेखि दाजुभाइलाई दिदीबहिनीले हर्षोल्लासकासाथ शुभसगुन सहित दाजुकिजापूजा भाइटीका कर्म सम्पन्न गरिन्छ । कार्तिक १० गते बिहीवार तृतीयामिश्रित व्दितीयामा भाइटीका भनेर सरकारी नियन्त्रित पात्रोमा समेत छापिनु एकदम गलत र शास्त्रीयमर्यादा विपरित छ । भ्रातृपूजा शास्त्रीय प्रमाण १.यमद्वितीया तु प्रतिपद्युताग्राह्योत्युक्तम् । यमद्वितीया भ्रातृपूजा प्रतिपदातिथियुक्त द्वितीयातिथिमा ग्राह्य हुन्छ । (निर्णयामृते) २. उर्जेशुक्ल द्वितीयायांपरान्हेर्चयेद्यमम् । स्नानंकृत्वा भानुजायां यमलोकं न पश्यति ।। कार्तिकशुक्लव्दितीयाको अपरान्ह स्नान गरेर यमको पूजा गरिएमा यमलोक देख्नु पर्ने छैन । (सत्कर्मरत्नावलि) ३. कार्तिकस्य सितेपक्षे द्वितीया यमसंज्ञिता । तत्रापरान्हे कर्तव्यं सर्वथैव यमार्चनम् ।। कार्तिकशुक्लव्दितीयालाई यमद्वितीया भनिन्छ, यसको अपरान्हकालमा यमको पूजा गर्नुपर्छ । (भविष्य पुराण) ।
स्वन्हुतिथि स्वन्तिपर्व पूजामा लक्ष्मीपूजा आरम्भपूजा र भ्रातृपूजा प्रत्यारम्भपूजा भएकोले आरम्भको अनन्तर प्रत्यारम्भको कर्मपूजा नसकिंदै सुलं खण्डित भएमा तिथ्यादि एवं मृत्युतुल्य गलग्रह रोगविशेष दोष लाग्ने शास्त्रीय मान्यता रहनाले नेपालभाषाभाषी नेवाःहरू परम्परागत मौलिक संस्कृति स्वन्ति स्वन्हुतिथि तीनदिने अटूट् कर्मपूजाहरूको बीचमा खण्डित गरिंदैन वा सुलं हुंदैन, आरम्भानन्तरं यत्र प्रत्यारम्भो न सिध्यति । गर्गादि मुनयःसर्वे तमेवाहुर्गलग्रहम । यी तीनदिने कर्मपूजालाई दुईदिनमा वा चारदिनमा पनि सम्पन्न गरिंंदैनन् । कार्तिक १० गते बृहस्पतिवार चतुर्थीपूजा गर्दै देवीलक्ष्मीको स्वांक्वकाय्गु गरेर प्रसादग्रहण गर्दै स्वन्ति स्वन्हुतिथि पर्व विधिवत् समापन गरिन्छन् । नेवाः संस्कृतिमा चान्द्रमानले चा रदिनको महत्व अत्यधिक हुन्छ ।
अतः कर्मकालको तिथि नबुझ्ने वा म्हपूजा गर्नु नपर्नेहरूको लहलहैमा बेलाबखत स्वन्हुतिथि (स्वन्ति) पर्वलाई पर्व खण्डित गर्दै टुटाउने वा सुलं राख्ने कार्य नेवाः परम्परा, संस्कृतिविपरीत छ । कुनै पनि शुभकार्य गर्नुअघि बीचमा बाधा अड्चन नआवस् भनी पूर्वांगस्वरूप नन्दिमुखी बयरश्राद्ध गर्ने परम्परा छ र गैरनेवाःहरूमा नभए पनि नेवाः संस्कृति परम्परामा मूलतः चतुर्विधाचार जस्तोकि शिष्टाचार, देशाचार, लोकाचार, कुलाचारको खास भूमिका रहेकोले शुभकार्यारम्भ अनन्तर प्रत्यारम्भ नभैकन बीचमा टुटाउनु, खण्डित गर्नु, छोड्नु वा सुलं बस्नु युक्तियुक्त हुँदैन । त्यसैले सुरुमा पितृको नाममा यमदीपदान लगायत काग, कुकुरको पनि सन्मान्स्वरुप पूजा हुन्छन् । यही नै आदिवासी नेपाल भाषभाषी नेवाः को परम्परागत मौलिक संस्कृतिको विरासत हो ।
