निताले २२ दिनमा सकिन् ‘पार्वती’

काठमाडौं । गत २४ चैतबाट छायांकन सुरु भएको चलचित्र ‘पार्वती’को २२ दिनमा छायांकन सकिएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा मंगलवार बेलुका अन्तिम दृश्य खिच्दै ‘इन्ड क्लाप’ गरिएको अभिनेत्री एवम् निर्देशक निता ढुंगानाले बताएकी छिन् । जसमा नितासँगै दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, आशा पौडेललगायतको अभिनय छ ।

निता ढुंगाना फिल्मस्को ब्यानरमा निर्माण यस चलचित्रलाई अभिनेत्री तथा निर्मात्री निता ढुंगानले डेब्यु निर्देशन गरेकी हुन् । जसमा निताकै कथा तथा पटकथा रहेको छ । यसको संवाद शिवम् अधिकारीले लेखेका हुन् ।

सुदिप बरालको डिओपी रहेको यस चलचित्रमा सरोज अधिकारी क्रियटिभ निर्देशक छन्। सरोज कार्टुन क्रुका डान्सर तथा निर्देशक हुन् । यसको प्रोडक्सन म्यानेजर र कार्यकारी निर्मातामा शंकर पाण्डे छन् भने निर्मातामा हरिहर अधिकारी छन् । चलचित्रलाई १२ भदौमा रिलिज गरिने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रपति पौडेलले गरे सरकारले पठाएको अध्यादेश जारी