स्कुलमा स्थानीय भाषाको महत्व

पृथ्वीनारायण शाहले भनेका थिए, नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो । सानो देश भए पनि नेपालमा विभिन्न भाषा, धर्म, संस्कृति, रीतिरिवाज प्रचलनमा रहेका छन् । जनगणना २०६८ का अनुसार नेपालमा १ सय २३ वटा मातृभाषा बोलिन्छन् । ७८ प्रतिशत मानिसले नेपाली भाषा बोल्छन् भन्ने दोस्रो धेरै बोलिनेमा मैथिली भाषा पर्दछ । २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा आइसकेको छ । विस्तृत आउन बाँकी नै छ । आवश्यकताअनुसार मानिसले आफ्नो मातृभाषासँगै अन्य भाषा पनि सिकिरहेको हुन्छ । भाषासँगै कतिपय मानिसले धर्म परिवर्तन गरेको समेत देखिँदै आएको छ ।

हाम्रै समाजमा पनि आफूसँगै खेल्ने साथी, कतिपय भाइबहिनीले समेत हिन्दु धर्म छोडेर क्रिश्चियन धर्म अँगालेका छन् । केही दिनअगाडि क्रिश्चियन धर्म’bout प्रचार गर्दै दुई जना महिला घरघर समेत गइरहेका थिए । मलाई पनि क्रिश्चियन धर्म’boutमा सुनिदिन आग्रह गर्दै थिए । आफ्नै इच्छाले वा प्रलोभनमा परेर विगत केही वर्षमा धेरैले धर्म परिवर्तन गरेको देखिन्छ । धर्म परिवर्तन मानिसको व्यक्तिगत निर्णय हो ।

तर, यसरी धर्म परिवर्तन गर्दा कुनै एउटा धर्म मान्नेहरू बढी र अर्को धर्म मान्नेहरू कम समेत हुन सक्छन् । यस्तोमा कहींकतै धर्मकै नाममा हत्या, हिंसा समेत हुने गरेका छन् । केही दिन अगाडि पाकिस्तानको सिन्ध प्रान्तमा धर्म परिवर्तन गर्न नमानेको भन्दै १८ वर्षीया हिन्दु किशोरीलाई गोली हानी हत्या गरिएको थियो । पृथ्वीमा अस्तित्वमा रहेका जुनसुकै कुरा पनि चाहिनेभन्दा बढी वा कम हुँदा त्यसको नराम्रो असर सबैलाई पर्छ ।

अचेल नेवार जातिका कतिपय बालबालिकाले नेपाल भाषा बुझे पनि बोल्न जान्दैनन् । गुरुङका छोराछोरी गुरुङ भाषा बोल्न जान्दैनन् । अन्य धेरै भाषाको अवस्था पनि यस्तै छ । अहिले नै बालबालिकाले आफ्नो स्थानीय भाषा बोल्न नसकेको देख्दा लाग्छ अबको एक दुई पुस्तासम्म देशबाट धेरै भाषा लोप हुनेछन् । देशमा बोलिने विभिन्न भाषाभाषीको संख्या घट्दै गएकाले सरकारले नेपाली जनताले बोल्ने भाषाको संरक्षण गर्न देशमा रहेका प्रत्येक निजी तथा सरकारी विद्यालयमा स्थानीय भाषा पढाउनै पर्ने वा स्थानीय तहमा रहेका प्रख्यात ठाउँ, व्यक्ति’bout अध्ययन, अध्यापन गराउनुपर्ने नियम बनाएको छ ।

