सेवाग्राही र सेवा प्रदायकबीच नागरिक सुनुवाई कार्यक्रम

संखुवासभा । सेवाग्राही र सेवा प्रदायक बिचको दोहोर सम्बन्ध स्थापित गर्न जिल्ला प्रहरी कार्यालय संखुवासभाको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम गरिएको छ ।सेवाग्राही र सेवा प्रदायक बिचको असमझदारीलाई हटाई सुशासन, पारदर्शीता, जवाफदेहिता र जिम्मेवारीको बोध गराई सुशासनमा सहयोग पु¥याउन प्रहरी कार्यालयले नागरिक सुनुवाई कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाको आयोजनामा पाँचखपन नगरपालिकाको वाना बजारमा नागरिक सुनुवाई कार्यक्रम गरिएको हो ।

नागरिक सुनुवाई कार्यक्रममा बोल्नु हुँदै जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले सुशासन कायम गर्न र राज्यले गर्न सेवा प्रवाहमा सुधार आउने बताए । राज्यको ऐन कानुन नबुझेर पनि प्रश्न उठेको छ कि भनेर सबै सरकारी कार्यालयले नागरिक सुनुवाइ गर्नु पर्ने समन्वय प्रमुख शाक्यले बताए ।

सेवाग्राही र सेवा प्रदायक बिचको असमजदारीलाई हटाई सुशासन,पारदर्शिता, जवाफदेहिता र जिम्मेवारीको बोध गराउने उद्देश्य अनुसार नागरिक सुनुवाई कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । नागरिकलाई सहज ढंगबाट आफ्ना अवस्था, काम, कर्तव्य अधिकार तथा सेवाग्राही र प्रदायकबीच समझदारी कायम गर्दै नागरिक–प्रहरी एक हौं भन्ने बुझाइलाई नागरिकको घरदैलोमा पु¥याउन नागरिक सुनुवाई कार्यक्रम गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

प्रहरीले अपराध नियन्त्रण र अपराध अनुसन्धानमा प्रहरी कुनै कसर नराखी काम गरिरहेको प्रहरी नाउव उपरीक्षक श्रेष्ठले बताए । प्रहरी सेवा प्रदायक बिचको असमजदारीलाई हटाउन प्रहरी साझेदारी कार्यक्रम अन्तर्रगत नागरिक सुनुवाई कार्यक्रम सञ्चालन गरिएको प्रहरी नायव उपरीक्ष श्रेष्ठको भनाइ छ ।

पछिल्लो समयमा नेपाल प्रहरीले नागरिक र स्थानीय समुदायसँग साझेदारी गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रममा प्रहरीलाई नागरिक मैत्री प्रहरी बन्ने सुझाव दिएका थिए । कार्यक्रमका बक्ताहरुले नागरिक प्रति पारदर्शिता,जवाफदेहि र उत्तरदायि हुनु पर्ने बताएका छन् । कार्यक्रममा प्रहरी निरिक्षक अशोक कुमार जगेवुले आर्थिक बर्षमा प्रहरी कार्यालयले गरेका काम कार्रवाहीको जानकारी गराएका थिए ।

जिल्ला प्रहरी कार्यालयमा आर्थिक बर्षमा अपराध अनुसन्धान तर्फ २०७९–०८० मा एक सय ८८ मुद्दा दर्ता भएका थिए भने २०८०–०८१ मा एक सय ४२ मुद्दा दर्ता भएका छन् । त्यस्तै गरी गत आर्थिक बर्षमा ठुला तथा मझौता र दुई पाङ्ग्र गरी ३ हजार तीन सय ५५ सवारी साधन कारर्वाहीमा परेका छन् । जसबाट १९ लाख ६३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । जिल्लामा २८ वटा सवारी दुर्घटना हुँदा ४१ घाइते र ६ जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वतन्त्र उम्मेदवारलाई जनताको हितमा काम गर्न सघाउनुपर्छ : महामन्त्री शर्मा