क्यूएए प्रमाणीकरण भएको खुशीयालीमा कोटेश्वर क्याम्पसको प्रभातफेरि

काठमाडौं । विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चिता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरण हुन सफल भएकोमा कोटेश्वर बहुमुखी क्याम्पसले सोमबार प्रभातफेरि कार्यक्रम गरेको छ । जडिबुटीस्थित क्याम्पसको प्राङ्गणबाट बिहान ७ बजे सुरु भएको प्रभातफेरी कोटेश्वर, महादेवस्थान हुँदै पुनःक्याम्पसमै पुगेर समापन गरिएको थियो ।

प्रभातफेरीको सुभारम्भ क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामबाबु नेपाल, क्याम्पस प्रमुख गोविन्दबहादुर कार्की, पब्लिक क्याम्पस प्राध्यापक संघ ईकाईका सभापति सुरेश पोखरेल र स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष संजय बुढाथोकी लगायतले गरेका थिए ।

प्रभातफेरीमा क्याम्पस व्यवस्थापन समितिका पदाधिकारी, क्याम्पसका प्राध्यापकहरु, कर्मचारी, विद्यार्थीहरु, पूर्व विद्यार्थी सहित शुभचिन्तक सहभागी थिए । विसं २०४७ सालमा स्थापना भएको कोटेश्वर बहुमुखी क्याम्पस लामो समयसम्म कोटेश्वर महादेबस्थानस्थित कोटेश्वर सरस्वती माविको भवनमा भाडामा विहानी सत्रमा सञ्चालन भएको थियो ।

चार वर्ष पहिले जडिबुटीमा क्याम्पसको आफ्नै भवन बनेपछि अहिले बिहानी सत्रमा स्नातक तथा स्नातकोत्तर कक्षा र दिवा सेवामा प्लस टू कक्षा सञ्चालित छन् । कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको कोटेश्वर क्याम्पसले गत महिना विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चिता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरण हुन सफल भएको हो ।

यो वर्ष देशभरिका सामुदायिक कलेजहरुमध्ये कोटेश्वर क्याम्पस सहित दुई वटा क्याम्पसले मात्र क्यूएए प्राप्त गरेका थिए । क्याम्पसले प्राप्त गरेको महत्वपूर्ण उपलब्धीलाई जनसमक्ष पुर्याएर खुशी बाढ्न प्रभातफेरी आयोजना गरिएको कोटेश्वर क्याम्पसका प्रिन्सिपल गोविन्दबहादुर कार्कीले बताए । प्रभातफेरी कोटेश्वर महादेशस्थान पुगेपछि त्यहाँका पुजारीले टीका र मालाले स्वागत गरेका थिए ।

महादेबस्थानमा आयोजना गरिएको कोणसभामा व्यवस्थापन समितिका अध्यक्ष नेपाल, उपाध्यक्ष डा।सावित्री श्रेष्ठ, प्रिन्सिपल कार्की, स्ववियू सभापती बुढाथोकी लगायतले क्याम्पसले गरेका हरेक उपलब्धीमा प्राध्यापक, कर्मचारी, विद्यार्थी र अभिभावकहरुको उत्तिकै मेहनत रहेकोमा जोड दिएका थिए । क्याम्पसले आजै क्याम्यस स्थापना कालमा अतुलनीय योगदान गर्नु भएका व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम पनि आयोजना गर्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसदीय छानबिन समिति बनाउन विपक्षी दल एकजुट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरको मेयर माओवादीलाई छाडेको भन्दै चितवन कांग्रेस सभापतिको कार्यकक्षमा तालाबन्दी