निजी क्षेत्रको विकास भए मात्र समृद्धि सम्भव : मन्त्री शाह

दैलेख । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले निजी क्षेत्रको विकास भएमात्र देशमा समृद्धि सम्भव हुने बताए । दैलेख उद्योग वाणिज्य सङ्घ दैलेखको आयोजनामा भएको कर्णाली प्रदेश स्तरीय चौथो दैलेख महोत्सव–२०८३ को उद्घाटन समारोहमा बोल्दै मन्त्री शाहले यस्तो बताएका हुन् ।

“उद्यम, कृषि, पर्यटन र समृद्ध दैलेखको मूल आधार” भन्ने नारा र्‍याली विभिन्न झाँकीसहित उद्घाटन गरिएको महोत्सवमा बोल्दै मन्त्री शाहले भने, ‘निजी क्षेत्रले विगतदेखि उठाउँदै आएका सकारात्मक कुरालाई बर्तमान सरकारले सहमति जनाउँदै कार्यान्वयन गरि अगाडी बढाए निजी क्षेत्र दिगो विकासको मेरुदण्ड बन्न सक्छ । दिगो विकास,सुशासन भए आम नागरिकको हितमा हुने त्यसले देशलाई समृद्धिको बाटोमा हिडाउन सहज हुन्छ ।’

व्यवसायीको हितमा नभएका ऐन, नियमलाई अहिलेको सरकारले संशोधन गर्नुपर्छ । जिल्लाको विकासका लागि आम नागरिक जागरूक हुनुपर्छ । विगतको तुलनामा दैलेख जिल्लाले फड्को मारेको छ। तर आम नागरिकको आशा अनुसार भने कामहरू नभएको मन्त्री शाहले जानकारी दिए ।

कर्णालीका सबै जिल्लामा कृषि वस्तुको उत्पादनका लागि प्रदेश सरकारले काम गर्दै आएको छ । प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री शाहले मुलुकको अर्थतन्त्र कमजोर रहेकाले नागरिकको चाहना अनुरूप राज्यले काम गर्न सकेको छैन । कर्णालीको विकासको मेरुदण्ड जल जंगल,जडिबुटि र पर्यटन भएकाले राज्य र निजी क्षेत्रको समन्वयमा ति चिजबस्तुको सहि सदुपयोग गरि पर्यटन क्षेत्रको विकासमा लाग्नुपर्ने धारणा राखेँ ।

शाहले थपे ‘कर्णालीमा पर्यटन क्षेत्रको ठुलो सम्भावना छ । यसलाई उपयोग गर्नु आवश्यक छ । यहाँका पर्यटकीय क्षेत्रको संरक्षण र प्रचारप्रसार निजी क्षेत्र र तीन तहका सरकार बिचको समन्वयमा मात्र सम्भब भएकोले कृषिमा उत्पादन बढाई आमनागरिक आत्मनिर्भर हुनुपर्नेमा जोड दिए ।

कर्णालीमा निर्माणको चरणमा रहेका ठुला आयोजना सम्पन्न गर्न केन्द्र सरकारले तदारुकता लागी पर्न शाहले आग्रह गरे । उद्योग वाणिज्य सङ्घ दैलेखले अघि सारेको कोसेली घर निर्माण अभियानलाई सार्थक बनाउन कानुनको परिधिभित्र रहि लागि पर्ने आश्वासन दिए । अहिलेको व्यवस्थाका आधार स्तम्भ राजनीतिक दलहरू भएकाले सबै दलले आम जनताका निम्ति काम गर्नु नै अहिलेको आबश्यकता हो ।

