विपक्षीको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर विपक्षी दलले विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुने वितिक्कै विपक्षी दलका सांसदले आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। उनीहरूले प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने र संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरे ।

यससँगै उनीहरूले प्रधानमन्त्री शाहले संसद्मा आएर माफी माग्नुपर्ने माग गरेका छन्। उनीहरूले माग पूरा नभएसम्म संसद् बैठक चल्न नदिने जनाएका छन् ।

विपक्षीले उभिएर विरोध जनाइरहेकै बेला सभामुख डोलप्रसाद अर्यालले संसद् बैठक सञ्चालन गर्न खोजेका थिए। त्यसलगत्तै विपक्षी दलका सांसदले ‘बेल’ घेराउन गरेका हुन्।

सांसदले घेराउ गरेपछि सभामुख अर्यालले प्रतिनिधि सभाको बैठक स्थगित गरेका हुन्। प्रतिनिधि सभाको अर्को बैठक जेठ २५ सोमबार बिहान ११ बजे बस्नेछ।

यसअघि राष्ट्रिय सभाको बैठकमा पनि विपक्षी दलले विरोध जनाएका थिए। उनीहरू विरोधपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेका थिए। राष्ट्रिय सभाको अर्को बैठक जेठ २० गते मध्याह्न १२ः१५ बजे बस्नेछ।

तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा सभापति लामिछाने र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता