रास्वपा महाधिवेशनमा ५ वटा प्रतिवेदन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आजदेखि सुरू हुने बन्द सत्रमा ५ वटा प्रतिवेदन प्रस्तुत हुने भएको छ । जसअनुसार सभापति रवि लामिछानेले राजनीतिक प्रतिबेदन, महामन्त्रीद्वय कबिन्द्र बुर्लाकोटी र भुपदेश शाहले सांगठानिक प्रतिबेदन प्रस्तुत गरिनेछ ।

साथै, लेखा प्रतिवेदन कोषाध्यक्ष लीमा अधिकारी, निर्वाचन आयोगको प्रतिवेदन पार्टी निर्वाचन आयोगका प्रमुख भुवन केसी र अनुशासन आयोगको प्रतिवेदन आयोगका प्रमुख रमाकान्त रिमाल प्रस्तुत गर्ने कार्यक्रम रहेको महामन्त्री भुपदेव शाहले जानकारी दिए ।

गत असार ६ गते महाधिवेशनस्थल चितवनमा बसेको यस कार्यकालको अन्तिम केन्द्रीय समिति बैठकले ५ वटै प्रतिवेदन पारित गरेर महाधिवेसनमा प्रस्तुत गर्ने निर्णय लिइसकेको छ ।  

महाधिवेशनमा २५ सय प्रतिनिधि सहभागी हुँदैछन्, जसमध्ये २ सय जना बिभिन्न देशमा रहेका प्रवासी नेपालीको प्रतिनिधित्व हुनेछ । महाधिवेशनमा कम्तीमा ४ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।
 

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाले फेरि हेरफेर गर्‍यो निर्वाचन तालिका