भारतीय महावाणिज्य दूतावासद्वारा एम्बुलेन्स हस्तान्तरण

काठमाडौं । भारतको महावाणिज्य दूतावासद्वारा मंगलबार दुईवटा एम्बुलेन्स उपहारस्वरूप हस्तान्तरण गरिएको छ ।

उपहार स्वरूप दिइएका दुईवटा एम्बुलेन्स नेपालका लागि भारतका राजदूत श्री नवीन श्रीवास्तवद्वारा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपाल सरकार र नेपालका विभिन्न जिल्लामा रहेका गैरनाफामूलक संस्थालाई उपहारस्वरूप प्रदान गरिएका ७५ वटा एम्बुलेन्समध्येका हुन् ।

एउटा एम्बुलेन्स वीरगन्जस्थित ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा अर्को एम्बुलेन्स जनकपुरको ग्रामीण विकास संस्थालाई उपहारस्वरूप प्रदान गरिएको हो । दुईवटै एम्बुलेन्सको साँचो महावाणिज्यदूत नितेशकुमारद्वारा छनोटमा परेका संस्थाहरूका प्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो ।

वीरगन्जस्थित भारतको महावाणिज्य दूतावास विकास साझेदारी कार्यक्रमअन्तर्गत नेपाललाई सहयोग गर्न प्रतिबद्ध रहेको दूतावासले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 289 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेसले नपत्याएका ३३ वर्षिय थापा शिवराजमा मेयर निर्वाचित