(ख) स्वदेहआत्म म्हपूजा र नेपालसंवत् वारे
शास्त्रानुसार यमपञ्चक अन्तर्गतको तिहार स्वन्हुतिथि स्वन्ति सौरदिन गते, तारेखबाट व्यवहृत हुने नभै चान्द्रतिथि कालमानले हुनेहुंदा औंसीतिथिव्यापिन् रात्रीमा गरिने लक्ष्मीपूजापछि कार्तिकशुक्लप्रतिपदातिथि दुईघडी भएपनि अघिल्लोदिनमा त्यो सूक्ष्मचन्द्रोदय भैसक्ने हुंदा औंसी उदयमा म्हपूजा गर्नु अत्युत्तम हुन्छ कारण, प्रतिपदा तिथ्योदयकालमाह सूक्ष्मशुक्लत्वको सुरु चन्द्रमामा परी शुक्लकला वृद्धि हँंदै जाने अर्थात् चन्द्रकला कत्तिनभएको औंसी (कुहू) पछि सूक्ष्मचन्द्रोदय अर्थात् कालगणनाले चान्द्रवर्ष कृष्णपक्षकौलागा औंसीतिथिको अन्तिम घडीपला उप्रान्त नेपालसंवत् नववर्ष शुक्लपक्षकछलाथ्व प्रतिपदातिथिको प्रथम घडीपला प्रवेश (स्पर्श) हुने बखत नववर्ष नेपालसंवत्को अतिमहत्वपूर्णक्षणको घडीमा शास्त्रानुसार प्रतिपदातिथिव्याप्त सायन्हकाल (अस्तसं) नेपालभाषाभाषी नेवाःहरूले स्वन्तिपर्वको अतिमहत्वपूर्ण दोस्रो कर्म स्वदेहआत्म म्हपूजा गरी सुखरात्रीउत्सव मनाइन्छ ।
तिथि घट्बढ्को कारण म्हपूजा पुरानो वर्षमै दुईपटक पर्योकि भन्ने भ्रममात्र हुने हो, वास्तवमा म्हपूजा वर्षदिनमा एकपटक निश्चित रूपमा नयाँ वर्षमै हुन्छ । द्वितीयातिथि मिसिएको प्रतिपदा तिथिमा म्हपूजा सुखराात्री गरिएमा प्राणनाश हुनसक्ने शास्त्रमा पाइनाले पनि कार्तिक ८ गते मंगलवार औंसीतिथि सांझ ४ः३३बजे उप्रान्त प्रतिपदातिथि लाग्ने र सोही सांझ ५ः२४बजे सूर्यास्त संगसंगै सर्वपर्व ग्रहणकाल भुक्तान भएपछि स्नान्शुद्धि गरेर स्वदेहआत्म म्हपूजाकर्म गरेर सुखरात्रि मनाउनुपर्छ । यदि, मध्यरात्रीकालमा प्रतिपदातिथि लागेको भए परविद्धा सिद्धान्तानुसार भोलिपल्टको सायन्ह प्रदोषकालमा म्हपूजा हुनेहुन्छ ।
नेपालसंवत् नववर्षारम्भ दिनगणना कार्तिक ९ गते बुधबार सूर्योदयकालीन कार्तिक शुक्लप्रतिपदातिथिमा हुन्छ,
शुकलप्रतिपदि वत्सराम्भः ।
ता प्रतिपदौदपिकी ग्राह्याः ।। (वर्षकृत्यप्दीपे) । म्हपूजा र नेपालसंवत् भिन्न विषय हुन्, एउटै डालोमा राखिंदा भएको पनि पोखेर भविष्यमा आदिवासी नेपालभाषाभाषी नेवाः कोे प्राचीनतम् ऐतिहासिक पहिचान पनि गुम्नसक्छ, सचेत हौं ।
पौराणिककालीन आदिवासी नेपालभाषाभाषी नेवाः को ऐतिहसिक सायंकालीनकर्म स्वदेहआत्म म्हपूजादिन शुभदिन मानेर प्रचलित संस्कृति, संस्कारलाई सूर्योदय कालमा वर्षारम्भ हुने नेपालसंवत्संग जोडेर नेपालसंवत् फेरेपछि मात्र म्हपूजा प्रचलनमा आएको जस्तो गरेर सांस्कृतिक प्राचीनता खलबल्याउने प्रयत्न गर्नु कदापि ठीक होइन र गलत छ। अहिले प्रचलित नेपालसंवत् नञांनेपालसंवत् भएकोले हाम्रोमा प्राचीन नेपालसंवत् रहेको वारे पनि ज्ञान राखौं। अज्ञानतावश कार्तिक ९ गते बुधवार म्हपूजा भनेर पात्रोमा छापिनु एकदम गलत, निन्दनीय छ र यस्तो गलतकार्य राजनीतिबाट उत्प्रेरित भई अमूर्त मौलिक सांस्कृतिक सम्पदा मेटाउने गरी नयां सांस्कृतिक क्रान्ति लाद्नु उचित हुन्न ।
