पोषण सामाग्रीसहितको झोला पाउँदा गर्भवती र सुत्केरी दंग

सप्तरी, राजविराज । पोषणयुक्त सामाग्रिसहितको झोला पाएपछि यहाँका विपन्न समुदाय खुशी भएका छन् ।

पोषण कार्यक्रम अन्तरगत राजविराज नगरपालिका तथा युनिसेफले संयुक्त रुपमा गर्भवती र सुत्केरी महिलालाई पोषणयुक्त सामाग्रिसहितको झोला बितरण गर्न थालेपछि यहाँका विपन्न समुदाय खुशी भएका हुन् ।

कार्यक्रम अन्तरगत शनिबार राजविराज नगरपालिका वडा नं. २ का ६० जना गर्भवती र सुत्केरीलाई पौष्टिक आहारसहितको झोला बितरण गरिएको छ ।

राजविराज नगरपालिकाकी उपप्रमुख साधना झाले कुपोषणको सिकार यहाँका बालबालिका र पोषण अभाव झेलिरहेका महिलाको स्वास्थ्य स्तर उकास्न पनि पोषणयुक्त सामाग्रि बितरण गर्न थालिएको बताईन् ।

दुई दिनअघि नगरको वडा नं. १४ र ५ मा समेत ६०/६० जना विपन्न समुदायका गर्भवती र सुत्केरी महिलालाई पोषणयुक्त सामाग्रि उपलब्ध गराईसकिएको जानकारी उनले नगरका सबै १६ वटै वडामा यो कार्यक्रम लैजाने योजना बनाएको बताईन् ।
नगरमा दुई वर्षदेखी सुनौला हजार दिन कार्यक्रम संचालनमा छ । सोही अन्तरगतको बहुक्षेत्रिय पोषण कार्यक्रम तालिका अनुसार विपन्न समुदायलाई लक्षित गरि वडा वडामा स्वमसेवक मार्फत विपन्न समुदायकी गर्भवती र सुत्केरीको पहिचान गरि पोषण सामाग्रि उपलब्ध गराउन थालिएको सहजकर्ता रन्जिता कुमारी यादवको भनाई छ ।

यो कार्यक्रम संचालन भएपछि विपन्न बस्तीमा पनि गर्भवती हुँदा पोषणयुक्त खानेकुरा खाने बानीको विकास भएको छ । राजविराज वडा नं. ५ की महिला अगुवा रक्षा चौधरी गरिबका लागि यो पोषण कार्यक्रम जिवनदान जस्तै भएको बताइन् । हामी निकै खुशी छौं, उनले भनिन् “यो कार्यक्रम संचालन भएपछि विपन्न समुदायकी महिला पोषणयुक्त आहारा मात्र पाएकी छैनन्, पोषण अभाव झेलिरहेका महिलाले स्वास्थ्य स्तर उकास्न ज्ञान पनि पाएकी छिन् ।”

कार्यक्रमले गर्भवती र सुत्केरी महिलाको आत्मविश्वास समेत बढाएको उनको भनाई छ । लक्षित समुदायलाई प्रत्यक्ष लाभ मिल्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिइराख्नु पर्ने स्थानिय बुद्धिजिविको सुझाव छ ।

तपाइको प्रतिक्रिया
(Visited 279 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आक्रामक अभिभावक ओली !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतगणना धमाधमः कांग्रेस एमालेबीच नै टक्कर