क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौं ।  क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका-६ घर भई हाल काठमाडौंको बुढानीलकण्ठ बस्‍ने २७ वर्षीया  फूलमाया जिरेल रहेकी छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले  मिनभवनबाट पक्राउ गरेको हो।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपरा अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए। उनले पीडितबाट पटक-पटक गरी ३ लाख ७४ हजार रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।

तपाइको प्रतिक्रिया
(Visited 159 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
माझी महिला बनिन् वडाअध्यक्ष