काठमाडौं सहर, समृद्ध गराउने रहर

देश एमसीसीपछि एसपीपीमा फसेको छ । चोखो रहेको भनिएको सेना पनि अब राजनीतिमा मुछिएको छ । हो र होइन भन्ने दलको द्वैध चरित्रजस्तै । नेपालको मुहार काठमाडौं भने कुरूप छ । राजधानी काठमाडौंको समस्या विकराल छ । त्यसो त नेतृत्व लिनेहरू पनि धेरै छन् यहाँ । संघीयतापछि पनि सकी नसकी यहीँ बस्नुपर्ने सबै नेपालीको इच्छा छ । काठमाडौंबासीले अहिले भन्ने गरेका छन्, ‘भानुभक्तको अलकापुरी कान्तिपुरी नगरी हेरियो । पछिल्लो समय मेयरले पद बहाली गरेकै दिन कुचो लिएर सडकमा आएका, पछि भएभरका सपना अधुरो राखी बिदा भएको अवस्था पनि देखियो ।’ काठमाडौंमा यहाँका स्थानीय मात्रै छैनन्, सबै जिल्लाका मात्रै पनि होइनन्, सबै संसारका मानिसको प्रतिनिधित्व छ यहाँ, संख्यामा कम बेसी होला ।

काठमाडौंको फोहोरले संसारलाई गिज्याएको अवस्थामा नयाँ उदाएका तिलस्मी बालेनले आपूmले पद बहाली नगर्दै फोहोरको समस्या समाधानमा जुटेका हुन्, सिसडोल र बन्चरेडाँडामा पुगेर । कार्यपालिकाको बैठकलाई लाइभ पनि गरेका छन्, जनसमर्थनका लागि, खाल्टाखुल्टी सडक मर्मत तत्कालै गर्न पूर्वाधार एम्बुलेन्सको अवधारणा ल्याए र सडकमा गुड्न पनि थालेको छ । अरूले भैmँ सयौं किलोको खादा र मालाले आफ्नो मुहार ढाकेका छैनन् पनि बालेनले । तर, एक्लो वृहस्पति झुठा गराउने दाउमा हुन सक्छन् दलहरू । उनीहरूको काम देशहित होइन दलहित हो, र त जनताका विषयमा कहिल्यै बोलेनन् । केबल दलका आफन्तलाई बोलाएर बैठक राख्छन् ।

जनता भने निराश छन् तर नेताहरु मनपरी भाषण गर्छन् । अहिलेको बजेटले बिमा र बिचौलियाको साइनो जोड्न लागेको चर्चा हुन थालेको छ । अरू काम त ठेकेदारीमै भएको हो अहिलेसम्म । अर्को चुनावमा धेरै स्वतन्त्र उम्मेदवार उठी जनमत परीक्षण गर्नुपर्ने देखिन्छ, कारण अहिलेसम्म दल मोटाए, जनता दुब्लाए । त्यसो त बालेनका पनि एजेन्डा छन् । दललाई गलपासो भएका बालेन, हर्क र हमालहरूको जमात बढाएर एकपल्ट क्रान्तिबिनाको परिवर्तन चाहेका छन् आमनागरिकले ।

यसकारण पनि कि, ६÷६ महिनामा पदाधिकारी आपूm खुसी परिवर्तन गर्ने अनि घर फिर्ता हुँदा सबै सुविधा लिएर फर्कने, कहीँँ नभएको जात्रा कानुन बनाई आपूmलाई कार्यकालपछि पनि अब्बल दर्जाको सुविधा लिँदै राज्यदोहन गर्न लागेका छन् नेताहरू । विश्वव्यापी मान्यता राष्ट्रसेवकले कार्यकालपछि पेन्सन वा हद पूरा गरेकाले उपदान या अन्य सुविधा लिने मान्यता भएभैmँ आपूm खुसी कानुन बनाएर प्रदेशका नेताहरू घरसुविधा लिन उद्यत छन् । देशको गरिबी, ऋण, व्यापारघाटा, बेरोजगारीमाथि लगातार प्रश्न आइरहेका बेला नेताजीहरूलाई करैकरको थुप्रो लगाएर आमरण पाल्नुपर्ने र मरणोपरान्त तिनका नाममा संस्था खोलेर राज्यढुकुटीले भरिदिनुपर्ने बाध्यता छ ।

