काठमाडौं । व्यवसायी इच्छाराम तामाङको मुद्दामा वकिलसँग घुस डिल प्रकरणमा मुछिएका जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला निलम्बनमा परेका छन् । न्यायपरिषद्ले न्यायाधीश कोइरालालाई छानबिनमा तानेसँगै उनी निलम्बनमा परेका हुन् ।
न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर घुस बार्गेनिङ भएको अडियो बाहिरिएको थियो ।
छानबिन समिति गठन’bout सूचना सोमबार राजपत्रमा प्रकाशित भएको छ । ‘न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको भनिएको टेलिफोन संवाद र सोसँग सम्बद्ध तथ्य सम्बन्धमा तथा कोइरालाले आचरण र कर्तव्यको इमानदारीपूर्वक पालना नगरेको लगायतका विषयमा छानबिन गर्न समिति बनाइएको छ,’ राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ ।
छानबिन समितिमा उच्च अदालत पाटनका कायममुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेल सदस्य रहेका छन् ।






