गुटमा अल्झिएको एमाले

पोखरा । पोखरामा सोमबारदेखि सुरु एमाले गण्डकीको प्रथम अधिवेशनमा पार्टी गुट प्रस्ट छ । केन्द्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट गण्डकीका नेताहरू पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी दुवै यहाँ आआफ्नो प्रभुत्व स्थापित गर्ने कसरतमा छन् । गण्डकी सरकारका पूर्वमुख्यमन्त्री गुरुङ र अधिकारी प्रदेशको नेतृत्वमा आआफ्ना निकटका उम्मेदवारलाई अघि सारेका छन् ।

केन्द्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट गण्डकीका नेताहरू पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी दुवै यहाँ आआफ्नो प्रभुत्व स्थापित गर्ने कसरतमा छन् । लमजुङका गुरुङ र कास्कीका अधिकारीको शक्ति संघर्षको लडाइँ पहिलेदेखि नै हो ।

संघीय संरचनाको ६ वर्षपछि पहिलोपल्ट हुन लागेको प्रदेश अधिवेशनमा नेतृत्वका लागि हालका अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारी मैदान उत्रिँदै छन् । नवराज बागलुङका हुन् भने मायानाथ पृथ्वीसुब्बा गुरुङको गृह जिल्ला लमजुङका । तर, मायानाथलाई खगराज अधिकारीको समर्थन छ । पृथ्वीसुब्बाले नवराजलाई बोकेका छन् । सचिवमा हालका सचिव धनञ्जय दवाडी दोहोरिन चाहन्छन् । उनलाई अधिकारीनिकट रश्मि आचार्यले टक्कर दिइरहेका छन् । विद्यार्थी राजनीतिबाट उदाएका कास्कीका रश्मि हाल एमाले गण्डकी उपसचिव हुन् ।

नयाँ नेतृत्व चुन्न लाग्दा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘सर्वसम्मत नेतृत्वको विकल्प छैन । विभाजनले कसैको हित गर्दैन ।’ उनको यो विचारले पनि प्रस्ट हुन्छ कि एमालेमा गुट उपगुट कायम छ ।

लमजुङका गुरुङ र कास्कीका अधिकारीको शक्ति संघर्षको लडाइँ पहिलेदेखि नै हो । पार्टी उपमहासचिव गुरुङ मुख्यमन्त्री हुँदै अहिले संघीय सांसद छन् । यस्तै, संघ सरकारका पूर्वगृहमन्त्री अधिकारी गण्डकी सरकारका निवर्तमान मुख्यमन्त्री हुन् । उनी गत वर्षको चुनावमा संघीय सांसदबाट प्रदेशमा ओर्लिएका थिए । एमाले स्थायी कमिटी सदस्य अधिकारी प्रदेशमा एमाले संसदीय दलका नेता हुन् ।

दुई वर्ष पहिले भएको एमाले पोखरा महानगर कमिटीको चुनावताका होस् वा प्रदेश तहको चुनावमा गुरुङ र अधिकारी गुट छताछुल्ल पोखियो । गुरुङ संस्थापक मुख्यमन्त्री हुँदा आफ्नो प्रभाव लमजुङ मात्र नभई गण्डकीका सबै जिल्लामा फैलाउन खोजे । त्यसबेला प्रदेशका अन्य जिल्लामा एमाले नेतृत्व सर्वसम्मत हुँदा कास्कीमा भने गुरुङ र अधिकारी प्यानल नै खडा बन्यो । दुवै पक्ष आआफ्नो तवरले चुनावमा होमिए । त्यसबेला गुरुङनिकट कास्कीका मनबहादुर गुरुङ महानगर प्रमुखमा विजयी पनि बने । मनबहादुर अहिले संघीय सांसद बनेका हुन् ।

यो शृंखला यत्ति मै रोकिँदैन, स्थानीय तह चुनावमा पनि पोखरा महानगरपालिका मेयर उम्मेदवार छनोटसम्म दुवै पक्षको गुट देखाप¥यो । अधिकारीनिकट कृष्ण थापाले टिकट पाए पनि अन्ततः गुटकै चेपुवा तथा कांग्रेस–माओवादी–एकीकृतको गठबन्धनका कारण चुनाव हारे ।

आखिर जे भए पनि, एमाले गण्डकीमा नेतृत्वका लागि दुवैले आ–आफ्नो पक्षमा बहुमत प्रतिनिधि रहेको दाबी गर्दै चुनाव जित्ने बताउँछन् । गुटमा नखुलेका केही प्रतिनिधिलाई आफ्नो पक्षमा पार्न भित्रभित्रै अवाञ्छित गतिविधि भइरहेको पनि स्रोतले जनायो ।

खासमा रोचक कुरो छ त भने लमजुङका मायानाथ पृथ्वीसुब्बा मुख्यमन्त्री हुँदा संसदीय दलका प्रमुख सचेतक थिए । त्यसबेला गुरुङनिकट मायानाथ अहिले क्याम्प फेरेर अधिकारी गुटमा छिर्दै गुरुङ गुट भत्काउन चाहन्छन् ।