वृद्धवृद्धा, अपांग बेसहाराले पनि हिँड्न सक्ने काठमाडौं कहिले तयार हुन्छ ? धेरै मानिस यसको प्रतीक्षामा छन्

बालेनका एजेन्डा पूरा हुने खालका छन् । मोनो, मेट्रो रेल, ग्याँस पाइपलाइन, रसुवा काठमाडौं हुँदै वीरगन्जसम्मको हावादारी रेलयात्रा वा पानीजहाजको एजेन्डा उनीसँग छैनन् । उनीसँग भएको एजेन्डा काठमाडौंको कला, संस्कृति, सम्पदालाई जोगाउने, सभ्यतालाई जीवन्त राखी विदेशीलाई पनि देखाउने, होर्डिङ बोर्ड र तारको व्यवस्थापन गर्ने, प्रत्येक घर, खाली जग्गा र फुटपाथमा रुख रोपेर मृत काठमाडौंलाई जीवन्त बनाउने आदि छन् । बाटाका खाल्टाखुल्टी तत्काल मर्मत गर्न पूर्वाधार एम्बुलेन्सको व्यवस्था गर्ने, विकास निर्माण र योजना कार्यान्वयनको प्रभावकारी अनुगमन गर्ने, ट्राफिक समस्याको शीघ्र व्यवस्थापन आदि व्यावहारिक योजना छन् ।

युवाहरूलाई रोजगारीको सिर्जना, पूर्वाधारमा सम्बन्धित संयन्त्रको आपसी समन्वय, विद्युतीय सवारीसाधनको प्रोत्साहन, फोहोरको मात्रालाई १ प्रतिशतमा झार्ने, ठाउँठाउँमा फोहोर जलाउने मेसिन इन्सिनरेटरको व्यवस्था गर्ने, भइरहेको बोरिङलाई व्यवस्थित गरी खानेपानीको आपूर्ति गर्ने कुरा निकै व्यावहारिक छन् । उनले महानगरभित्रका सबै वडामा स्वास्थ्य क्लिनिकको व्यवस्था, पूर्वाधार र विद्यार्थी कम भएका विद्यालयको मर्ज गर्ने, पाठ्यक्रमलाई समयानुकूल परिवर्तन गर्ने, शिक्षक र विद्यार्थीबीचको सम्बन्ध गाढा बनाउने, सरसफाइ, स्वच्छ वातावरण, सार्वजनिक शौचालयको व्यवस्था, अझ भनौं शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकतामा राखेका छन् ।

बालेनले एकपल्ट तराई, मधेसको समन्वय मात्र देखाएका छैनन्, जातजातिप्रति कहिल्यै असमाञ्जस्यता नभएको परिचय पनि यिनले दोहो¥याई दिएका छन् । दलहरूले कहिले वर्ग, जातजाति भनेर उल्क्याए, युवाको काँधमा आएको काठमाडौंले एकपल्ट पुनर्जीवन पाउने आशा गरेको छ । अहिले दिनरात नभनी सबैले, खासगरी युवाले खटेर अघि बढ्नुपर्ने संकेत पनि मिलेको छ । सिंहदरबार घरघरमा गयो करका नाममा, बालुवाटार, सिंहदरबार, बालकोट र खुमल्टारको बूढ्यौलीले देश रन्थनिएको बेला ३२ वर्षे युवाले काठमाडौंको सरकारको नेतृत्व पाएको छ, इतिहासमै नयाँ संकेत देखिएको छ । भन्नेले भनून्, साँचो हाम्रो हातमा छ चुरीफुरी नदेखाए हुन्छ भनेर तर अब जनता जागिसकेका छन् । ३२ वर्षे दलहरूको दलदलमा फसेको देशलाई नियालेर हेरिसकेका छन्, पछिल्लो उपलब्धि हालैको आर्थिक सर्वेक्षणले यथार्थ चित्र देखाइसकेको छ, सबैजसो सूचकाङ्क निराशाजनक छन् ।