यस वर्ष औंसी मिश्रित प्रतिपदा तिथिको महत्वपूर्ण सायंकालको समयमा म्हपूजा गर्न छोडेर भोलिपल्ट कार्तिक ९ गते बुधबार प्रतिपदा तिथिमा म्हपूजा भनिएको गलत भएकाले समयमै सच्याइनुपर्छ
पुराना नेवाः थ्यासासपूmमा स्वन्ति’bout उल्लिखित केही प्रमाण
१. कार्तिक शुक्लप्रतिपदा इन्दल सुखरात्री जुरो ।।
संवछल केले दिन प्रतिपदा केल्यं जुरो ।। कार्तिक शुक्लद्वितीया कुन्हु यमदुराख जुरो ।। कार्तिक शुक्लप्रतिपदा प्रदोषकालमा सुखरात्री म्हपूजा भयो । संवसर देखेको दिन । प्रतिपदा देखिएको भयो । कार्तिक शुक्लव्दितीयामा यम दुतिया भ्रातृपूजा भयो ।
२. लक्ष्मीपूजा अमावासी अस्तसं ।
कार्तिक शुक्लया सुखरात्री धर्म पादो अस्तसं ।। लक्ष्मीपूजा औंसी सांयकालमा, कार्तिकशुक्लको सुखरात्रीधर्म (म्हपूजा) प्रतिपदा सायंकालमा ।
३. आश्विनकृष्ण चतुर्दशी नरक चतुर्दशी उदयसं तैलेनं स्नान ।
आश्विन कृष्ण अमावासी इन्दुस मुहत्र्त केल श्रीलक्ष्मी पूजा जुरो ।
थ्वनं संति सुखरात्री थ्वनं संति यम द्वितीया । प्रादोे प्रमान मखो थ्व परिपाति न । आश्विनकृष्णचतुर्दशी नरकचतुर्दशी बिहान तेलले स्नान गर्ने । आश्विन कृष्णऔंसी प्रदोषकालमा मुहूर्त देखियो श्रीलक्ष्मीपूजा भयो । यसको भोलिपल्ट सुखरात्री (म्हपूजा) । यसको भोलिपल्ट यमव्दितीया । कृष्णपक्षप्रतिपदा प्रमाण होइन यो परिपाटीले ।। (तर, यसमा आश्विनकृष्ण चतुर्दशी, आश्विनकृष्ण अमावासी भन्नाले उसबेला अमान्तमानानुसार आमाइ औंसीमा मासान्त हुने नगुमां पात्रो अनुसार हो ।)
(ग) स्वदेह आत्म म्हपूजा पूर्वविद्धा कार्तिकशुक्ल प्रतिपदातिथि व्याप्त अघिल्लो सायन्हकालमा गर्नुपर्ने शास्त्रीय प्रमाण
१. यदा तु सा प्रतिपत् खण्डतिथि ः सती पूर्वोत्तरयोरन्होर्दर्शव्दितीयाभ्यां पुज्यते तदा दर्शयुक्ताया ः पूज्यत्वात् तत्रानुष्ठेयम् । (कालमाधव) प्रतिपदातिथि खण्डित भई पूर्व र पर अर्थात् अमावास्यातिथिमा र व्दितीयातिथिमा युक्त भएमा कर्मको अनुष्ठान हुने अमावास्यायुक्त प्रतिपदातिथि नै पूज्य हुनेछ ।
२. कार्तिके शुक्लपक्षले तु प्रतिपद् रात्रिव्यापिनी ।
तदा पूजा प्रकर्तव्या सुखरात्रिविधानतः ।। (कृत्यरत्नाबलि, कृत्यरत्नवल्यां)
कार्तिकशुक्लको रात्रिव्यापिनी प्रतिपदामा विधानपूर्वक पूजा गरी सुखरात्रि मान्नु । (प्रतिपत्तिथि निर्णयोक्त ब्राह्मः ।।)
