फस्ट लुक्समा ‘किन लाग्छ माया’

काठमाडौं । नेपाली चलचित्र ‘किन लाग्छ माया’को फस्ट लुक्स (पोष्टर) सार्वजनिक गर्दै यसको रिलिज मिति घोषणा गरिएको छ । एस एन्ड एस प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्र आगामी ६ चैतमा नेपाल सहित विभिन्न देशमा रिलिज गरिने भएको छ ।

यो चलचित्रमा सन्जीत भण्डारी, जाहन्वी बस्नेत, ऋचा थापा, धिरेन शाक्य, पवित्रा सांकी, हिउँवाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, राजेन्द्र खड्की, गीता अधिकारी, रामकाजी घिमिरे, रवीन्द्र खड्का, सुनिल कटुवाल, नारायण प्रधान, सुभाष गजुरे, सेड रियलललगायत कलाकारहरूको अभिनय रहेको छ ।

निर्देशक कुबेर तामाङका अनुसार यो चलचित्रले दाजुभाइबिचको मित्रता, एक–अर्काप्रतिको जिम्मेवारी, त्याग, र विवाहपछि श्रीमान –श्रीमतीबिच विकसित हुने प्रेमलाई प्रस्तुत गरिएको छ ।

‘किन लाग्छ माया’मा राजेन्द्र खड्गीको द्वन्द्व निर्देशन, रामशरण उप्रेतीमा छायांकन, पुष्कर सुनुवार र राजेन्द्र बजगाईको संगीत, रामजी लामिछाने, नितिन वाइबा, अभि वाग्लेको कोरियोग्राफी र टेकेन्द्र शाहको सम्पादन छ । जसमा सेड रियलको कथा, रामकाजी घिमिरेको पटकथा, संवाद छ ।

तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)

epaper

ताजा समाचार

विराटनगरमा महेश बस्नेतलाई रातो मसी छ्याप्ने को ?