उच्च व्यापारघाटा, जीडीपीमा कृषि योगदानको कटौती, मलको सधैं हाहाकार, पेट्रोलियम पदार्थले देशमा मच्चाएको तहल्का र महंगी, सवारी भाडाको उच्च वृद्धि, विदेसिएको जनशक्ति, घटेको विप्रेषण र विदेशी सहायता एवं अनुदान, जबरजस्त एमसीसीको प्रवेश, मेलम्चीजस्तै दुहुनो गाई बनेको निजगढ विमानस्थलमा अदालतको रोक, जलवायु परिवर्तनले ल्याएको विषम परिवेश, होहल्ला र उखान टुक्काले चलेको राज्य, सडकैभरि कोरोनाकालमा पनि देखाइएको कार्यकर्ताको हुल, करको मारमा किचिएका जनता, नेताको सुविधा वृद्धि सयौं होइन, हजारौं असन्तोष पोखिएका छन् जताततै अहिले । स्वतन्त्र, बागी र साना दल पनि उक्सिएका बेलामा दलहरू सच्चिने अवस्था देखिएको छैन । पुराना गल्तीलाई स्वीकारी अब सुध्रिने भन्नुको साटो संसदमा घण्टौंसम्म एकले अर्कालाई गालीगलौज गर्दै छन् । आपैंmले कोमामा लगेको संसद् अदालतले खुलाएपछि आपैंm त्यसलाई गाली गर्ने थलोका रूपमा प्रयोग गर्दै छन् ।

आशा पनि कति अभैm कि, पाँचपटक प्रधानमन्त्री भइसकेपछि छैटौंपटकका लागि दाबी प्रस्तुत गर्न मेडिकल कलेजको च्याँखे दाउ हाल्दै छन् । प्राडो, पजेरो नचढ्ने र भएको गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्ने धरानका मेयरको उद्घोष छ । सम्भवतः अरूले पनि बढीमा साइकल या मोटर साइकलसम्म प्रयोग गर्लान् । स्वतन्त्र विजयीहरूले, दल र गठजोडमा आएका सबैले त्यसो गर्ने हो भने इन्धनको संकट हुन्न । पहिलेका प्रधानपञ्चलगायत टिमैले कसैले तलबभत्ता, सवारी सुविधा लिएका थिएनन् ।

अहिले पनि डेनमार्ककी प्रधानमन्त्री साइकलमा कार्यालय जाने आउने गर्छिन् । विदेशीको अरू कुरा सबै नक्कल हुन्छ, यस्ता कुरा किन हेरिन्न । र, आपूm आफन्तलाई पनि दर्जनौं सवारीसाधन, मर्मत खर्च, इन्धन, १५ मिनेटको बाटामा हेलिकोप्टर अनि जनप्रतिनिधिलाई दर्जनौं सुरक्षाकर्मी किन ? देशैभरि अनावश्यक ठूलो संयन्त्र किन ? कामै नभएर हप्तामै बिदा थप अनि कटौती । नाटकजस्तो देश चलाउने तरिका छ । २५ करोड जनसंख्या भएको छिमेकीले एक प्रदेशबाट कार्य सञ्चालन गरेको छ । नजिकै यहाँ यत्रो संयन्त्र, घटाउनुपर्ने बेला अभैm भएन र ?

नेताजीहरूलाई करैकरको थुप्रो लगाएर आमरण पाल्नुपर्ने र मरणोपरान्त तिनका नाममा संस्था खोलेर राज्यढुकुटीले भरिदिनुपर्ने बाध्यताको अन्त्य गरिनुपर्छ

लन्डनका मेयर बेलायतका प्रधानमन्त्री बनेको उदाहरण पनि याद हुनुपर्छ । काम देखाएरै जनताले पत्याउने हुन् । काठमाडौंको नेतृत्व दलबाट फुत्काएर स्वतन्त्रलाई साँचो जिम्मा दिनसक्ने मतदातालाई कम आँकलन नगरियोस् । यसअघि गुठी विधेयक पनि यिनैले फिर्ता गराएका हुन् । यति हो कि, उनीहरू शान्तिपूर्ण परिवर्तन चाहन्छन् । आउने चुनाव अर्को राष्ट्रव्यापी होला । देशले चुनाव गराउन सक्यो भने यसै वर्ष देशमा परिवर्तन नआउला भन्न सकिन्न ।

काठमाडौंमा बसिसक्नु छैन । सवारीको चाप, अत्यधिक धुवाँ धुलो, वायु प्रदूषण विश्वमै उच्च, बेरोजगारी, कुलत र दुव्र्यसनी, चरम महंगीको चपेटामा छन् यहाँका बासिन्दा । पुराना त विस्थापित हुने अवस्थामा छन् खर्च धान्न नसकेर । धारामा पानी छैन, बिल मात्र छ । बिजुलीको निरन्तरता छैन । दुई महिनामा बल्ल फोहोर उठ्ने सिठी बज्छ तर चर्को तिरो, शुल्क भने महिनामै तिर्नुपर्छ । दुई महिनासम्म एक ठाउँ वा कोठामा फोहोर थुपार्न सकिन्छ ? स्वास्थ्य अवस्था कस्तो हुन्छ यसले ? सरसफाइको समेत संविधानमा तीन दर्जन मौलिक हकको व्यवस्था किन गरेको ?

