इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड

तेहरान । इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा शनिबार दुई जनालाई मृत्युदण्ड दिएको इरानी अदालतले जनाएको छ ।

यघौब करिम्पोर र नासेर बेक्रजादेहलाई गुप्तचरलाई सहयोग गरी जासुसी गरेको अपराधमा दोषी ठहर गरी मृत्युदण्ड दिएको अदालतको वेबसाइट उल्लेख गरिएको छ । यद्यपि उनीहरुलाई कहिले पक्राउ गरिएको थियो भन्ने विषय भने स्पष्ट हुन सकेको छैन ।

सन् २०२५ जुनमा इजरायलसँगको इरानको युद्धलाई उल्लेख गर्दै सुरक्षा र सैन्य स्थानहरूको फोटो खिचेर मोसाद अधिकारीकहाँ पठाएको अपराधमा करिम्पोरलाई दोषी ठहर गरिएको जनाइएको छ ।

गत २८ फेब्रुअरीमा इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेपछि सुरु भएको युद्धलाई अन्त्य गर्नको लागि ८ अप्रिलदेखि युद्धविराम लागू भएको छ ।

पछिल्लो समयमा इरानले जनवरीमा सामूहिक विरोध प्रदर्शनसँग सम्बन्धित व्यक्तिहरूलाई मृत्युदण्ड दिएको जनाइएको छ, जसलाई इजरायल, अमेरिका र प्रतिबन्धित पिपुल्स मुजाहिदीन संगठनसहितका विपक्षी समूहहरूले उक्साएको बताएको छ ।

यसअघि इरानले युद्धपूर्वको विरोध प्रदर्शनको क्रममा मध्य प्रान्त इस्फहानमा प्रहरी अधिकारीहरूलाई आक्रमण गरेको आरोपमा ससान आजादवर भनेर चिनिएका व्यक्तिलाई फाँसी दिएको बताएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रपति पौडेलद्वारा शनिबार एकसाथ तीन अध्यादेश जारी