सरकारको आदेश पालना गर्दै विभिन्न स्थानीय निकायले स्थानीय स्तरमै पाठ्यक्रम तयार पारेर पठनपाठन गरिरहेका छन् । गाउँघरमा धेरैजसो एउटै जाति वा एउटै भाषा बोल्ने समुदायसँगै बस्ने हुँदा विद्यालयमा बहुसंख्यक जनसंख्याले बोल्ने कुनै एउटा भाषाको पठनपाठन गराउन खासै समस्या देखिँदैन । तर, देशको बहुुसंख्यक मानिस अहिले सहरमा बस्छन् । सहरका निजी वा सरकारी जुनसुकै विद्यालयमा पनि विभिन्न जातजाति, भाषाभाषी, धर्मपालन गर्ने समुदायसँग सम्बन्धित सयौं बालबालिका पढन् आउँछन् । एउटै समुदायमा पनि विभिन्न भाषाभाषी भएका मानिस बस्दछन् । सहरमा स्थानीय जनता जस्तै बाहिरबाट आएर घर बनाइ बस्नेको संख्या पनि उत्तिकै छ । यहाँका स्थानीय र पछि बाहिरबाट आएर घर बनाइ बस्नेको जातधर्म, भाषा, चाडपर्व नै मिल्दैन । यस्तोमा फरक स्थानीय भाषा, वा मातृभाषा भएकालाई एउटै स्थानीय भाषा सिकाउँदा रुचि नहुन सक्छ । पढ्नकै लागि गाउँघर छोडेर डेरा गरेर समेत सहरमा बसेका हुन्छन् ।

यस्तोमा विद्यार्थीलाई उनीहरू प्रत्येकको स्थानीय वा मातृभाषा सिकाउन सम्भव हुँदैन । तर, सरकारको आदेशअनुसार स्थानीय भाषा पढाउनैपर्ने भएपछि सहरका कतिपय विद्यालयले आफ्नो क्षेत्रमा बसोबास गर्ने बहुसंख्यक जाति भएको समुदाय छानेर उनीहरूले बोल्ने भाषा आफ्ना विद्यालयमा पठनपाठन गराइरहेका छन् । यसले केही हदसम्म भए पनि भाषा संरक्षणमा मद्दत पुग्ने देखिन्छ ।

आवश्यकताअनुसार मानिसले आफ्नो मातृभाषासँगै सिकिरहेको अन्य भाषा जस्तै धर्म परिवर्तन गरेको समेत देखिँदै आएको छ

काठमाडौंजस्तो सहरका विद्यालयमा जहाँ विभिन्न भाषाभाषी बोल्ने विद्यार्थी पढ्न आउँछन् यस्तोमा कुनै एउटा स्थानीय भाषा छनोट गरेर पढाउनु त्यति सान्र्दभिक देखिँदैन । काठमाडौंको सयौं विद्यार्थी रहेको एउटा विद्यालयमा तामाङ भाषालाई स्थानीय भाषाका रूपमा पढाइ भइरहेको छ । तामाङ भाषा बोल्ने समुदाय आफ्ना छोराछोरीले तामाङ भाषा सिकिरहेकोमा गर्व गरिरहेका छन् । तर, तामाङबाहेक अन्य भाषा बोल्ने विद्यार्थी तामाङ भाषा बोल्न पटक्कै मन पराउँदैनन् । नेवारी भाषी हामीले तामाङ भाषा किन सिक्नुप¥यो, यो भाषा हामीलाई कतै पनि त प्रयोगमा आउँदैन भन्ने प्रश्न उठाउँछन् । तामाङ भाषीले स्थानीय भाषा नेवारी छानेको ठाउँमा किन नेवारी भाषा पढ्नु भन्ने प्रश्न गरेको सुनिन्छ । थारु भाषा बोल्ने विद्यार्थीले थारु भाषा नराखेकोमा गुनासो गर्छन् ।