३. प्रतिपद्यं त्वमावस्या तिथ्योर्युग्मं महाफलम् ।
एतव्दयस्तं महादोषं हन्ति पूण्यं पुराकृतम् ।।(ब्रम्हपुराण, ज्योतिर्निवन्ध, ब्रम्हपुराण)
प्रतिपदा अमावास्यायुक्त तिथि युग्मयोग महाफल दिनेहुन्छ, यसको उल्टो भएमा महादोष लाग्छ, पहिलेको धर्मपुण्यकार्यलाई नष्ट गर्छ ।
४. सुखरात्रिविधान तु रात्रौ च कारयेद् बुधः ।
तस्मात् सर्वप्रयत्नेन कर्तव्या रात्रिव्यापिनी ।
वत्सरादौ बसतादौ बलिराज्य तथैव च । पूर्वविद्धैव कर्तव्य प्रतिपत् सर्वथा बुधैः ।। (वीरमित्रोदय)
सबै प्रयत्नका साथ सुखरात्रीको विधान रात्रिव्यापिनी नै लिनुपर्छ । संवत्सरको रात्री बलिराज्यको पूर्वबित्दा प्रतिपदा लागेको तिथिमा नै गर्नुपर्दछ ।
५. कार्तिके शुक्लपक्षेतु प्रथमे हनि सत्यवत् ।
स्रोतव्यं गीतवाद्यादिर्मनुलिप्तैर्मनोहरैः ।।
विशेषतस्तु भोक्तव्यं प्रशस्तैर्वान्धवै सह ।
तस्यां निशायां कर्तव्यं शय्यास्थानं सुशोभनम् ।।
दयिताभिश्च सहितैर्नेया सा रजनी शुभा ।
नवैर्वस्त्रैश्च संपूज्या द्विजसम्बन्धिवान्धवा ।।
कार्तिके शुक्लपक्षे तु प्रतिपद्रात्रिव्यापिनी ।
कर्मणो यस्य यत् कालंस्तत्कालव्यापिनी तिथिः ।। (ब्रम्हपुराणे, कृत्यचिन्तामणिः)
कार्तिक शुक्लपक्षको पहिलो दिनमा गीत, संगीत, आदि समेत सुनी, आफ्नो परिवारजन सबै मिली, प्रतिपदा रात्रीव्यापिनी समयमा बस्त्रादिले सुशोभित भई गर्नुपर्ने कर्म तत्काल समयमा नै पूजा गर्नुपर्छ ।
६. दिनद्वये प्रतिपदः सायाह्नव्याप्तभावेतु पुर्वैव ।।
रात्रौ वलि पूजाविधाने न कर्मकालव्यापित्वात् ।।
परदिने चन्द्रोदयन्निषेधादिति दिक् ।।
दुईदिन प्रतिपदा सायन्हव्यापिनी भएमा अघिल्लो सायन्हकाल लिनू, रात्री बलिपूजा गर्ने कर्मकालव्यापिनीमा विधिपूर्वक पूजा गर्नू, परदिन चन्द्रोदयमा गर्न हुंदैन।(सत्कर्मरत्नावलि)।
७. लभ्येत यदि वा प्रातः प्रतिपद् घटिकाव्दवम् ।
चन्द्रोदय तदा कुर्यात् पूर्वेद्युः विधिपूर्वकम् ।। (आत्मपूजा पुस्तिका)
प्रतिपदा दुईघडी छ भने अघिल्लोमा त्यो सूक्ष्मचन्द्रोदय भैसकेको हुंदा औंसी उदय भएको दिनमा विधिपूर्वक म्हपूजा गर्नु ।
८. प्रतिपद द्वितीया मिश्रा सुखरात्रि करोतिचेत् ।
तस्य प्राणार्थ नाश स्यादिति जानीहि मानवः।। (वीरमित्रोदय)
द्वितीया मिसिएको प्रतिपदातिथिमा सुखरात्री (म्हपूजा) मनाएमा त्यस्को प्राणनाश हुनसक्छ भनेर जान्नु मानव।
(घ) ग्रहण सर्वपर्वकाल भुक्तान पछि नदेखिने ग्रहण बार्नु नपर्ने र संकल्पित कार्यारम्भ समापन नभएसम्म ग्रहणसूतक नलाग्ने’bout
सुरुमा पितृको नाममा यमदीपदानलगायत काग, कुकुरको सन्मान् स्वरूप पूजा हुन्छ, यही नै आदिवासी नेपाल भाषभाषी नेवाको परम्परागत मौलिक संस्कृतिको विरासत हो
