मुम्बई । आमिर खानको हालै हिन्दु धर्मावलम्बी महिलासँग तेस्रो विवाहले सामाजिक सञ्जालमा हंगामा मच्चाएको छ । आमिरले जुलाई ५ मा आफ्नी प्रेमिका गौरी स्प्राटसँग एक निजी समारोहमा विवाह गरेका हुन् ।
आमिर खानले पटक पटक हिन्दु र क्रिस्चियन परिवारमा हुर्किएकी महिला नै रोजेर विवाह गर्दै आएको टिप्पणी कट्टरपन्थीहरूले गरेका छन् । उनले पहिले रीना दत्ता र किरण रावसँग विवाह गरेका थिए । उनीहरू दुबै जना हिन्दु समुदायका थिए । अहिलेकी पत्नी गौरी पनि हिन्दु समुदायकी हुन् ।
अब मुस्लिम संस्था दारुल इफ्ताका शाही प्रमुख मुफ्ती मौलाना इफ्राहिम हुसेनले पनि आमिर खानले यसरी हिन्दु नारीसँग नै लगातार विवाह गरेको भन्दै यो विवाहको आलोचना गरेका छन्। यसै बिच मौलानाले आमिर खान विरुद्ध फतवा जारी गरेका छन्। यस विषयमा अहिलेसम्म आमिर खान पूर्ण रूपमा मौन बसेका थिए, तर प्रेम जिहादको प्रशंगमा आफू बिरुद्धको भनाई बाहिर आएपछि प्रेम जिहादको ’boutमा उनको स्पष्टीकरण दिएका छन् ।
आमिर खानले आफ्ना तीन विवाह र आफ्नो परिवारको ’boutमा खुलेर बोलेका छन् । उनको परिवारका सदस्यहरूले फरक–फरक धर्मका व्यक्तिसँग विवाह गरेका आमिरले स्पष्ट पारेका छन् । तर यसरी विवाह गर्दा धर्म परिवर्तनको कुनै उल्लेख गरिएको छैन । आमिर खानले प्रेम जिहादको आरोपको खुलेर जवाफ दिँदै भने, ‘सत्य यो हो कि हाम्रो परिवार धेरै खुला र स्वतन्त्र छ । मेरा दुवै मुस्लिम दिदीबहिनीहरूले हिन्दु परिवारमा विवाह गरेका छन् भने मेरी छोरीको पनि हिन्दु युवासँग विवाह भएको छ,’ यस्तै आफ्नो काकाको छोरा मन्सुरले क्रिश्चियनसँग विवाह गरेका पनि आमिरले बताएका छन् ।
आमिरको यस्तो बयान आएपछि मौलानाहरुले उनको भनाई प्रति आपत्ति जनाएका हुन् । हालै मात्र यो विवाहलाई लिएर बजरंग दलले आमिर खानको पुत्ला समेत जलाएको थियो । अहिले आमिर खान विरुद्ध विभिन्न आरोप लगाइरहेको छ । जगद्गुरु परमहंस आचार्यले आमिर खानलाई मार्ने व्यक्तिलाई ५ करोड रुपैयाँको इनाम पनि घोषणा गरेका छन् ।
सम्बन्धित समाचार
चलचित्र नै नखिची यो कस्तो रिलिज प्रतिस्पर्धा
अधिकारीको ‘डोपामिन’मा मानवीय संवेदना
६ महिनादेखि अड्कियो मुख्यमन्त्री थलापति विजयको अन्तिम चलचित्र
‘यो कथा होइन’ मा १०० वर्ष अघिको कथा
दयाहाङ र मिरुनाले सुरु गरे ‘रातो घेरा–द रेड सर्कल’
यम बराल गम्भीर बिरामी, उपचार गर्न दिल्ली लगिने
‘तिरिमिरी झ्याइँ’ सुरु, धिरेन शाक्यसँगै दले दाइ पनि नायक
बाल प्रतिभाको लागि ‘म पनि एक्टर’ प्रतियोगिता






