सिमसार क्षेत्रको पुनरस्थापना

प्रत्येक वर्ष फेब्रुअरी २ लाई विश्व सिमसार दिवसका रूपमा विश्वभरि विभिन्न कार्यक्रम आयोजना गरेर मनाइन्छ । नेपालमा पनि यस दिन सिमसार दिवस विशेष कार्यक्रमका साथ मनाइने गरिएको पाइन्छ । हाम्रो ’round भएका पानी नसुक्ने दलदले वा छिपछिपे जमिन नै सिमसार हो । खासगरी ताल, तलैया, नदी, समुद्र किनार, दह, दलदले जमिन, जरुवालगायतका क्षेत्रलाई नै सिमसार भनिन्छ । प्रायः ६ मिटरभन्दा कम गहिराइका क्षेत्रलाई नै सिमसार मानिन्छ । सिमसार क्षेत्रलाई वातावरणीय तथा जैविक विविधताको दृष्टिले ज्यादै महत्वपूर्ण क्षेत्र मानिन्छ ।

वातावरण संरक्षणविद्हरूले सन् १९७१ को फेब्रुअरी २ का दिन इरानको रामसार सहरमा भेला भई वातावरण संरक्षणका ’boutमा एउटा साझा अवधारणासहित महासन्धिको परिकल्पना गरेका थिए, जुन सन्धि नैै कालान्तरमा गएर रामसार महासन्धिका रूपमा चिनिन पुग्यो । विश्वमा रहेका ताल, तलैया, नदीकिनार, दह, दलदले जमिन जैविक विविधताका दृष्टिले महत्वपूर्ण मानिन्छन् र ती सिमसारका रूपमा रामसार सूचीमा सूचीकृत गरिन्छन् ।

हालसम्म नेपालसहित विश्वका १ सय ५६ राष्ट्रले सिमसार अर्थात् रामसार सन्धिमा हस्ताक्षर गरिसकेका छन् । विश्वका एक हजार ६ सय ७६ वटा सिमसार रामसार सूचीमा सूचीकृत भएका छन् । नेपालमा पनि थुपै्र क्षेत्र रामसार सूचीमा परेका छन् । तीमध्ये घोडाघोडी ताल क्षेत्र, जगदीशपुर जलाशय क्षेत्र, बीसहजारी ताल क्षेत्र, कोसी टप्पु आरक्ष, से फोक्सुण्डो ताल, गोक्यो ताल, माइपोखरी, रारा ताल, पोखराका विभिन्न तालहरू विश्व रामसार क्षेत्रमा सूचीकृत नेपालका सिमसार क्षेत्र हुन् ।

विश्वमा दिन प्रतिदिन सिमसारको अस्तित्व संकटमा पर्दै गएको छ, जसले मानिसको दैनन्दिन क्रियाकलापमा गम्भीर असर पारेको पाइन्छ । त्यसो त सिमसार नासिने अवस्था विश्वभरि नै एउटै र उस्तै प्रकारको हुँदैन । फरकफरक ठाउँ र समयानुसार फरकफरक कारण र स्वरूपमा सिमसारहरू नष्ट हुनेक्रम बढिरहेको छ । पहिला मुख्यतः कृषिक्षेत्र विस्तारका कारण सिमसारहरू मासिएका थिए पछि आएर जनसंख्या वृद्धि, शहरीकरण, भौतिक विकास, जलवायु परिवर्तनलगायत अन्य विविध कारणले सिमसार लोप हुने क्रममा क्रमशः वृद्धि भइरहेको छ ।

यद्यपि, विश्वका हरेक क्षेत्रबाट सिमसार क्षेत्रहरू अनपेक्षित रूपमा घट्नेक्रम बढिरहेको छ । जबकि, २०औं शताब्दीमा मात्र ७४ देखि ७५ प्रतिशत सिमसार क्षेत्र मासिएको थियो । त्यस्तै, विगत ५० वर्षमा मात्र ६५ प्रतिशत र सन् १०८० देखि २००० सम्ममा जम्मा २८ प्रतिशत सिमसार क्षेत्रमा गिरावट आएको अध्ययनले देखाउँछ । यस अर्थमा प्रत्येक वर्ष १ दशमलव २ प्रतिशतले सिमसार क्षेत्रमा गिरावट आइरहेको पाइन्छ । विश्वभरि सिमसार क्षेत्र संकुचित हुनुका साथै भइरहेका सिमसार क्षेत्रको गुणस्तर पनि क्रमशः गिर्दै गएको छ ।