मधेसी मूलका विद्यार्थी आफ्नो मैथिली भाषा पनि विद्यालयमा पढाइ हुनुपर्ने माग राख्छन् । विद्यार्थीको परिवारमा बोलिने स्थानीय भाषा आफ्नो विद्यालयमा पढाइ हुने भए पनि उनीलाई बोल्नमा केही रुचि हुन्थ्यो होला । विद्यालयमा अन्तर्राष्ट्रिय भाषा अंग्रेजी र नेपाली भाषा सिक्नैपर्ने हुन्छ, अनिवार्य नै गरिएको छ । नर्सरीमा भर्ना भएको विद्यार्थीका लागि भाषाका रूपमा यी दुई भाषा सिक्न नै धेरै समय लाग्छ । यस्तोमा गुरुङ, तामाङ, शेर्पा वा नेवारी भाषा पनि थपिँदा उनीलाई बढी भार पर्न जान्छ । सहरका कतिपय विद्यालयमा चाइनिज वा हिन्दी भाषासमेत सिकाउने गरिएको छ । विश्वमा प्रचलनमा रहेका जुनसुकै भाषा लेख्न वा बोल्न सक्नु राम्रो हो । यसले विद्यार्थीमा ज्ञानको भण्डार बढाउँछ र विश्वको जुनसुकै कुनामा गए पनि प्रयोग हुनसक्छ ।

तर, आफ्नो मातृभाषा वा स्थानीय भाषा नै नजानी अरू भाषा बोल्नुपर्दा आफ्नै भाषा लोप हुने डर रहन्छ । साथै विद्यार्थीको रुचि र क्षमताअनुसार नै उनीमाथि पढाइको भार थप्नुपर्छ न कि उनीको कलिलो मस्तिष्कले धान्नेभन्दा बढी ।

अहिले कतिपय विद्यालयले कक्षा १, ८ वा अन्य कुनै एउटा कक्षामा स्थानीय भाषा पढाइरहेका छन् । कक्षा ८ मा स्थानीय भाषा पढेकाले कक्षा ९ मा त्यो भाषा पढ्ने छैनन् ’cause अर्को वर्ष कक्षा १ देखि नै स्थानीय भाषा पढाउन भनिएको छ । यस्तोमा मन नलागी, १ वर्ष पढेको अर्काको स्थानीय भाषाको खासै प्रयोग हुनेछैन र विद्यार्थी छिट्टै बिर्सिनेछन् । यसलाई भाषा संरक्षणमा कत्तिको उपलब्धी ठान्न मिल्छ ? एउटै समुदायमा बस्ने मानिसले बोल्ने भाषालाई स्थानीय भाषाका रूपमा १०० पूर्णांककै बनाए पनि उपलब्धिमूलक हुन सक्छ ।

आफ्ना पुर्खाले बोल्ने भाषा मासिँदैन । नेपाल भाषाभाषीको दृष्टिकोणले पनि धनी नै बन्छ । हुन त गाउँघरका धेरैजसो सरकारी विद्यालयमा स्थानीय शिक्षक नै बढी भएका कारणले स्थानीय भाषामै पढाउने गरिन्छ । तर, थरिथरिका भाषाभाषी भएका विद्यार्थीलाई जबरजस्ती आफ्नो स्थानीय भाषाबाहेक अन्य १०० पूर्णांकको अरूको स्थानीय भाषा सिकाउन खोज्दा विद्यार्थीमा भार थपिन सक्छ । कतिपय अभिभावकलाई समेत आफ्नो भाषा लोप हुँदै गएकोमा चिन्ता देखिन्छ । तर, आफ्ना बालबालिकाले आफ्नो भाषा नभई अन्य भाषा सिकिरहेकोमा त्यति खुसी भने देखिँदैनन् । स्थानीय भाषा पढाउन लिपि नै जानेका शिक्षक समेत पाउन कठिन देखिएको छ ।

स्थानीय भाषा लिपिसहित जानेका कतिपय लेखकका लेख प्रत्येक दिन गोरखपत्रमा समेत छापिने गरेका छन् । नेपाली भाषामा लेख लेख्नेलाई गोरखापत्र संस्थानले रामै्र पारिश्रमिक दिए पनि झनै भाषाको संरक्षण गर्नेलाई भने कुनै पारिश्रमिक उपलब्ध गराउँदैन । यसले भाषा संरक्षणमा लागेकालाई प्रेरणा दिनुभन्दा पनि निरुत्साहित गरेको देखिन्छ । एकातिर भाषा संरक्षण गर्ने भन्दै स्कुलका कलिला नानीबाबुलाई १०० पूर्णांकको अरूको भाषा पढ्न लगाउने, अर्कोतिर भाषा संरक्षणमा लागेका लेखकलाई निरुत्साहित गर्दै जाने सरकारले दोहोर चरित्र देखाउनुहँुदैन ।