महोत्सव उद्घाटन समारोहमा बोल्दै,दैलेख उद्योग वाणिज्य सङ्घ दैलेखका अध्यक्ष नरेन्द्र थापाले पर्यटकीय स्थलको प्रचारप्रसारका साथै स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ चौथो दैलेख महोत्सव–२०८३ को आयोजना गरिएको जानकारी दिए । महोत्सव मूल समारोह समितिको संयोजक समेत रहेका थापाले स्थानीय उत्पादन प्रवर्धन गर्नु दैलेख उद्योग वाणिज्य सङ्घ दैलेखको मुख्य उद्देश्य रहेकोले महोत्सव संचालन गरिएको हो ।

सोहो कार्यक्रममा बोल्दै,कर्णाली प्रदेश सरकारका सामाजिक विकास समितिका सभापति पूर्ण बहादुर खत्रीले कर्णाली प्रदेश सरकारले यस अघिको ल्याएको बजेट व्यवसायीमैत्री नल्याएको आरोप लगाए । उनले भने, प्रदेश सरकार अघिल्लो आर्थिक बर्षमा ल्याएको बजेट उधोग र ब्यबासायिक मैत्री नभएकोले स्थानीय तह ब्यवसायिकहरु संग समन्वय गरि ल्याउनु पर्ने बताए । अब बन्ने बजेटमा व्यवसायीका पछिल्ला माग सम्बोधन गर्नतर्फ म लागि पर्ने छु,खत्रीले आश्वासन दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य पदम बहादुर शाहीले महोत्सवका माध्यमबाट स्थानीय उत्पादित वस्तुलाई थप बजारीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रदेश सरकारले ल्याएका केही नीतिले व्यवसायीलाई लगानीमा असहज भएको बताए । सङ्घीय सरकारले अघि सारेका केही नीतिले लगानी गर्ने वातावरणमा असर पर्ने जिकिर गरे ।

‘सरकारले निजी क्षेत्र समेत अख्तियारले हेर्ने भन्ने विषय आएको छ, यसले लगानीमा समस्या सिर्जना गर्ने देखिन्छ । विकासका लागि सबै तहका सरकारले निजी क्षेत्रसँगको सहकार्यमा जोड दिन आवश्यक छ उनले भने ।’

उद्योग वाणिज्य सङ्घ कर्णाली प्रदेशका अध्यक्ष धनबहादुर बुढाले मुलुकको विकासका लागि राज्य र निजी क्षेत्रको समन्वय अपरिहार्य रहेको औँल्याए । सरकारले व्यवसायीमैत्री तिनी नियम ल्याउनुपर्ने बताउँदै राज्यले निजी क्षेत्रलाई पेल्ने काम गर्दै आएको आरोप लगाए । प्रदेश अध्यक्ष बुढाले राज्यको कर नीतिले व्यवसायी समस्यामा रहेका जनाउँदै बैकमा पुजी थुप्रिनु राज्यले लगानीमा सही नीति अपनाउनु रहेको बताए ।

तिनै तहका सरकार निजी क्षेत्रमैत्री हुनुपर्नेमा जोड दिए । ‘राज्य निजी क्षेत्रबाट पर रहेको देखिन्छ । विभिन्न नाममा कर लिन तर, सुविधा दैनन्दिन । व्यापारीका समस्याप्रति तीन तहका सरकारले ठोस नीतिको अवलम्बन गर्नु आवश्यक छ ’, उनले भने ।

महोत्सव उद्घाटन समारोहमा नारायण नगरपालिकाका कार्यवाहक नगरप्रमुख तप्ता कुमारी थापाले यहाँको कला संस्कृतिको जगेर्ना गर्न लागि महोत्सवले मद्दत पु¥याउने बताइन् । उनले मुलुकको विकासका लागि स्थानीय सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न प्रतिबद्ध रहेको जनाइन् । कार्यक्रममा बोल्दै पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णुप्रसाद शर्माले राज्यले अघि सारेका राम्रा नीति अवलम्बन गर्दै समृद्ध मुलुक निर्माणमा एकाग्र हुनुपर्नेमा जोड दिए ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

लागुऔषधका कारोबारी पक्राउ