नेपालमा ६० हजार ५ सय ६१ हेक्टर जमिन सिमसार क्षेत्रले ओगटेको छ

यसको प्रत्यक्ष असर सिमसारमा आश्रित हुने जीवजन्तु, वनस्पति, मानिस एवं समग्र पारिस्थितिक प्रणालीमा परिरहेको छ । जबकि, मिलिनियम इकोसिस्टम एसेसमेन्टका अनुसार अस्ट्रेलिया, न्युजिल्यान्ड, युरोप र उत्तर अमेरिकामा २०औं शताब्दीमा मात्र ५० प्रतिशत सिमसार क्षेत्र घटेको थियो । विश्वभरि भिन्नभिन्न ठाउँमा ३० देखि ९० प्रतिशतसम्म सिमसार घटेको देखिन्छ । त्यसो त एसियामा सबैभन्दा दु्रतगतिमा सिमसार क्षेत्र नासिँदै गएको अध्ययनले देखाउँछ । समुद्रतटीय क्षेत्रका भन्दा अन्य वा बाहिरका क्षेत्रमा रहेका सिमसार बढी घट्दै गएका पाइन्छन् । एल्लो रिभर डेल्टामा पछिल्लो ५० वर्षमा ६५ प्रतिशत सिमसार नासिँदै गएको देखिएको छ ।

त्यसैले, प्रत्येक दिन सिमसारको अस्तित्व संकटमा पर्दै गएमा वा अतिक्रमण बढ्दै गएको सन्दर्भमा यसको संरक्षण र पुनस्र्थापनाका लागि विशेष पहल गर्नुपर्छ । सिमसार क्षेत्रमा विभिन्न प्रजातिका जीवजन्तु, वनस्पति आदि बसोबास गर्ने हुँदा यस प्रकारको भूमिको पनि संरक्षण हुनु अत्यावश्यक ठहरिन्छ । यस्ता क्षेत्रमा विभिन्न प्रकारका जीव विचरण गर्ने तथा बास बस्ने भएका कारण सिमसार क्षेत्रको संरक्षण गर्दा त्यस्ता जीव तथा वनस्पतिको पनि संरक्षण हुनपुग्छ र वातावरण संरक्षणमा समेत टेवा पुग्छ । पारिस्थितिक प्रणालीका रूपमा पनि सिमसार क्षेत्रको ज्यादै महत्वपूर्ण स्थान पाइन्छ ।

तर बढ्दो सहरीकरण, अनियन्त्रित बसाइँसराइ, जनसंख्या वृद्धि, भौतिक पूर्वाधारको निर्माणलगायतका क्रियाकलापले पनि सिमसार क्षेत्रको अस्तित्व संकटमा पर्दै गएको देखिन्छ । भूमाफियाको चलखेलका कारण यस्ता क्षेत्र अतिक्रमित हुँदै छन् भने जथाभावी रूपमा विकसित भएको आवास क्षेत्रका कारण कैयन् सिमसारयुक्त क्षेत्रको अस्तित्व नै लोप भएर गइसकेको छ । नेपालमा भएको सिमसारयुक्त क्षेत्रको अस्तित्व लोप हुनुका पछाडि राष्ट्रिय नीतिको पनि अभाव देखिन्छ ।

नेपालको सन्दर्भमा कुल क्षेत्रफलको ६ प्रतिशत भूभाग सिमसारले ढाकेको छ । पारिस्थितिक प्रणाली सञ्चालनका लागि यस क्षेत्रको महत्वपूर्ण स्थान रहेको पाइन्छ । परापूर्वकालदेखि कुनै न कुनै रूपमा सिमसार क्षेत्रको प्रयोग मानिसले गर्दै आएको पाइन्छ । राष्ट्रिय सिमसार नीति २०६९ तर्जुमा भए पनि यसमा भएको नीतिगत अस्पष्टता र व्यवस्थापनमा देखिएको कमजोरी, दक्ष जनशक्ति अभाव, अपर्याप्त वित्तीय क्षमता, जनसंख्या वृद्धि, प्राकृतिक स्रोतमाथिको दोहन आदिका कारण सिमसार क्षेत्रको अस्तित्व संकटमा परेको देखिन्छ । सिमसार जैविक विविधतामा ज्यादै धनी हुने भएका कारण विश्वव्यापी रूपमा मानिस र पृथ्वीका लागि यसको ठूलो महत्व रहेको छ । यही महत्वलाई नै बुझेर जनचेतना फैलाउन तथा प्रकृतिप्रति जिम्मेवार बनाउन प्रत्येक वर्ष सिमसार दिवस मनाउन थालिएको हो ।

