फेरी बन्यो चलचित्र ‘गौँथली’

काठमाडौं । दुई दशक अघि डा. भोला रिजालले आफ्नो खण्ड काव्य ‘गौँथली’लाई नेपालको पहिलो गीति चलचित्रको रूपमा निर्माण गरेर दर्शकमाझ ल्याएका थिए । त्यति बेला यो चलचित्र निकै सफल भएको थियो ।

यति बेला उनका छोरा डा. कपिल रिजालले आफ्नो निर्देशनमा ‘गौँथली’लाई पुन चलचित्रको रूपमा निर्माण गरेका छन् । आगामी १ साउनमा रिलिज हुने यो चलचित्रको बिहीबार टिजर सार्वजनिक गरिएको छ । पढ्ने इच्छा हुँदाहुँदै परिवारको दबाबमा विवाह भएपछि एक युवतीले श्रीमानको घरमा भोग्नुपरेको दुव्र्यवहार र संघर्षलाई टिजरमा समेटिएको छ ।

चलचित्रमा सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, अरुण क्षेत्री, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, अंशु ओली, प्रिन्स नेपाली, राजेन्द्र नेपालीलगायतका कलाकारहरूको अभिनय छ । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको निर्मातामा सुमन गिरी र डा. कपिल रिजाल हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

epaper

ताजा समाचार

बालिका करणी अभियोगमा बिपिन पक्राउ