काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव साहको संयोजकत्वमा एकता समायोजन समिति गठन गरेको छ ।
बुधवार बिहान बसेको केन्द्रीय समितिको बैठकले शाहको नेतृत्वमा समायोजन समिति गठन गरेको हो । समितिको सदस्यहरूमा विष्णु पुरुष श्रेष्ठ, रामकृष्ण भट्टराई लगायत रहेको सहमहामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए । आचार्यका अनुसार बैठकले समायोजन सम्बन्धी मस्यौदा पेस गर्न जेठ १० गतेको समय सीमा तोकेको छ ।
‘बैठकले महामन्त्री भूपदेव शाहको संयोजकत्वमा एकता समायोजन समिति गठन गरेको छ । जेठ १० गतेसम्म समायोजन मस्यौदा पेस गर्न निर्देशन दिएको छ’, उनले भने ।
रास्वपाले फागुनमा भएको निर्वाचनअघि विवेकशील साझा, थरुहटरथारुवान, बालेन शाह समूह र विभिन्न जेनजी समूहसँग एकता गरेको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)
सम्बन्धित समाचार
बालेन सरकारले थप तीनवटा अध्यादेश पठायो शीतल निवास
राष्ट्रपतिको काँधमा ६ अध्यादेशको बोझ
‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
अमेरिकी विशेष दूत गोरले भेटे परराष्ट्र र अर्थमन्त्री
एमालेमा डिजिटल सदस्यता प्रणाली लागू
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश
रास्वपाले सांसदलाई दुई दिने प्रशिक्षण दिने
अर्थमन्त्रीद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश संसदमा पेस






