सशस्त्र प्रहरीका जवानसहित २ जना महाकाली नदीमा डुवेको आशंका

default

डडेल्धुरा । महाकाली नदी किनारबाट दुई जना युवा बेपत्ता भएका छन । डडेल्धुराको भित्रिमधेश स्थित परशुराम नगरपालिका–५ स्थित महाकाली नदी किनारबाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका हुन ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरिक्षक बरुणबहादुर सिंहकाअनुसार बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी)मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन ।

शुक्रबारदेखि उनीहरु दुई जना सम्पर्कविहीन भएको डीएसपी सिंहले जानकारी दिए । बेपत्ता दुवै जनाको नाता मामाभान्जा पर्ने बुझिएको उनले बताए । महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेकाले नदीमा बगेको हुन सक्ने आशंका गरिएको छ । घटनापछि सुरक्षा निकायले उनीहरूको खोजी कार्यलाई तीव्र बनाएको छ ।

डीएसपी सिंहले बेपत्ता व्यक्तिहरूको खोजी जारी रहेको जानकारी दिए । उनका अनुसार प्रहरी तथा अन्य सुरक्षा निकाय परिचालन गरी सम्भावित क्षेत्रहरूमा खोजतलास भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

epaper

ताजा समाचार

आरसीबी लगातार दोस्रो पटक आईपीएल च्याम्पियन