१. उक्त पात्रोमा कार्तिक ८ गते मंगलबार कार्तिक कृष्णऔंसी तिथि सायन्ह ४ः३३ बजेसम्म भई उप्रान्त कार्तिक शुक्लप्रतिपदा तिथि सुरु भएर ४ः५२ बजेमा ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण स्पर्श भई ५ः२४ बजेसम्म सर्वपर्व ग्रहणकाल ३२ मिनेट मात्र हुने र अघिल्लो दिन कार्तिक ७ गते सोमबार राति ४ः५२ बजेदेखि भोलिपल्ट सूर्योदय बिहान ६ः११ बजेपछि भोजन गर्ने भनिए पनि नदेखिने ग्रहण बार्नु नपर्ने धर्मशास्त्रले निर्देशन रहेकोले कार्तिक ८ गते मंगलबार ५ः२४ बजे सूर्यास्तपछि स्नानशुद्धि गरी शरीरभित्री आत्मदेखि शुद्ध भई बस्न अपवित्रः पवित्रो वा सर्वावस्थां गतोेपि वा । यःस्मरेत् पुण्डरिकाक्षं स बाह्याभ्यन्तरःशुचिः ।। र आदौ श्रद्धाः ततः शुचिः । स्मरण गर्दै श्रद्धापूर्वक कुल परम्परानुसार षोडशोपचार पूजाविधिले आत्मज्ञ म्हपूजा गर्नुपर्दछ र सुलं बसेर छोड्नु वा पर्वखण्डित गर्नुहुन्न, ’cause धर्मशास्त्रमा,
(१) चंद्रसूर्यग्रहणं यावच्चाक्षुष दर्शनयोग्यं तावत्पुण्यकालः ।
अतोग्रस्तास्तस्थलेस्तोत्तरं व्दीपांतरे ग्रहणसत्वेपि दर्शनयोग्यत्वाभावान्न पुण्यकालः ।।
चन्द्रसूर्यग्रहण आँखाले देख्न दर्शन योग्य रहुन्जेल पुण्यकाल हुने, ग्रस्तको अस्त अनन्तर अन्य स्थानमा ग्रहण भए पनि पुण्यकाल हुँदैन,
(२) चन्द्र सूर्यग्रहे नाद्यात्तस्मिन्नहनि पूर्वतः ।
राहोर्विमुक्तिं विज्ञाय स्नात्वाकुर्वीत भोजनम् ।।
चन्द्रसूर्यग्रहण दिन प्रथम भोजन नगर्नु, तर राहु मुक्तिपछि स्नान गरेर भोजन गर्नू,
(३) सूर्येन्द्रुग्रहणे यावत्तावत्कुर्याजपादिकम् ।
न स्वपेन्न च भुञ्जीत स्नात्वा भुञ्जीत मुक्तयोः ।
जबतक सूर्यग्रहण चन्द्रग्रहण हुन्छ जपादि गरिरहनु नसुत्नु नखानु । ग्रहणमुक्त भएपछि स्नान गरेर भोजन गर्नू,
(४) कांजिकं तक्ररं धृततैलपाचितमन्नं क्षीरंच पूर्वसिद्धं ग्रहणोत्तरं ग्राह्यम् ।
धृतेसन्धिते गोरसेषुग्रहणकालेकुशांतरायंकुर्यात् ।। ग्रहणअघि पहिल्यैसिद्ध गरेको काञ्जी (पानीमाड आदिमा रायो, नूनादि राखेर अमिल्याएको खानेकुरो, औषधीविशेष), मठ (चिनीपानी दही मथिएको पेयपदार्थ, मही), धृत, तेल, पकअन्न, दूध आदि ग्रहणपछि खानु पिउनु योग्य छ र घ्यू, सन्धित, गोरसमा ग्रहणको समयमा कुश राख्नू ।) परम्परानुसार ग्रहणदोष कटाउन ग्रहणअघि जल र भोज्यपदार्थमा धार्मिक शुद्धीकरण हेतु कुश वा तुलसी राख्ने प्रचलन रहेको र ग्रहणपछि, स्नानशुद्धीपश्चात् सो उपभोग गर्ने अद्यापि छ,
(५) सूर्यग्रहो यदारात्रौ दिवा चन्द्रग्रहस्तदा ।
तत्र स्नानं नकुर्वीत दद्यादानं न च क्वचित् ।।
