‘शाओमी’ले खोस्ला ‘टेस्ला’को जमानत ?

विश्वमा व्यापारिक प्रतिस्पर्धा अमेरिका र चीनकै हो । अमेरिकी टेस्ला कार कम्पनी विश्वमा अब्बल रहँदै आएको थियो । त्यसलाई चीनले प्रतिस्पर्धाका लागि निम्तो देला कि नदेला भन्ने थियो । सबैको अनुमान अब ठीक हुन गएको छ । स्मार्टफोन निर्माता चिनियाँ कम्पनी शाओमीले विद्युतीय कार लञ्च गरेर विश्व कार बजारमा नयाँ तरङ्ग ल्याइदिएको छ । यसले हजारौंको संख्यामा अर्डर लिन सुरू गरिसकेको छ ।

टेस्लामा अमेरिकी धनाढ्य एलन मस्कको देन छ भने शाओमीमा चिनियाँ सरकारको ! टेस्ला कार कम्पनीले निर्माण गरेको विद्युतीय कारले एकललौटी विश्व बजारमा खाइरहेका बेलामा शाओमी विद्युतीय कार प्रतिस्पर्धामा उत्रिएको छ ।

टेस्लाको रोमाञ्चकारी यात्रा जस्तै शाओमीले पनि पहिलो इलेक्ट्रिक कार लञ्च गरेको २७ मिनेटमै ५० हजार कारको अर्डर लिइसकेको थियो । अहिले त यो लाखौंको सङ्ख्यामा पुगिसकेको छ । विश्व कार बिक्रिमा कमी आइरहेका बेलामा चुनौती लिएरै शाओमी देखा परेको व्यापारीहरूको टिप्पणी पनि सोचनीय छ ।

मुख्य कार्यकारी अधिकृत ली जुन कम्पनीको सफलतामा मख्ख छन् । उक्त कम्पनीको स्टाण्डर्ड एसयू–७ मोडेलको कारको मूल्य दुई लाख १५ हजार ९०० युआन राखिएको छ । शाओमी कारको मूल्य विश्व बजारमा २९ हजार ८७२ डलर रहेको छ ।

चीनमा निर्माण हुँदै आएको म्याक्स भर्सनको मूल्य २ लाख ९९ हजार ९०० युआन रहेको छ । शाओमीको आगमनसँगै विश्व कार बजारमा नयाँ मूल्यमा नयाँ प्रतिस्पर्धा सुरू भएको छ । शाओमीले विद्युतीय कारको आगमनले टेस्ला तथा बिवाइडीजस्ता ठूला विश्व कार खेलाडीहरूलाई प्रतिस्पर्धाको रङ्गमञ्चमा उतारिदिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महोत्तरीको बल्वा नगरपालिकामा हवाई फायर