सिमसार विभिन्न प्रकारका बिरुवा र जनावरका आश्रयस्थल हो र सिमसार घट्नु वा लोप हुँदै जानु भनेको जैविक विविधतामा ह्रास आउनु हो । त्यसैले, यसको विनाश र अतिक्रमणलाई रोक्न आवश्यक देखिन्छ । जथाभावी रूपमा विकास भएको सहरीकरण, भौतिक निर्माण, जलप्रदूषण, मिचाहा प्रजातिका वनस्पतिहरूको अतिक्रमणले कतिपय सिमसार क्षेत्रको अस्तित्व लोप हुने क्रममा पुगेको देखिन्छ । तीव्र रूपमा बढिरहेको खाद्यान्न समस्या, खानेपानी तथा सिँचाइ व्यवस्थापन, जडिबुटीको प्रयोग, बढीभन्दा बढी आवतजावत मार्गका रूपमा प्रयोग, मत्स्यपालनलगायतका कार्य गरेर सिमसार क्षेत्रलाई मानिसहरूले आफ्नो निर्भरताको स्रोत बनाएका छन् ।

वन तथा भूसंरक्षण मन्त्रालयले सिमसार नीति निर्माण गरेको तर हालसम्म ऐनकानुन आउन नसक्दा सिमसार क्षेत्रको व्यवस्थापन वैज्ञानिक ढंगबाट हुन सकेको पाइँदैन । वन जंगलको अतिक्रमण, चुरे दोहन, भूमाफियाको जथाभावी जग्गा अतिक्रमण र प्लटिङ, जथाभावी फोहोरमैला विसर्जन आदिका कारण हाम्रा ’roundका सिमसार क्षेत्रहरू दिन प्रतिदिन जोखिममा परेका छन् । अधिकांश जीवजन्तुले वन र पानी, घाँसे मैदान र पानी क्षेत्र ’round बच्चा कोरल्ने, बासस्थान बनाउने, विचरण गर्ने भएका कारण यस्ता सिमसारलाई जैविक विविधताका दृष्टिले महत्वपूर्ण मानिएको हो । त्यसैले, हामी सबैले यस्ता सिमसार क्षेत्रको संरक्षणमा विशेष जोड दिनुपर्ने देखिन्छ । नेपालमा भएका विभिन्न ताल, नदी, पोखरी, छिपछिपे जमिनको संरक्षण गर्नका लागि विशेष नीति निर्माण गर्नु अत्यावश्यक छ । त्यस्तै, यसका ’boutमा व्यापक रूपमा खोज अनुुसन्धान गर्न पनि समयमा नै ऐन कानुन निर्माण गर्नु जरुरी देखिन्छ ।

जनसंख्या वृद्धि, शहरीकरण, भौतिक विकास, जलवायु परिवर्तनलगायत अन्य विविध कारणले सिमसार लोप हुनेक्रममा क्रमशः वृद्धि भइरहेको छ

सिमसारको जैविक मात्र होइन धार्मिक, सांस्कृतिक, पौराणिक दृष्टिले पनि व्यापक महत्व रहेको छ । नेपालको सन्दर्भमा सिमसार क्षेत्रको विशेष महत्व रहेको झल्कन्छ । पूर्खाहरूले जानी वा नजानी त्यसलाई प्रयोग गर्दै आएकामा अहिले अत्यधिक प्रयोग र दोहनका कारण सिमसारको भूमिकामा ह्रास आएको देखिन्छ । हिमाल, पहाड र तराईका विभिन्न जातजातिले मनाउने अधिकांश चाडपर्वमा दह, ताल, पोखरी, नदी किनाराको सम्बन्ध रहेको पाइन्छ ।

