चलचित्र ‘आइ एम जीत बहादुर’ शीर्ष गीत सार्वजनिक

काठमाडौं । अभिनेता जितु नेपालले आफ्नो लगानीमा चलचित्र ‘आइ एम जीत बहादुर’ निर्माण गरेका छन् । यो चलचित्र उनले आगामी ५ असारमा चलचित्र घरमा ल्याउँदैछन् । जितुकै शब्द र बव एसएनको संगीतमा कैलाश खेरले स्वर दिएको यो चलचित्र शीर्ष गीत मंगलवार सार्वजनिक गरिएको छ । चलचित्रको यो शीर्ष गीतको भिडियोमा जितुसँगै वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षत्रीलगायतको अभिनय रहेको छ ।

चलचित्रको यो शीर्ष गीत ओएसआर डिजिटलको यु ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । यो चलचित्रलाई सुभेन्दु घोषले निर्देशन गरेका हुन् । निर्देशक घोषका अनुसार गाउँबाट शहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा यसमा प्रस्तुत गरिएको छ ।

चलचित्रमा जितु नेपाल मुख्य भूमिकामा छन् भने उनकी जोडीका रूपमा वर्षा राउत छिन्। साथमा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, पवन खतिवडा ’बाबा’, बाल कलाकार साहरा शर्मा लगायतको अभिनय छ ।

कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस चलचित्रका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल रहेका छन् । जसमा राजन सिंखडा र दीपेन्द्र अधिकारी सह–निर्माताको रूपमा छन्। भारतीय सिनेमाटोग्राफर अरविन्दले छायांकन गरेको यो चलचित्रको सम्पूर्ण पोस्ट–प्रोडक्सन कार्य भारतमै सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

गर्भपतन गुणस्तरीय, सर्वसुलभ, पहुँचयोग्य र सुरक्षित कसरी बनाउने ?