समृद्ध बुद्धभूमि निर्माणमा लागिपरेका छौं

शान्तिका अग्रदुत गौतम बुद्धको नामबाट नामाकरण गरिएको पालिका हो बुद्धभूमि नगरपालिका । १० वडा रहेको यो पालिका कपिलवस्तु जिल्लामा क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो र बसोबासको हिसाबले सबभन्दा कम जनघनत्व भएको नगरपालिका हो । यो नगरपालिका ऐतिहासिक, पुरातात्विक, सामाजिक, वातावरणीय तथा आर्थिक हिसाबले परापूर्वकालदेखि नै एक महत्वपूर्ण विशिष्ट स्थलको रुपमा परिचित हुँदै आएको छ । बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठसँग राजधानीकर्मी सुशील गैरेले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

० तपाईं नगर प्रमुखमा दोस्रो कार्यकालका लागि निर्वाचित भएको एक वर्ष पूरा भएको छ । यो एक वर्षको कार्यकालमा के कस्ता काम गर्नुभयो ? मुख्य उपलब्धिहरू के के हुन् ?
– अघिल्लो कार्यकालमा नगरपालिकाको भौतिक पूर्वाधार विकासमा विशेष जोड दिइएको थियो। शिक्षा, सडक, खानेपानी र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम भयो। दोस्रो पटक निर्वाचित भएयताको एक वर्षको अवधिमा हामीले नगर स्तरीय गौरवको आयोजनालाई प्राथमिकतामा राखेका छौ। टिकर बुड्ढि बिजगौरी सडक महत्वपुर्ण सडक भएकाले पनि हामीले यसलाई पहिलो प्राथमिकतामा राखेका हौ। १५ सैयाको नगर अस्पताल सम्भवत यसै वर्ष सम्पन्न हुन्छ भने बुड्ढि ताल निर्माणको काम चलिरहेको छ यसले नगरमा प्रयटनको सम्भावना बोकेको छ । साथै हामीले बाल मैत्री नगर घोषणा गर्ने तयारि समेत गरेका छौ। केहि वडा यसै वर्ष बाल मैत्री घोषणा हुन्छन भने बाल श्रम नगर यसै वर्ष घोषणा हुन्छ। १० नं वडालाई कृषि पकट क्षेत्रका रुपमा विकास गरेका छौ। कृषकका लागि कृषि औजार र विमामा अनुदान दिएका छौ। आँखा अस्पतालको सहयोगमा नगरका ३०० जनाको मोतियाबिन्दुको शल्यक्रिया पनि भइसकेको छ। नगरले स्वास्थ्य क्षेत्रका विकासका लागि पर्याप्त रकम पनि विनियोजन गरिसकेको छ। सीमित स्रोत साधनका कारण नागरिकका सबै अपेक्षा पूरा गर्न भने चुनौती नै छ। नागरिकले आफ्ना गुनासा तत्कालै सुनुवाइ भइदियोस् भन्ने चाहना गरेका हुन्छन्। हामीले गर्नु पनि पर्छ तर सामान्य कामका लागि पनि सरकारकै आस गर्ने अवस्थामा परिवर्तन हुन सकेको छैन।

० खास गरी शिक्षा र खेलकुद क्षेत्रको विकासमा के काम भइरहेको छ ?
– शिक्षा क्षेत्रको विकासका लागि हामीले अघिल्लो कार्यकाल पनि धेरै काम गरेका थियौँ। दरबन्दी अभाव रहेका विद्यालयमा नगरपालिकाबाट नगर कोटा उपलब्ध गराएका छौ। शिक्षामा हामीले गरेको लगानीले र शिक्षकको मेहनतले पक्कै पनि शिक्षामा केहि परिवर्तन ल्याउन सक्छौ भन्ने अपेक्षा गरेका छौ। तर हामीले चाहे जति अपेक्षित नतिजा नआउदा शिक्षालाई सुधार गर्नुपर्छ भनेर सबै विद्यालयलाई निर्देशन दिएका छौँ । विद्यालयको भवन निर्माण देखि कक्षा कोठा थप गर्न समेत हामीले बजेट बिनियोजन गर्दै आएका छौ । खेलकुदमा हामिलले प्रत्यक वर्ष राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता, मेयर कप प्रतियोगिता, फुटबल, ब्याडमिन्टन, डोरितान प्रतियोगिता लगायतका खेलको आयोजना गर्दै आएका छौ। खेललाई अवसर र प्रोत्साहनका रुपमा लैजानु पर्छ भनेर प्रत्यक वर्ष बजेट बिनियोजन गरेका छौ। वडा १ र २ मा कवड हल निर्माण समेत गरेका छौ भने नगरमा रङ्गशाला निर्माण गर्ने भनेर डिपिआर समेत भएको र त्यसका लागि प्रदेश र केन्द्र सरकार संग अनुरोध गरेका छौ, बजेट पार्न सके यसै वर्ष रङ्गशाला निर्माणको काम सुरु हुन्छ। हामीले शिक्षा र खेलकुदको विकास अभिभावकहरूले अनुभूति गर्ने गरी गर्ने प्रयासमा अझै लागिरहेको विश्वास दिलाउँछु।

