सशस्त्रमा शाहको छलाङ

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरीमा नौ जनालाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ । सिफारिसमा परेका सबै जना सिसं १ का हुन् । उनीहरू सबै जना अहिले कामु एसएसपी छन् ।

सिफारिसमा पहिलो नम्बरमा दीपेन्द्र शाह परेका छन् । उनी एसपीमा दोस्रो नम्बरमा बढुवा भएका थिए । इन्सपेक्टरबाट डीएसपीमा बढुवा हुँदा उनी आठौं नम्बरमा रहेका थिए । इन्सपेक्टरदेखि नै पहिलो नम्बरमा रहेका सुरेशकुमार श्रेष्ठ एसएसपीमा दोस्रो नम्बरमा सिफारिसमा परेका छन् ।

यसैगरी, पुरुषोत्तम थापा तेस्रो नम्बरमा सिफारिसमा पर्दा अञ्जनीकुमार पोख्रेल चौथो, दीपक अधिकारी पाँचौं, कृष्ण ढकाल छैटौं, मनीष थापा सातौं, विनोदराज श्रेष्ठ आठौं र प्रकाश थापा नवौं नम्बरमा सिफारिसमा परेका छन् । एसपी बढुवामा थापा चौथो र पोख्रेल पाँचौं नम्बरमा परेका थिए ।

पोख्रेल डीएसपी बढुवामा दोस्रो नम्बरमा थिए । एसपी बढुवामा तेस्रो नम्बरमा रहेका अधिकारी भने पाँचौं नम्बरमा धकेलिएका छन् । मणिष छैठौंबाट सातौंमा धकेलिएका छन् । एसएसपीमा ‘कन्फर्म’ भएपछि नौ जनामध्ये दुई जना नायब महानिरीक्षक (डीआईजी)मा बढुवा हुनेछन् ।

एसएसपी रोलक्रममा शाह पहिलो नम्बरमा सिफारिसमा परेकाले डीआईजीमा पनि उनको ब्याचका उनी नै पहिलो नम्बरमा सिफारिसमा पर्ने सम्भावना बलियो बनेको छ । स्रोतका अनुसार, नियमावली संशोधन गरी सिसं २ का कामु एसएसपीलाई पनि सँगै ‘कन्फर्म’ गर्ने चलखेल भएको थियो ।

तर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नियमावली संशोधन गरी कन्फर्म गर्दा सिसं १ का अधिकृतमाथि अन्याय हुने अडान राखेपछि चलखेल सफल हुन पाएन । सिसं १ का कामु एसएपीहरू २७ वैशाखमा चार वर्ष पूरा गरी ‘कन्फर्म’ भएका थिए । सिसं २ का भने आगामी चैतमा मात्रै कन्फर्म हुन्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 483 times, 1 visits today)

epaper

ताजा समाचार

बनगवाँ आगलागीमा सहयोग गरेको भन्दै मेयर हमाललाई भारतीय व्यापारीको धन्यवाद