काठमाडौं सहरमा भए जति जनसंख्याका देश विश्वमा धेरै छन् । तिनले पनि विकास गरेकै छन् । सिंगापुरमा पानीको स्रोत नै छैन तर त्यहाँ बडो सरल र व्यवस्थित ढंगले मलेसियाबाट समुन्द्रमा पाइप राखी पानीको आपूर्ति गरिएको छ । देश विकास गर्छु भन्नेले गरेरै देखाउँछ । हामीकहाँ ६ हजार नदीनालाका पानी खेर गएको छ । यहाँ भुटानभन्दा महंगो बिजुली छ । यहाँ खानेपानी त के सिँचाइका लागि पनि पर्याप्त पानी छैन । आकाशमा बादल ठोक्किँदा मेलम्चीको मुहान बन्द गर्नुपर्ने देशमा राज्य संयन्त्र त छ ?

केबल सत्तामा पुग्न, छोरीलाई महानगर दाइजो दिन, ¥याल काढ्दै लुम्बिनीमा पसारो पर्न, त्यो पनि दुवै हात बाँधेर । देशको अगुवाले जे गरेको छ, अरूले त्यही गर्ने हुन् नि । उपदेश दिएर समाज परिवर्तन हुने होइन । उदाहरण दिएर, बनेर परिवर्तन हुने हो । आपूmले नजिते दुर्घटना हुन्छ भन्ने कोही, कोहीले आपूmले नजिते बजेटै नहाल्ने भन्ने । कस्तो मानसिकता हो ? देशको जिम्मा सधैं एउटैले लिन मिल्छ र ?

काठमाडौंका समस्या अनगिन्ती छन्, फुटपाथ, साइकल लेन छैन, भित्री बस्तीमा साँघुरो गल्ली मात्रै होइन, १८ इन्चीको निकास छ, जहाँबाट दमकल, एम्बुलेन्स, इमर्जेन्सी ट्याक्सीको कुरै भएन, ग्याँस सिलिन्डर, फोहोरका गाडा छिराउन सकिन्न । नक्सामा १३ फिटे बाटो छ, जीएलडीमा रहेको सो बाटो विस्तार गर्न उपत्यका प्राधिकरणले प्रयास गरी २ पल्टसम्म चिनो पनि लगायो तर पहिलेका मेयरले त्यही ठाउँमा बसेर अवलोकन पनि गरे तर कसैको बहकाउमा परे । बाटो खुलेन । अनेक उदाहरण छन् । समस्या अभैm बाँकी छन् । बाहिरी सडक लगभग पूरा भएको अवस्थामा भित्री गल्लीको बाटो खोल्ने काममा हालका मेयरले आँट गर्नुपर्छ अब ।

विदेशतिर छोरी मान्छे रातमा पनि सुरक्षित हिँडिरहेका देखिन्छन् । हामीकहाँ त्यस्तो अवस्था छैन । सहरमा सवारीसाधन धेरै भए, त्यो पनि पुराना । यात्रुलाई गम्भीर समस्या छ । ज्येष्ठ नागरिकले कार्डको सुविधा पाउन समस्या छ । जता पनि हिलोमैलो छ, हरियाली त छैन नै । हामीले सोचेको काठमाडौं पाउने कहिले हो ? सवारी जामको समस्या कहिले हल हुन्छ ? बाटो साँघुरो छ, लेन क्रस भयो भन्दै प्रहरीले उठाउने गरेको पैसा असुली कहिले कम हुन्छ ? वृद्धवृद्धा, अपांग, बेसहाराले पनि हिँड्न सक्ने काठमाडौं कहिले तयार हुन्छ ? यो काठमाडौंमा धेरै प्रश्न छन् ।

तपाइको प्रतिक्रिया
(Visited 423 times, 1 visits today)

epaper

ताजा समाचार

बनगवाँ आगलागीमा सहयोग गरेको भन्दै मेयर हमाललाई भारतीय व्यापारीको धन्यवाद