अधिकारी अहिले गृहजिल्ला कास्कीमा प्रभुत्व जमाउन सफल मानिएका छन् । उनले मायानाथलाई नेतृत्वका लागि अघि सारेका मात्रै छैनन्, एमाले सचिव पद्मा अर्याल, गण्डकी प्रदेश सभाका पूर्वसदस्य एवं पार्टी केन्द्रीय सदस्य राजीव पहारी र सचिवका उम्मेदवार रश्मिलाई पनि आफ्नो कित्तामा ल्याएका छन् । नेतृत्वका लागि यसअघि चर्चामा रहेका कृष्ण थापा, रामशरण बस्नेत, राजीव पहारी पनि मायानाथकै कित्तामा जाने तयारीमा रहेको एक सदस्यले बताए । प्रदेशसभाका पूर्वसदस्य कृष्ण थापा सांसद पद छाडेर पोखरा महानगरको चुनाव लडेका थिए । गोरखाका रामशरण गण्डकीका पूर्वभौतिक मन्त्री हुन् । कास्कीका राजीव युवा संघका पूर्वकेन्द्रीय अध्यक्ष हुन् । अधिकारीले एकता भन्दै सर्वसम्मत कृष्ण थापालाई नेतृत्वमा अघि सार्ने पनि प्रबल सम्भावना छ ।

एमालेमा सर्वसम्मतिको चर्को नारा चर्किरहँदा मतदानको समयसम्म दुई गुट सक्रिय रूपमा लाग्ने आंकलन छ । तर, चुनावमा प्यानलसहित आए कारबाही गरिने एमाले सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टको चेतावनी छ ।

ओली नआउँदा निराशा
अमरसिंहचौरमा अधिवेशन उद्घाटन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली आउने भनिएपछि कार्यकर्ताहरू ठूलो संख्यामा उतारिएको थियो । बिहान साढे ११ बजे सुरु हुने भनिएको अधिवेशनमा दिउँसो ४ बज्दासम्म ओलीलाई पर्खिरहे । तर, अन्तिममा मात्र गण्डकी सचिव धनञ्जय दवाडीले माइकबाट फुके, मौसम खराबीले ओली कमरेड आउन सक्नुभएन,’ यति भन्दै उनले महासचिव शंकर पोखरेललाई उद्घाटनका लागि बेलुन थमाए ।

दुई दिनसम्म चल्ने अधिवेशनमा प्रदेशका ११ जिल्लाबाट ९ सय ८ जना प्रतिनिधिले भाग लिएका छन् । अधिवेशन उद्घाटन गर्दै पोखरेलले एमालेलाई सरकारबाट हटाएर गठबन्धन सरकारले संगठनात्मक अराजकता निम्त्याएको बताए । उनले समृद्ध नेपाल, सुखी नेपालीको लागि एमाले नेतृत्वको सरकारको विकल्प नभएको दाबी गरे । उनले भने, ‘राजनीतिक दलहरू कहिले पनि पुराना हुँदैनन् । नीति र नेतृत्वमा समयक्रमसँगै अद्यावधिक हुँदै जान्छन् । यसको विकल्प रोज्नुभयो भने अराजकता निम्त्याउनु हो,’ उनले भने ।

अहिलेको सरकार कालोबजार प्रवद्र्धन गर्ने, मूल्यवृद्धि गर्ने तथा दसैंतिहारको मुखमा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर जनताको ढाड सेक्न उद्दत रहेको महासचिव पोखरेलको आरोप थियो । देशैभर एमालेको समानुपातिकमा पहिलो दल तथा प्रदेशका ६ वटा प्रदेशमा पहिले दल रहेको स्मरण गराउँदै उनले जनताले पार्टी एमाले हो भने । विगतमा ओली नेतृत्वको सरकारको पालामा विकास र समृद्धिको लहर सुरु भएको दाबी गर्दै अहिलेको सरकारले भने चरम आर्थिक मन्दीमा देशलाई फँसाएको बताए ।

प्रचण्डको चीन भ्रमण राजकीय भनिए पनि गेरु वस्त्र धारण गरी मन्दिरमा पूजाआजामा व्यस्त हुनु लज्जाको विषय हो भने । बाढी नियन्त्रण र सीमा सुरक्षामा प्रचण्ड छिमेकी मुलुकसँग झुकेको टिप्पणीसमेत गरे ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भिजन, नीति र योजनाबिनाको पार्टीले मुलुक हाँक्न नसक्ने टिप्पणी गरे । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेता गुरुङले लोकप्रियतामा टेकेर राष्ट्रिय स्वतन्त्रता पार्टीले युवालाई भ्रम छरिरहेको आरोप पनि लगाए ।

उद्घाटन समारोहमा पार्टी सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्ट, अर्का सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, पोलिट्ब्युरो सदस्य खगराज अधिकारीलगायतले पनि देशको विकास र समृद्धिका लागि एमाले एक मात्र विकल्पको पार्टी भएको बताए ।

एमाले गण्डकी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मोहन रेग्मी र सञ्चालन सचिव धनञ्जय दवाडीले गरेका थिए ।

कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य कौडा, नौमती, झोरा, लाखे नाच प्रस्तुत गरिएको थियो । सो अवसरमा एमाले नेता तथा जिल्ला विकास समितिका पूर्वसभापति पुण्यप्रसाद पौडेलद्वारा लिखित ‘समाज समीक्षा’ नामक पुस्तक विमोचन गरिएको थियो ।

अधिवेशन सुरु हुनुअघि पोखराका विभिन्न भागबाट ¥याली निस्केको थियो ।

उद्घाटन अमरसिंह चौरमा भए पनि पोखरा सभागृह हलमा बन्दसत्र हुनेछ ।

अधिवेशनमा सबैभन्दा धेरै १ सय ४६ जना प्रतिनिधि कास्कीबाट छानिएका छन् । अधिवेशनले १ सय ६५ सदस्यीय कमिटी निर्वाचित गर्दै समापन हुने अधिवेशन प्रचार कमिटी संयोजक रश्मि आचार्यले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरमा गठबन्धनले सार्वजनिक ग-यो चुनावी घोषणापत्र