Sunday, May 16, 2021
Home प्रदेश प्रदेश ४ उपचार नगरी बिरामी फर्काउने अस्पताल बन्द गर्ने सरकारको चेतावनी

उपचार नगरी बिरामी फर्काउने अस्पताल बन्द गर्ने सरकारको चेतावनी

,


पोखरा । गण्डकी प्रदेश सरकारले काेराेनाकाे आशंकामा बिरामीकाे उपचार नगर्ने प्रदेश क्षेत्रका निजी तथा सामुदायिक अस्पताललाई कारबाहीकाे चेतावनी दिएकाे छ।

केही दिनदेखि केही अस्पतालले सामान्य ज्वरो तथा रुघा खोकीका बिरामीको उपचार गर्न आनाकानी गरी बिरामी फर्काउने गरेको घटनाप्रति ध्यानाकर्षण जनाउँदै साे चेतावनी दिएकाे हाे।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा शनिबार बसेको मन्त्रिपरिषद बैठकले कुनै पनि बहानामा तत्काल उपचार नगरी बिरामी फर्काउने जस्ता गैरकानूनी काम गर्ने अस्पताललाई बन्द समेत हुने गरी कारबाही गरिने निर्णय भएकाे सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए ।

सरकारी निकाय वा निजी वा सामुदायिक क्षेत्रका वा विश्‍वविद्यालय वा अन्य शैक्षिक क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थाहरुले आफूकहाँ आएका जुनसुकै बिरामीलाई अनिवार्य रुपमा उपचारको व्यवस्था नमिलाई फर्काउने जस्ता गैरजिम्मेवार कार्यमा रोक लगाउने व्यवस्था गर्न तथा त्यसरी तत्काल उपचारको व्यवस्था नमिलाएमा त्यस्तो अस्पताल वा संस्थाको प्रमुख तथा जिम्मेवार पदाधिकारीलाई संक्रमण रोग ऐन, २०२० लगायत प्रचलित कानूनअन्तर्गत आवश्यक कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिने निर्णय भएको बस्नेतले जनाए ।

उक्त बैठकले कोराेना रोकथाम, नियन्त्रण तथा उपचारको सम्बन्धमा कर्मचारीलाई तयारी राख्नुपर्ने भएको हुँदा सामाजिक विकास मन्त्रालय तथा मातहतका निकाय एवं स्वास्थ्य सेवासँग आवद्ध निकायका कर्मचारीका सुत्केरी बिदा तथा किरिया बिदा बाहेकका अन्य बिदा स्वीकृत नगर्ने, स्वीकृत भई सकेका समेत रद्द गरी त्यस्ता कर्मचारीलाई तयारीमा राख्ने र अर्को आदेश नभएसम्मको लागि स्वास्थ्य सेवासँग आवद्ध कर्मचारीहरुको राजिनामा समेत स्वीकृत नगर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको छ ।

त्यसैगरी रोगको रोकथाम, नियन्त्रण तथा उपचारको सम्वन्धमा आवश्यक पर्ने सामग्री, औषधी तथा उपकरण प्रतिस्पर्धाको आधारमा तत्काल खरिद गर्ने व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउने र निर्धारीत अवधिभित्र प्रतिस्पर्धाको आधारमा पर्याप्त सामग्री, औषधी तथा उपकरण आपूर्ति हुन नसकेमा नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा अन्य सम्वद्ध निकाय समेतसँग आवश्यक समन्वय गरी सहज आपूर्तिको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

कोराेना रोकथाम, नियन्त्रण तथा उपचारको काममा खटाइएका सरकारी निकाय, निजी वा सामुदायिक क्षेत्रका वा विश्‍वविद्यालय वा अन्य शैक्षिक क्षेत्रका कर्मचारीहरुले अनिवार्य रुपमा आ आफ्नो जिम्मेवारी सम्हाल्न जाने गरी सामाजिक विकास मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिने र सोको जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई दिने, प्रदेश सरकार अन्तर्गतका मन्त्रालय तथा सबै कार्यालयका प्रमुखहरु अनिवार्य रुपमा मन्त्रालय तथा कार्यालयमा हाजिर हुन तथा अन्य कर्मचारीहरुलाई जुनसुकै बखत कार्यालयमा उपस्थित हुने व्यवस्था मिलाउन प्रदेश सरकारअन्तर्गतका सबै मन्त्रालय तथा कार्यालयका प्रमुखहरुलाई निर्देशन दिइएको छ।

