४७ जना श्रष्टालाई राष्ट्रिय र क्षेत्रीय प्रतिभा पुरस्कार

काठमाडौं । नेपाली कला, साहित्य, संस्कृति, संगीत नाट्य क्षेत्रमा निरन्तर योगदान दिएका श्रष्टाहरु राष्ट्रिय प्रतिभा पुरस्कार र क्षत्रीय प्रतिभा पुरस्कारबाट पुरस्कृत भएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले हालै घोषणा गरेको सो पुरस्कार भानु जयन्तीको अबसर पारेर काठमाडौंको प्रज्ञा भवनमा आयोजित एक समारोहमा प्रदान गरेको छ । संस्कृति मन्त्री सुदन किराती, संस्कृति राज्यमन्त्री शुशिला सिर्पाली ठकुरीले सो पुरस्कार प्रदान गरेका हुन् ।

यसपटक २ लाख रुपैया राशीको इतिहास शिरोमणि बाबुराम आचार्य राष्ट्रिय पुरस्कार इतिहासविज्ञ चित्तधर नेपालीलाई पुरस्कृत गरिएको छ । इतिहाँस खोज अनुसन्धानमा उनको योगदान अतुलनीय भएको पुरस्कार पत्रमा उल्लेख थियो । यस्तै जनही १ लाख रुपैयाँ राशी रहेको राष्ट्रिय प्रतिभा पुरस्कार भाषा, संस्कृति, डिआर पोखरेललाई प्रदान गरियो । यही पुरस्कार ललितकला बिधाबाट अग्रज चित्रकार रागिनी उपाध्यायलाई प्रदान गरियो भने सङ्गीत तथा नाट्य विधाको पुरस्कार अग्रज संगीतकार शान्तिराम राईलाई प्रदान गरियो । यस्तै भाषातर्फको राष्ट्रिय पुरस्कार नरेन्द्रराज पौडेललाई प्रदान गरियो ।

यस्तै जनही एक लाख रुपैयाँ राशीकै महालक्ष्मी देवकोटा पुरस्कार साहित्यकार भवानी क्षेत्रीलाई प्रदान गरियो । यही पुस्कार साहित्यकारहरु अरविन्द कुमार, किसान विक, कुमार भट्टराई, र पुरुषोत्तम सुवेदीलाई सो समारोहमा प्रदान गरियो । एक लाख रुपैयाँ राशीको साहित्य तर्फ नै आदिकवि भानुभक्त राष्ट्रिय पुरस्कार कवि पोषराज पौडेललाई प्रदान गरियो । समारोहमा निवन्ध तर्फको एक लाख रुपैयाँ राशीकै गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार साहित्यकार युवराज घिमिरे र हाङ्युग सुब्बा थाम्सुहाङ (अज्ञात)ले प्राप्त गरे ।

यस्तै १ लाख रुपैयाँ राशीकै युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार साहित्यकार मोहन सिटौलालाई, योगमाया राष्ट्रिय पुरस्कार यसपटक साहित्यकार पवन आलोकलाई र शताब्दीपुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार गोविन्द आचार्यलाई प्रदान गरियो ।

समारोहमा जनही १ लाख रुपैयाँ राशीको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार कवि नवराज लम्साल र श्रष्टाहरु चव्रmमान विश्वकर्मा, मैना अछामीलाई प्रदान गरियो ।

सोही समारोहमा भाषा, साहित्य, कला, नाट्य, संगीततर्फको प्रादेशिक प्रतिभा पुरस्कार पनि प्रदान गरियो । प्रादेशिक प्रतिभा पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ रहेको थियो ।

प्रादेशिक पुरस्कार संस्कृति विधातर्फ कोशी प्रदेशबाट गायिका झुमा ओमेन लिम्बुलाई, मधेश प्रदेशबाट रामप्रसाद शाहलाई, बागमती प्रदेशबाट रविन्द्र तामाङलाई, गण्डकी प्रदेशबाट रामराज रेग्मीलाई, लुम्बिनी प्रदेशबाट टिकाराम बुढामगरलाई, कर्णाली प्रदेशबाट ओम रिजाललाई र सुुदुरपश्चिम प्रदेशबाट नन्दलाल रानालाई प्रदान गरियो ।

सोही समारोहमा संगीत नाट्य तर्फको प्रादेशिक प्रतिभा पुरस्कार २९७९ कोशी प्रदेशबाट नाट्यकर्मी एवम् अभिनेता शेखर चापागाईलाई, मधेस प्रदेशबाट संगीतकार सुनिल मल्लिकलाई, बागमति प्रदेशबाट नृत्य निर्देशक एवम् नृत्य प्रशिक्षक भुवनदास श्रेष्ठलाई, गण्डकी प्रदेशबाट गायक तथा संगीतकार आशिष अविरल (खिमबहादुर गौतम)लाई, लुम्बिनी प्रदेशबाट नृत्य निर्देशक एवम् कोरियोग्राफर जोगेन्द्र केसीलाई, कर्णाली प्रदेशबाट गायिका प्रगति हिङमाङ (फुलमाया दर्जी)लाई र सुदुरपश्चिम प्रदेशबाट कलाकार डम्बरबहादुर रोकायालाई प्रदान गरियो ।

यसैगरी भाषा एवम् साहित्य तर्फको प्रादेशिक प्रतिभा पुरस्कार २०७९ कोशी प्रदेशबाट साहित्यकार डिकप्रसाद वान्तवालाई, मधेश प्रदेशबाट श्रष्टा सञ्जय शाहलाई, बागमति प्रदेशबाट अनुबन्धिनकर्ता तथा साहित्यकार डा. लोकबहादुर लोप्चनलाई, गण्डकी प्रदेशबाट साहित्यकार छायादत्त न्यौपाने (बगर)लाई, लुम्बिनी प्रदेशबाट साहित्यकार शोभाराम चौधरी (शेखर दहित)लाई, कर्णाली प्रदेशबाट कवि देवकी तिमल्सिना (समीक्षा)लाई र सुदुरपश्चिम प्रदेशबाट साहित्यकार भरतकुमार साउदलाई प्रदान गरियो।

यस्तै सोही समारोहमा ललितकला तर्फको प्रादेशिक प्रतिभा पुरस्कार २०७९सातै प्रदेशका कलाकारहरु कुनक्याप लामा, मञ्जुल बराइली, रुवि कुमारी, जुलुमलाल चित्रकार, ओम खत्री, दुर्गाबहादुर भण्डारी र जबहादुर पार्कीलाई प्रदान गरियो । यो पुरस्कारको राशी पनि जनही ५० हजार रुपैयाँ थियो ।

तपाइको प्रतिक्रिया
(Visited 291 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लाकाे ताताेपानीमा माओवादीबाट प्रमुखमा सुरेश र उपप्रमुखमा सिमा काे मनाेनयन दर्ता