रात्रीमा सूर्यग्रहण दिनमा चन्द्रग्रहण भए स्नान् दानकार्य गर्नु नपर्नेे । अनुसार न दिन न रात्रि अर्थात् दिन सकिएर रात सुरु हुने बेलुकी साँझपख सायन्हकालको अन्तिम घडीमा ग्रहण स्पर्स भई प्रदोष रात्री मुखैमा सूर्यास्त सँगसँगै सर्वपर्व ग्रहणकाल पनि सकिएकाले आत्मपवित्रता हेतु स्नान्शुद्धि गरेर महत्वपूर्ण म्हपूजा कर्म गर्नुहुन्छ । म्हपूजाकर्म गर्ने बेला साँझमा लाग्ने ग्रहणलाई दिउँसो भनेर पर्व खण्डित गर्दै सुलं राखेर क्रमभंग गर्नुमा पनि गल्ती देखियो । माथि बुँदा १. मा उल्लेखित कार्तिक ७ गते ४ः५२ बजेको मिरमिरे बिहानी, प्रातः, उषाकाललाई राति भन्नु पनि बेठीक, गलत छ ।
(६) ग्रहणकाललाई सूतक मानिन्छ, तर संकल्पसहित कार्यारम्भ भइसकेपछि ग्रहण, सूतक दोष लाग्दैन भन्ने विभिन्न शास्त्रमा पाइनाले महत्वपूर्ण म्हपूजाकर्म लगायत व्रत, यज्ञ, विवाह, श्राद्ध, होम, अर्चन, खाद्यपदार्थ खानु निषेध छैन ।
(७) २०५२ सालको पात्रोमा कार्तिक ७ गते मंगलबार कार्तिककृष्ण आंैसी तिथि बिहान ९÷५९ घडीपलासम्म भई त्यस उप्रान्त प्रतिपदातिथि हँुदा गोबलि गाई (म्ह) पूजा, सूर्यग्रहण भनी छापिएको दिन प्रातः ७ः४० बजे खण्डग्रास सूर्यग्रहण स्पर्श भई १०ः१५ बजे मोक्ष हुँदा र ८ गते बुधबार कार्तिक शुक्लप्रतिपदा तिथि बिहान ६÷१० घडीपलासम्म हुँदाका बखत गोवद्र्धन यम २ भ्रातृ (भाइटीका किजा) पूजा नेपालसंवत् १११६ प्रारम्भः भीन नेवाको मौलिक स्वन्ति स्वन्हुतिथि पर्व सुलं नराखि, नटुटाइ वा खण्डित नगरिकन ठीक ढंगले पात्रोमा राखिएका कारण कार्तिक ७ गते अपरान्ह, सायंकालमा म्हपूजा सम्पन्न भए । तर, विज्ञको अभावले हो कि नियतवश, यो वर्ष २०७९ सालको पात्रोमा कार्तिक ८ गते नेवाः संस्कृति पर्व बिथोल्दै म्हपूजा दिन टुटाएर सुलं राखियो ।
अतः यो वर्ष २०७९ साल कार्तिक ८ गते मंगलबार कार्तिक कृष्ण आंैसी तिथि समापनसँगै कार्तिक शुक्ल प्रतिपदा तिथि सुरु हुने घडीपला अर्थात् अघिल्लो पूर्वविद्धा कार्तिक शुक्लप्रतिपदा तिथिबाट नेपालसंवत् नववर्ष प्रवेश भई ज्योर्तिगणना आरम्भ हुने बखत बढी योग प्राप्त हुने औंसी मिश्रित प्रतिपदातिथिको महत्वपूर्ण सायंकालको समयमा म्हपूजा गर्न छोडेर भोलिपल्ट कार्तिक ९ गते बुधबार परविद्धा प्रतिपदातिथिमा म्हपूजा भनेर नेपाल भाषाभाषीका पुराना थ्यासासपूm र शाश्त्रीयप्रमाणविपरीत मिथ्या, गलत विवरण पात्रोमा छापेर नेवाको प्राचीन एवं मौलिक संस्कृतिमाथि अनादिष्ट भूमिका, क्षणिक अनुत्पन्न स्वार्थान्धले प्राचीन सांस्कृतिक परम्परा बिथोल्ने हुँदा नेपाल पञ्चांग निर्णायक विकास समितिले यथाशीघ्र प्रेस वक्तव्यमार्फत संशोधनसहितको सूचना जनमानसमा प्रवाह गर्दा उचित हुनेछ ।
(लेखक नेपाल पञ्चांग निर्णायक समितिका पूर्वसदस्य हुन्)