साथै उक्त बैठकले रोगको रोकथाम, नियन्त्रण तथा उपचारको कार्यमा असहयोग गर्ने, बाधा व्यवधान पुर्‍याउने व्यक्ति वा संस्थालाई संक्रामक रोग ऐनबमोजिम तत्काल कारबाही गर्न सबै स्थानीय प्रशासनलाई निर्देशन दिने, कोभिड—१९ रोगको रोकथाम, नियन्त्रण तथा उपचारको सम्बन्धमा चालक सहितको एम्वुलेन्सहरु जुनसुकै अवस्थामा प्रयोग गर्न सकिने गरी तयारी हालतमा राख्ने व्यवस्था मिलाउन र सोको प्रगति मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जानकारी गराउन सम्वन्धित स्थानीय प्रशासनलाइ निर्देशन दिइएको छ ।

राेग आशंकित व्यक्तिहरुको निगरानी तथा स्वास्थ्य परीक्षण गर्ने, क्वारेन्टाइन, आइसाेलेसन तथा डेडिकेटेड अस्पताल व्यवस्थापन गर्न तथा नियन्त्रण, रोकथाम तथा उपचारको कार्य प्रभावकारी बनाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ भने विदेशबाट आई क्वारेन्टाइनमा आफूखुसी बस्दै आएका व्यक्तिहरुलाई आवश्यकता र प्राथमिकता आधारमा अनिवार्य रुपमा स्वाब परीक्षण गर्ने व्यवस्था मिलाउन मन्त्रालयअन्तर्गत स्वास्थ्य संघसस्था, जिल्ला प्रशासन कार्यालय तथा सबै स्थानीय तहलाई निर्देशन दिइएको छ ।

(Visited 185 times, 1 visits today)
Loading comments...

आजको समाचार

सर्वोच्चमा ‘भर्चुअल’ बहस पैरवी

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ संक्रमण ध्यानमा राखेर मुद्दा बहस पैरवी ‘भर्चुुअल’ माध्यमबाट गर्ने भएको छ । सर्वोच्चको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय...

बुधबारबाट अरुण तेस्रोको काम ठप्प

संखुवासभा । संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारबाट अवरुद्ध भएको छ । सुरुङ भित्र मजदुरको मृत्यु भएपछि...

ओली ४२औं प्रधामन्त्री

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले तेस्रोपटक पद तथा गोपनीयताको शपथ लिएका छन् । २४ असोज २०७२ मा पहिलोपटक देशको कार्यकारी...

काेराेना संक्रमणबाट १८७ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९)...

सुनसरीमा सेना परिचालन

इटहरी । सुनसरीमा सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि जेठ १५ गतेसम्म लागू हुनेगरी फलफूल, तरकारी, माछामासु तथा दूध डेरी...

साताका लोकप्रिय समाचार

औषधिको नाममा बिष व्यापार

मानपुर दाङकी रविना क्षेत्रीले २ कट्ठा जग्गामा साउन २०७७ मा गोलभेंडा खेती गरिन् । गोलभेंडाका बिरुवामा एक्कासी किरा लागेपछि रबिनाले घोराहीको अनुप एग्रोभेटबाट ‘साइफर...

काठमाडौँ उपत्यकामा भोलिदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं । काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड ¬१९ को जोखिम बढ्दो...

‘पहिले मुद्दा फिर्ता त्यसपछि सरकारमा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै...

कालिमाटी तरकारी बजारमा खुद्रा कारोबार बन्द, थोक यथावत

काठमाडौँ । कालिमाटी फलफुल तथा तरकारी बजारमा हुँदै आएको खुद्रा कारोबार र किसान बजार तत्कालको लागि बन्द भएको छ । पछिल्लो समय कोरोना भाइरस...

यसरी बन्न सक्छन् देउवा प्रधानमन्त्री

नयाँ सरकारको कसरत काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएसँगै नयाँ सरकार गठनको जोडघटाउ पेचिलो बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा...

