पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल), पोखरामा उपचारक्रममा मृत्यु भएका ५० वर्षीय एक व्यक्ति मुटुरोगी भएको बताइएको छ ।
क्वारेन्टाइनमा बसेका र कोरोनाकै कारण उनको मृत्युको आशंका गरिएकोमा सो नभै उनी मुटुरोगी भएकै कारण ज्यान गुमाउनुपरेको रुपा गाउँपालिकाका प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार ती नागरिक १२ दिनअघि भारतको हैदरावादबाट फर्किएकोमा मंगलबारमात्रै रुपामै क्वारेन्टाइनमा बसेका थिए । उनको अवस्था जटिल बनेपछि थप उपचारका लागि पोखरा ल्याइएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 311 times, 1 visits today)






