खेतमा उभिएको फोटो ‘पोस्ट’ गर्नै हतार

काठमाडौं । ‘मानो रोपेर मुरी उब्जाउने’ समय अर्थात् १५ असार । किसानका लागि विशेष दिन । बिहानैबाट खेतका गरामा हिलोमैलो सुरु हुन्छ । सामाजिक सञ्जालका भित्तामा हरिया फोटोसहित ‘धान दिवस’का शुभकामना देखिन थाल्छन् ।

एकैछिनका लागि तस्बिर खिचाएर सामाजिक सञ्जालमा ‘पोस्ट’ गर्ने जमात बाक्लै हुन्छ । तर, किसानका पीडा कसले बझोस् ? बिनामल ‘धान दिवस’ मनाउनुपर्दा उनीहरूमा खासै उमंग देखिन्न ।

हिजो बुधबार राजनीतिक दलका प्रायः नेताका दिन खेतका आलीमा बिते । पूर्वप्रधानमन्त्रीदेखि कृषिमन्त्रीसम्मका फोटा समाचारका विषय बने । मेसिनले धान रोपियो । बुट लाएर खेतमा पस्ने पनि देखिए । राजनीतिक दलका नेता भ्रातृ संगठनसहित खेतका गरामा पुगे । तर, मल पुगेन ।

यी दृश्यबीच ‘धान दिवस’कै अवसर छोपेर नेपाली कांग्रेस युवा नेता प्रदीप पौडेल कृषिमन्त्री भेट्न सिंहदरबार पुगे ।

‘मानो रोपेर मुरी फलाउने’ समय पनि मलखाद पाउन नसकेको कृषकलाई तत्काल रासायनिक मल व्यवस्था मिलाउन आग्रहका लागि उनी बुधबार कृषिमन्त्री महिन्द्रराय यादव भेट्न सिंहदरबार पुगे ।

‘धान दिवका अवसरमा सबैले शुभकामना व्यक्त गर्नुभयो, मौखिक शुभकामनाले किसानले राहत पाउने, मल पाउने सम्भावना हुँदैन,’ मन्त्रीसँगको भेटपछि पौडेलले भने, ‘किसानको मुख्य समस्या भनेको मल अभाव हो, म धान दिवसकै दिन पारेर सिंहदरबार मल माग्न छिरेको हुँ ।’

किसानले मल नपाएको अवस्था ‘तत्काल सम्बोधन’ गर्नपर्ने पौडेलको जोड छ । यिनै विषय उनले मन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । नागरिकका लागि दुःख गरिरहेका किसानले सहजै मलखाद नपाउनु ‘स्वाभाविक नभएको’ उनको टिप्पणी छ । ‘किसानको उत्पादन बढाउन सहुलियत दिने काम सरकारको हो, किसानमा मल नपाएर छट्पटी छ, यो दुःखद् हो,’ पौडेल भन्छन्, ‘सरकारले किसानबीच आफ्नो उपस्थिति देखाउन उनीहरूका समस्या सुन्नैपर्छ ।’

नेता पौडेलले ‘सरकारले अगामी दिन मल समस्या हुन नदिन प्रतिबद्धता जनाएर कमीकमजोरी सुधार्नुपर्ने’ मागसमेत राखे । भेटमा मन्त्री यादवले ‘अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य बढेको र त्यसकारण टेन्डर आह्वान गर्दा पनि ठेक्का नहालेको स्थिति रहेको’ सुनाएका छन् ।

कोभिडका कारण पनि ‘आवश्यक तयारी गर्न ढिलाइ भएकाले मल ल्याउन समस्या भएको’ मन्त्रीबाट जानकारी पाएको पौडेल बताउँछन् ।

भारतसँग गरिएको सम्झौताबमोजिम पन समयमा मल प्राप्त नभएकाले किसानलाई मल उपलब्ध गराउन नसकेको मन्त्री यादवले बताएको नेता पौडेलले जानकारी दिए ।

छलफल क्रममा मन्त्री यादवले असार मसान्तसम्म ७६ हजार मेट्रिक टन रासायनिक मल आउने जानकारी दिएका छन् । यद्यपि, आउन लागेको सो मल आवश्यकताभन्दा २० प्रतिशत मात्र भएको पौडेल सुनाउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१४ वर्षमा विवाह, १५ नपुग्दै ‘डिभोर्स’

कुरी-कुरी