बागलुङकी ६५ बर्षिया संक्रमित महिलाको दोस्रो रिपोर्ट पनि पोजेटिभ

बागलुङ । धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित ६५ बर्षिया महिलाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । यससँगै उनीको असप्ताल बसाइ लम्बिएको छ ।

नेपालको छैठौं विरामी रहेकी उनको पुनः स्वाब संकलन गरि परिक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बुधबार पठाइएको थियो । शनिबार विहान उक्त स्वाबको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

संक्रमित महिला धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेसनमा उपचाररत हुनुहुन्छ । शनिबार विहान रिपोर्ट पोजेटिभ आएपछि अबको केहि दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने अस्पतालले जनाएको छ ।

४ चैतमा बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल घर आएकी बागलुङकी १९ बर्षिया युवतीको चैत १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । युवती कोरोना संक्रमित देखिएपछि सँगै आएकी ६५ बर्षिया महिलाको स्वाब परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमित दुवै धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ड डाक्टर शैलेन्द्र बि. पोखरेलले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अख्तियार प्रमुख राई आफैंले गरेको निर्णय देखेनन्

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा जनमोर्चा र माओवादी केन्द्र विजयी