गुल्मी । गुल्मीमा दल त्याग गर्ने नेपाली कांग्रेसबाट निर्वाचित दुई वडाध्यक्ष पदमुक्त भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका–३ का वडाध्यक्ष पदम विष्ट र मुसिकोट नगरपालिका–२ का वडाध्यक्ष रविन्द्र केसी पदमुक्त भएका हुन् । विष्टले गत भदौ २३ गते जेन्जी आन्दोलनका दिन र केसीले गत चैत १५ गते कांग्रेस परित्याग गरी रास्वपामा आवद्ध भएका थिए ।
दल त्याग गरेपछि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले कारवाहीको लागि निर्वाचन आयोगमा निर्णयसहितको पत्र पठाएपछि आयोगले दुवैजनालाई पदमुक्त गरेको हो । आयोगले जेठ १४ गते बुधबार एक सूचना जारी गर्दै पदमुक्त भएको जनाएको हो ।
पदमुक्त भएका धुर्कोट–३ का वडाध्यक्ष पदम विष्टले वडाध्यक्ष रहँदा वा नरहँदा पनि निरन्तर जनताको पक्षमा काम गर्ने बताए । उनले आफू सुशासनको लागि दल त्याग गरेको बताउँदै आयोगको निर्णयले आफूलाई कुनै पछूतो नभएको बताए ।
सम्बन्धित समाचार
दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ : परराष्ट्रमन्त्री
कांग्रेस प्रतिष्ठानले गर्यो १२ उपसमिति गठन
विद्यादेवी भण्डारीको सदयस्ता खुला गर्ने एमालेको निर्णय
विद्याको बाटो सहज हुँदा ओलीले रोके, संकटपछि सचिवालयबाट खोले
मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ।
हर्क साम्पाङलाई सभामुखले दिए चेतावनी
प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित
जंगली च्याउ खाँदा पाल्पामा २ जनाको मृत्यु, दर्जन बिरामी






