ट्याक्टरबाट खसेका युवकको मृत्यु

नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणीमा रहेको विनयी खोलामा सोमबार राति बालुवा चोर्न जाने क्रममा ट्याक्टरबाट खसेर एक जना मजदुरको मृत्यु भएको छ ।

सोमबार राति १ बजेको समयमा विनयी खोलाबाट बालुवा चोर्न जाने क्रममा विनयी त्रिवेणी वडा नं. ३ बस्ने बर्ष २६ का प्रविन चौधरी ट्याक्टरबाट खसेर घाइते भएका थिए । घाइते भएका चौधरीको रातिनै भरतपुर अस्पतालमा उपचारको लागी लगिएको थियो ।

चौधरीको उपचारको क्रममा मंगलबार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । चौधरी राती लु ३ त ९१८३ नम्वरको ट्याक्टरमा विनयी खोलाको बालुवा लोड गर्न गएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

epaper

ताजा समाचार

स्वस्थ बुढ्यौली र हजुरआमाको सम्मानका लागि ‘दौडिन्छिन् हजुरआमा’