समस्या परेकी महिलालाई सहृदयीको सहयोग

राजविराज । श्रीमान् गुमाएर हातमुख जोर्ने समस्यामा परेकी एक महिला र उनको नाबालक २ सन्तानका लागी एक सहृदयीले आफ्नो निजी खर्चबाट १ महिनाका लागी पुग्ने खाद्यान्न, राशन लगायतका सामग्री प्रदान गरेको छ ।

रुपनी गाउँपालिका ६ तेरहौता निवासी रंजित कुमार भगतले सोही वडा निवासी एकल महिला उर्मिला सरदारलाई एक महिना सम्म पुग्नेगरी राशन सामग्री प्रदान गरेका हुन् ।

सोमवार उनको घरमै पुगी भगतले एक महिना सम्म पुग्ने गरी चामल, दाल, खाने तेल, मुरही, नून, साबुनका साथै नाबालक २ सन्तानका लागी पोष्टिक आहार प्रदान गरेका छन् । उर्मिलाको ३६ वर्षिय श्रीमान् मसुक लालको ४ दिन अघि प्यारालाइसिस (पक्षघात) भई उपचारको अभावमा मृत्यु भएको थियो । दैनिक मजदृरी गरी परिवार पाल्दै आएका मसुक लालको निधन भएपछी उनको परिवार हातमुख जोर्ने समस्याबाट गुज्रीरहेको थाहा भएपछी उनको घर मै पुगी आवश्यक जानकारी लिनुका साथै सानो सहयोग गरेको भगतले बताए ।

भगत एमालेको गाउँ कमिटी सचिव तथा यूवा संघ नेपाल सप्तरीका उपाध्यक्ष समेत हुन् । उनले गरीबीका कारण समस्यामा परेका सरदार परिवारलाई सहयोग गर्न अन्य दाताहरु संग पनि आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 151 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेस पहिलाे पार्टी, २५२ पालिका प्रमुखमा विजयी