‘मनसुन प्रतिकार्य’ कमान्ड गठन

काठमाडौं । मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७९ स्वीकृत भएको छ । हरेक सरोकारवाला पक्षले एकीकृत ढंगबाट मनसुन प्रतिकार्यमा सहकार्य गर्नेगरी कार्ययोजना बनाइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले तयार गरेको कार्ययोजनालाई गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा सोमबार बसेको कार्यकारी समितिको १३औं बैठकले स्वीकृत गरेको हो । बैठकले कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव प्रदीप कोइरालाको संयोजकत्वमा ‘मनसुन प्रतिकार्य कमान्ड’ गठन गरेको हो ।

सो कमान्डमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, जल तथा मौसम विज्ञान विभाग, सडक विभाग, जलस्रोत तथा सिँचाइ विभागका प्रतिनिधि रहनेछन् ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले २०७८ को सिकाइलाई आधार मानेर प्राधिकरणले मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना– २०७९ तयार गरेको जानकारी दिए । ‘प्राधिकरणले २०७८ को सिकाइ र अनुभवबाट प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०७९ तयार गरेको हो, हरेक जिल्लामा एकीकृत ढंगबाट तत्काल एक्सनमा जाने गरी कार्ययोजना बनाइएको छ,’ पोखरेलले राजधानीसँग भने ।

बाढी, पहिरोलगायत विपद्जन्य घटनाबाट यस वर्ष २० लाख मानिस प्रभावित हुने अनुमान प्राधिकरणको छ । प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईका अनुसार प्राकृतिक प्रकोपले ४ लाख २१ हजार घरधुरीका १९ लाख ९९ हजार मानिस प्रभावित हुने अनुमान प्राधिकरणको छ ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरमा एक 'नो भोट'