सहरमा बसेर भाषा संरक्षण गर्न असम्भव जस्तै भएकाले केही समयपछि नेपालमा नेपाली भाषाबाहेक अन्य भाषा बोल्नेहरू पाउन मुस्किल हुनेछ

सरकारले भाषा संरक्षणमा ध्यान दिने नै हो भने सबैभन्दा पहिला सरकारी स्कुलको शैक्षिक गुणस्तर तथा भौतिक पूर्वाधारमा सुधार ल्याउनु जरुरी देखिन्छ । समयमा विद्यार्थीको हातमा पुस्तक पर्नु जरुरी छ । समयसमयमा विद्यालय निरीक्षण हुनुपर्छ । सरकारी स्कुलमा हुने राजनीति बन्द हुनु जरुरी छ । करार, राहत भन्दै सोर्सफोर्सका आधारमा शिक्षक भर्ना गर्दा शिक्षाको गुणस्तर घट्दै गइरहेको छ । काठमाडौंकै एउटा सरकारी स्कुलमा कक्षा १० सम्म पढाउने विज्ञान शिक्षकको अभाव छ । तल्लो कक्षामा पढाउने शिक्षकले नै १० कक्षासम्म विज्ञान पढाइरहेका छन् ।

विद्यार्थीले विज्ञान प्रयोगशाला देखेकासम्म छैनन्, प्रयोग गर्ने कुरा त परै जाओस् । तर, त्यही स्कुलमा सोर्सफोर्सका कारण अंग्रेजी शिक्षक हुँदाहुँदै पनि निजी स्रोतबाट स्थानीयले फेरिल पनि अंग्रेजी शिक्षकलाई नै नियुक्ति दिएका छन् । यो त एउटा आफूले देखेको स्कुलको उदाहरण मात्रै हो । देशभरि यस्ता कतिपय स्कुल छन् जसको भौतिक तथा शैक्षिक गुणस्तर न्युन रहेको छ । यसमा सरकार र स्थानीय निकायको सबैभन्दा बढी लापरबाही देखिन्छ ।

गाउँदेखि सहरसम्मै सामुदायिक स्कुलको गुणस्तरमा सुधार आउन सके सबैले आआफ्नै ठाउँमा बसेर विद्यालयको शिक्षा हासिल गर्न सक्छन् ।

सरहरका बन्द कोठाभित्र हुने पढाइभन्दा विद्यालयबाटै खेतमा तरकारी फलाउँदै, सिलाइकटाइ गर्दै, खाना पकाउँदै, काठको काम गर्दै प्रयोगात्मक रूपमा गरिने पढाइ दिगो रहन्छ । यसका लागि गाउँदेखि सहरसम्मै सामुदायिक विद्यालयको पढाइमा सुधार ल्याउन जरुरी देखिन्छ । अनि मात्रै बसाइसराइ रोकिन्छ । घर नछोडी आफ्ना हजुरबुवा, हजुरआमासँगै बसेर उनीबाट पनि सिक्दै जाने हो भने स्थानीय भाषा लोप हुने डर हुँदैन ।

यदि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार नहुने हो भने बसाइसराइकै कारण गाउँघर खाली हुँदै जानेछन् । सहरमा बसेर भाषा संरक्षण गर्न असम्भव जस्तै हुनेछ । केही समयपछि नेपालमा नेपाली भाषाबाहेक अन्य भाषा बोल्ने देख्न मुस्किल हुनसक्छ ।

तपाइको प्रतिक्रिया
(Visited 127 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

केही समय बसेर सकियो कार्यदलको बैठक

कुरी-कुरी