सिमसार क्षेत्र संरक्षण केन्द्रीय सरकारको मातहतमा रहेको भएता पनि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सिमसार क्षेत्रको संरक्षण स्थानीय तहको नै हुने भनेर उल्लेख गरेबाट स्पष्ट नीति र योजनाको अभावमा सिमसार क्षेत्रको संरक्षणमा चुनौती बढ्दै गएको देखिन्छ । त्यसका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिले स्पष्ट नीति, योजना तर्जुमा गरेर सिमसार क्षेत्रको संरक्षणमा स्पष्ट खाका तयार गर्नु आजको प्रमुख आवश्यकता हो । संस्था, नीति, सहभागिता, सूचना, प्रविधि र वित्तलाई आधार मानेर सिमसार क्षेत्रको संरक्षण र सुशासनमा जोड दिन सकिन्छ ।

सिमसार क्षेत्रमा विभिन्न प्रजातिका अन्तर्राष्ट्रिय दृष्टिले महत्वपूर्ण मानिएका जीवजन्तु र वनस्पतिको संरक्षण हुने हुँदा यी क्षेत्रको विशेष रूपमा पहिचान गरी संरक्षणमा चासो दिनुपर्छ । अति संवेदनशील, संकटापन्न जीवजन्तु र वनस्पतिको संरक्षणमा सिमसारको महत्व रहेको छ । त्यसैले, त्यस्ता जीवजन्तु र वनस्पतिको संरक्षण र पारिस्थितिक प्रणालीको सुसञ्चालनका लागि सिमसारको संरक्षण गर्नु अत्यावश्यक ठहरिन्छ । जहाँ विभिन्न प्रकारका जीवहरू विचरण गर्ने तथा बास बस्ने भएका कारण सिमसार क्षेत्रको संरक्षण गर्दा त्यस्ता जीव तथा वनस्पतिको पनि संरक्षण हुनपुग्छ र वातावरण संरक्षणमा टेवा पुग्छ । पारिस्थितिक प्रणाली वा इकोसिस्टमका रूपमा पनि यस्ता सिमसारको ज्यादै महत्वपूर्ण स्थान पाइन्छ । त्यसो त विश्वमा बढ्दै गएको पानीको संकट कम गर्न पनि सिमसार क्षेत्रलाई संरक्षित गर्नुपर्ने देखिन्छ ।

नेपाल जैविक विविधताका दृष्टिले धनी मानिए पनि यहाँका सिमसार क्षेत्रको संरक्षण नहुँदा र त्यसलाई व्यवस्थित रूपमा उपयोग गर्न नसक्दा एकातिर जैविक विविधतामा खतरा बढेको छ भने अर्कातिर सिमसारसँग जोडिएका जैविक, सांस्कृतिक तथा धार्मिक महत्व पनि ओझेलमा पर्न पुगेका छन् । नेपालमा ६० हजार ५ सय ६१ हेक्टर जमिन सिमसारले ओगटेको पाइन्छ । विश्वमा जैविक विविधताको धनीका हिसाबले नेपाल २५औं स्थानमा रहेको छ । विश्वमा पाइने वनस्पतिमध्ये नेपालमा ३ दशमलव २ प्रतिशत पाइने तथ्यांक वन तथा वातावरण मन्त्रालयको रहेको छ ।

त्यसैले, यस्ता क्षेत्रको संरक्षण गर्ने हो र यससँग सम्बन्धित धार्मिक, सांस्कृतिक महत्वलाई बढीभन्दा बढी उजागर गर्दै स्थानीय जनसमुदायलाई त्यसमा संलग्न गराउने हो भने पक्कै पनि सिमसार क्षेत्रको संरक्षण, सम्बद्र्धन र पुनस्र्थापना हुनपुग्छ । जसका कारण सिमसारको अस्तित्व पूर्ण रूपमा जोगिन पुग्छ । सिमसारलाई आयस्रोत वृद्धिको माध्यमका रूपमा पनि विस्तार गर्न सकेमा हाम्रो अर्थतन्त्र सुदृढ हुने देखिन्छ । आज विश्वमा दिन प्रतिदिन जलवायु परिवर्तनको बादल एकातिर मडारिएको छ भने अर्कातिर सिमसार क्षेत्रको अतिक्रमणका कारण प्रत्यक्ष रूपमा त्यसको असर मानिस, जीवजन्तु र वनस्पतिमा देखिन थालेको छ । त्यसैले, विश्वमा वातावरण सन्तुलन गर्नसमेत सिमसार क्षेत्रको ठूलै स्थान रहेको कुरालाई नकार्न सकिन्न ।

तपाइको प्रतिक्रिया
(Visited 525 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मौन अवधि आज राति १२ बजेबाट, के गर्न पाइन्छ के पाइदैन ?