ट्रेन्डिङ

सरकारविरुद्ध मोर्चाबन्दी तयारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध मोर्चाबन्दीको तयारी थालेको छ । सरकारका गतिविधिहरू एकपछि अर्को गर्दै विवादित बन्न थालेपछि प्रतिपक्षमा प्रमुख...

सङ्क्रमित एकको नतिजा नेगेटिभ

चितवन । भरतपुर अस्पतालमा रहेका दुई कोरोना सङ्क्रमितमध्ये एक जनाको नतिजा नेगेटिभ आएको छ । उपचार गराइरहेका आमाछोरामध्ये छोराको नतिजा नेगेटिभ आएको अस्पतालका अध्यक्ष...

बझाङका ४ स्थानमा हेल्थ डेस्क स्थापना, एसईई परीक्षा केन्द्रमा पनि राखिने

बझाङ । कोभिड–१९ (कोरोना भाइरस) को उच्च जोखिमलाई मध्यनजर गर्दै बझाङ जिल्लाका चार स्थानमा हेल्थ डेस्क स्थापना गरिएका छन् । जयपृथ्वी राजमार्ग अन्तरगत विथ्डचिर...

एउटा परिवारको दारुन कथा

इलाम । भारत कोलकातास्थित दमदम सेन्ट्रल जेलमा ४० वर्ष रहेका दीपक तिम्सिनामा घर फर्केपछि परिवारमा खुसी छाएकाे छ । हाल माइनगरपािलका १० का तिम्सिनाकाे ...

कोरोना संक्रमणबाट मोरङमा थप दुई जनाको मृत्यु

मोरङ । कोरोना भाइरसको संक्रमणबाट मोरङमा थप दुई जनाको मृत्यु भएको छ । बुधबार विराटनगर ९ गुद्रीका एकजना पुरुष र रंगेली ८ का एकजना...

सिन्धुपाल्चोकमा चार जनाको कोरोना रिपोर्ट नेगेटिभ

सिन्धुपाल्चोक । कोरोना भाइरस (कोभीड–१९) सँग मिल्दोजुल्दो लक्षण देखिएपछि आइशोलेसनमा राखिएका सिन्धुपाल्चोकका चारै जनामा कोरोना नभएको पुष्टि भएको छ । बाह्रविसे स्वास्थ्य केन्द्रको आइशोलेशनमा...

उपत्यका वरिपरी ५ लाख पर्यटक अट्ने पूर्वाधार तयार गर्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले काठमाडौ उपत्यका वरिपरी पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल...

२५ जना भन्दा बढी मलामी जान नपाइने, भोलिदेखि पशुपतिमा आरती बन्द

काठमाडौं । पशुपति क्षेत्रविकास कोषले कोरोना भाइरसको संक्रमणबाट बच्न २५ जनाभन्दा बढी मलामी नआउन आग्रह गरेको छ । सरकारको निर्देशनलाई पालना गर्दै आफन्त...

काठमाडौंबाट स्याङ्जा गएको एम्बुलेन्स दुर्घटना, दुईको मृत्यु, दुई गम्भीर

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका ५ मजकोटमा एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक गर्भवती महिलासहित दुई जना...

हिन्दी गीतमा नेपाली माेडलले गरिन् अभिनय

काठमाडाै‌ं ।  नेपाली कलाकार नेपालमा मात्र नभएर पुरै विश्वमै ख्यातीप्राप्त गर्दै आइरहेका छन् । पछिल्लो समय यस्तै चर्चाको शिखरमा छिन् सभ्यता गिरी । सभ्यता गिरी...

कोरोना भाइरसका चौथो संक्रमित धनगढीमा भेटियो

धनगढी । धनगढीमा एक जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारत एक जनामा कोरोना भाइरसको...

पर्वतमा ८ जना कोरोना संक्रमित डिस्चार्ज

पर्वत । लक्षण विना नै कोरोना संक्रमीत बनेका पर्वतका ८ जना विरामी बिहीवार डिस्चार्ज भएका छन् । संक्रमण पुष्टि भएको १४ औं दिनको दिनमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)