० युवालाई स्वरोजगार बनाउने वा रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्ने तपाईंहरूको योजना केही छन् कि ?
– युवाको स्वरोजगारलाई हामीले निकै गम्भीर र जल्दोबल्दो विषयका रूपमा लिएका छौँ। युवालाई वैदेशिक रोजगारीमा पठाउने होइन, व्यावसायिक र उद्यमशील बनाएर स्वदेशमै राख्न चाहन्छौँ । यो राष्ट्रकै समस्या पनि हो। हामीले युवाकालागी आय मुलक तालिम प्रदान गरेका छौ। वैदेशिक रोजगारीबाट फर्केर आएका युवा युवती जो स्वदेशमै केहि गर्छु भन्नेलाई पालिकाले सहुलियत दरमा ऋणको समेत व्यवस्था गरेको छ। प्रत्यक वर्ष पालिकाले विभिन्न आय मुलक तालिम युवाका लागी दिदै आएको छ। रोजगारीकालाई हामीले रणनीति बनाउने तयारीमा छौ।

० नगरको विकासमा लाग्दा के कस्ता अप्ठेरा महसुस गर्नुपरेको छ ?
– विकास निर्माणमा हामीलाई बजेटकै अभाव हुन्छ। १० वटै वडाका आ आफ्नै समस्या छन, ति समस्यालाई हामीले हेर्नु पर्छ। त्यसैमा नगरका ठुला योजना समग्र नगरलाई मात्र नभएर जिल्लालाई नै पहिचान बनाउने खालका योजनाहरु पनि रहेका छन। त्यसले गर्दा हामीले निकै चुनौतिका साथ् काम गरि राख्नु परेको छ। स्थानीय सरकारसँग जनताका अपेक्षा धेरै छन, जुन स्वाभाविक पनि हो। यी अपेक्षा पूरा गर्नेतर्फ हामीले आगामी चार वर्ष धेरै मिहिनेत र परिश्रम गर्नुपर्ने देखिएको छ। आर्थिक मन्दीका कारण बजेट समेत काटेर घटेर आएको छ, तधापि हामीले प्रस्तावित योजनालाई कसरि सम्पन्न गर्ने भनेर प्रदेश र केन्द्र सरकार संग समन्वयन र सहकार्य गरेर साझेदारीमा काम गर्न समेत तयार छौ। केहि नदीमा पुल निर्माण गर्नुपर्ने छ। त्यसको डिपीआर गरेर त्यसलाई निर्माण गर्ने तयारीमा छौ, केहि विद्यालयको पूर्वाधार निर्माण गर्नुपर्ने छ। साथै विकास निर्माणको काम गर्ने क्रममा नदिजन्य पदार्थले पनि केहि समस्या आउने गरेका छन्। तर त्यसलाई हामीले समन्वयन गरेर समाधान गरि अघि बढी रहेका छौ।

० काम गर्ने क्रममा जनप्रतिनिधि र कर्मचारीबिच समस्या हुने गरेको छ कि ?
– समाज विकासका निम्ति कर्मचारी र जनप्रतिनिधि मिलेर अगाडि बढ्नु पर्छ। काम गर्ने क्रममा कहिलेकाहीँ कानुनी जटिलताले असहज बनाउने गर्दछ। बुद्धभूमि नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमा कुनै पनि समस्या छैन। नीति निर्माण र योजना तयार पार्ने काम जनप्रतिनिधिले गर्ने हो। कर्मचारीले त्यसलाई कार्यान्वयनमा लैजाने हो। सहकार्यमा काम गरिने हुँदा हामीमा कुनै समस्या छैन।

० नगरपालिकाको विकासमा सङ्घीय र प्रदेश सरकारको सहयोग छ कि छैन ?
– अहिलेसम्म केन्द्र र प्रदेश सरकारको सहयोग हामीलाई प्राप्त हुँदै आएको छ। जुन रूपमा सहयोग हुनुपर्ने हो त्यो नहुनु अर्को कुरा हो। जुन विधि र प्रक्रियाले केन्द्र र प्रदेश सरकारले दिनुपर्ने हो त्यो बाहेक अन्य पालिका जसरि सहयोग भने आएको छैन। केन्द्र र प्रदेश सरकारको सहयोग न्यून भएको महशुस गरेको छु।

० समृद्ध पालिकाका लागि अबको चार वर्षको अवधिमा के के गर्ने योजना रहेको छ ?
– शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनको विकास तथा पूर्वाधार निर्माण र जीवनस्तर सहजताका लागि विभिन्न काम तथा योजनामा काम गरेका छौँ। समग्रमा नागरिकले सम्झनलायक काम हुने छन्।

० बजेट एवं नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न के कस्ता योजना बनाउनुभएको छ ?
– दीर्घकालीन रूपमा प्रभाव छाड्ने गरी शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पूर्वाधार निर्माणलगायतका विषवस्तुलाई प्राथमिकीकरण गरी विभिन्न योजना बनेका छन्। यसको कार्यान्वयनका लागि विषयगत शाखालाई उचित परिचालन तथा प्रोत्साहन गरिरहेका छौँ। हामी पनि योजना कार्यान्वयनका लागि जनता, सरोकारवाला निकायसँग नियमित सम्पर्क र समन्वयकारी भूमिका खेलिरहेको छौँ ।

तपाइको प्रतिक्रिया
(Visited 783 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौंमा एकलाख मत गन्दा बालेन्द्रलाई १७ हजार मतान्तरको अग्रता, स्थापित तेस्रोमा झरे