काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी मंसिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने घोषणा गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले आगामी ११ मंसिरदेखि १५ मंसिरसम्म काठमाडौंमा महाधिवशेन गर्ने निर्णय गरेको हो ।
आगामी साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा सदस्यता विस्तार अभियान सञ्चालन गर्ने, १५ भदौसम्म वडा, १६ भदौदेखि मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला र १५ कात्तिकसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
आगामी जेठ मसान्तभित्र केन्द्र, प्रदेश, जिल्ला, स्थानीय पालिका, वडा तथा टोल तहसम्मका संगठनात्मक र पार्टी तथा जनवर्गीय÷मोर्चा संगठनहरूको एकीकरण तथा समायोजन गरिसक्ने प्रवक्ता ज्वालाद्वारा आज शनिबार जारी विज्ञप्तिमा जनाइएको छ ।
पार्टीको वडादेखि केन्द्रसम्मका सबै कमिटी समानुपातिक र समावेशी मान्यताअनुसार निर्वाचित हुने र निर्वाचित कमिटीमा अनुभवी, प्रौढ र युवा तथा नवयुवाको समावेशीता रहने छ । युवा र नवयुवाको प्रतिनिधित्व ५० प्रतिशतसम्म पु¥याइने पार्टीले जनाएको छ ।
नेकपाले नेताहरू देवप्रसाद गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रनध्वज लिम्बू, रेखा शर्मा, गणेश विश्वकर्मा, वरिष्ठ अधिवक्ताद्वय डा. मुक्तिनारायण प्रधान र डा. खिमलाल देवकोटा, अधिवक्ता जगदेव चौधरी, डम्बरविक्रम कार्की र डा. रामबहादुर चौधरी रहेको संविधान संशोधन सुझाव कार्यदल गठन गरेको छ ।
पार्टी एकीकरणपश्चात गठन भएको कार्यसंयोजन समितिको गत १९ चैतदेखि यही १४ वैशाखसम्म चलेको बैठकले पार्टीको अन्तरिम विधान–२०८२ अनुसार पार्टीको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने निर्णय गरेको प्रवक्ता ज्वालाले जानकारी दिए ।
सम्बन्धित समाचार
कांग्रेस आधिकारिकता विवादः असन्तुष्ट समूह विलय कि विद्रोहमा ?
पार्टी निर्णय मान्छु, अनुसन्धानमा सघाउँछु : गृहमन्त्री
रास्वपाद्वारा लेवी संरचनामा संशोधन
जेनजी आन्दोलन प्रतिवेदन कार्यान्वयनमा विभेद
रवि लामिछानेको सांसद पद निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट
शेखर गोल्छा पक्राउ परेसँगै उच्च निगरानीमा शाह, मोर र गुप्ता
सुकुम्वासी बस्ती हटाउन ऐतिहासिक सफलता
अमेरिकी विशेष दूत गोरले भेटे परराष्ट्र र अर्थमन्त्री






