पोखरा । साहित्य, संस्कृतिको प्रवद्र्धन एवं समग्र हेमजाको पहिचान बढाउने उद्देश्यले पोखरा २५, हेमजामा शुक्रबारदेखि साहित्य महोत्सव सुरु भएको छ ।
दुई दिनसम्म चल्ने उक्त महोत्सवको पहिलो दिन विविध विषयमा संवाद तथा साहित्यिक गतिविधि भए । दोस्रो दिन कविवर मुकुन्दशरण उपाध्यायलाई जन्मस्थल हेमजामा रथारोहणसहित अभिनन्दन गरिने मूल समारोह समिति उपाध्यक्ष कोविदशरण उपाध्यायले बताए । उनका अनुसार शुक्रबार नेपाली नाटक तथा रंगमञ्च, महाकाव्य लेखन, नेपाली आख्यान, मुक्तक, गीत, गजल, लघुकथा र कविता विद्याका ’boutमा परिसंवाद भएको छ ।
नेपाली नाटक तथा रङ्गमञ्च’bout प्राडा रामचन्द्र पोखरेल, कृष्ण उदासी र पुरु लम्सालले बहस गरे । त्यसको सहजीकरण प्राञ्जलले गरेका थिए ।
अर्को सत्रमा डा. नवराज लम्साल, माधव वियोगी र डा.रमेश शुभेच्छुले ‘वर्तमान समयमा महाकाव्य लेखन’ ’bout बहस गरे । जसको सहजीकरण प्राडा जगन्नाथ रेग्मीले गरे ।
सोही अवसरमा साहित्य महोत्सवबीच वर्तमान् सन्दर्भमा नेपाली आख्यान विषयमा परिचर्चा पनि भयो । ज्ञानु अधिकारी, डा.रजनी ढकाल, तीर्थ गुरुङले चर्चा गरेकोमा डा. भूमिराज वस्ताकोटीले सहजीकरण गरे ।
देशभरबाट करिब सय जना स्रष्टाले भाग लिएको महोत्सवमा मुक्तक, गीत, गजल, लघुकथा र कविता विधा’bout पनि संवाद भएको महोत्सव संयोजक छन्दमणि त्रिपाठीले जानकारी दिए ।
सम्बन्धित समाचार
बुवा हत्या अभियोगमा विक पक्राउ
प्रेस काउन्सिलविरुद्ध अन्तरङ्गले फेरि हाल्यो मुद्दाः कारण देखाउ आदेश जारी
पोखरामा दाइँ महोत्सव
लमजुङ एमाले महाधिवेशन प्रतिनिधि छनौटको निर्वाचनमा न्यून मदतान
करणी अभियोगमा सुनार पक्राउ
पोखरामा गृहमन्त्रीविरुद्ध सुदनको आक्रोश
पोखरा बचत सहकारी हिनामिना प्रकरण
फेवाताल किनारमा सडक महोत्सव






